Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा एकपछि अर्को बैंक धराशयी बन्दै

अमेरिकामा एकपछि अर्को बैंक धराशयी बन्दै


पुँजी संकटका कारण अमेरिकामा एकपछि अर्को गदैँ बैंकहरु धराशयी बन्दै गएका छन् । प्रविधि क्षेत्रलाई ऋण प्रवाह गर्ने उक्त बैंकलाई अमेरिकाका नियामकले बन्द गरिसकेका छन् भने अहिले पूर्णतः अमेरिकी संघीय निक्षेप बीमा निगम (एफडीआईसी)ले आफ्नो नियन्त्रणमा राखेको छ । एफडीआईसी अहिले बैंकको पुँजी तरलीकृत गर्ने र निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने कार्यवाहक नियामक भएको छ । अमेरिकामा ठूलो मध्ये अर्को एउटा बैंक पनि धराशयी बनेको छ । न्यूयोर्कका नियामकहरुले सिग्नेचर बैंकलाई बन्द गरेका छन् ।

पछिल्लो एक हप्ताभित्रै बन्द गरिएको तेस्रो ठूलो बैंक हो । सिग्नेचर बैंकमा सन् २०२२ को डिसेम्बर ३१ सम्म ८८ अर्ब ५९ करोड डलर निक्षेप थियो । न्यूयोर्कको वित्तीय सेवा विभागले बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

यो क्रिप्टो उद्योगलाई कर्जा दिने दुई ओटा प्रमुख बैंक मध्ये एक थियो । बैंक धराशयी बनेसँगै यसको असर क्रिप्टो उद्योगमा पर्ने देखिएको छ । मार्च १० मा व्यावसाय बन्द हुँदासम्म प्रमुख क्रिप्टो एक्सचेञ्ज क्वाइन डेक्सको सो बैंकमा २४ करोड डलर निक्षप थियो ।

सिग्नेचर बैंक बन्द हुँदाको प्रभाव स्टेबल क्वाइनमा पनि देखिएको छ । सिग्नेट प्रयोग गरेर भुक्तानी प्रक्रिया अगाडि बढाउन आफूहरु असमर्थ बनेको स्टेबलक्वाइनका सीईओले एक ट्विटमा बताएका छन्।

गएको हप्ताको अन्त्यतिर सिलिकन भ्याली बैंक बन्द भएपछि यसको असरले प्रविधि क्षेत्र त्रस्त बनेको छ । त्यहाँ लगानी रहेका क्रिप्टो कर्जा दाता र एक्सचेञ्जहरु मारमा परेका छन् ।

एसभी बैंकको पतनपछि गएको हप्ता सिल्भरगेट पनि टाट पल्टिएको थियो । बैंक सञ्चालन बन्द गरेर स्वेच्छिक रुपमा दामाशाहीमा गएको थियो । क्रिप्टोकरेन्सी विनिमय एफटीएक्सको पतन र समग्रमा विश्वव्यापी क्रिप्टो बजारमा मन्दी देखिँदा सिल्भरगेट क्यापिटल धराशयी बन्यो ।

धमाधम बैंकहरु टाट पल्टिने क्रम जारी रहँदा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले निक्षेपकर्ताहरुको पैसा जोगाइदिन अतिरिक्त कोष खोल्ने योजना बनाइरहेको छ । एसभी बैंकका निक्षेपकर्ताहरुले सोमवार सम्म बीमा नभएको रकम समेत फिर्ता पाउने अनि यस क्रममा करदाताले तिरेको पैसाको प्रयोग नगरिने नियामकहरुले उल्लेख गरेका छन् । सिलिकन भ्याली बैंक ४८ घण्टाभित्र पुँजी संकटका कारण भताभुंग भएको थियो। जुन अमेरिकी इतिहासमै असफलताका कारण डामाडोल भएको दोस्रो वित्तीय संस्था हुनपुगेको हो ।प्रविधि क्षेत्रलाई ऋण प्रवाह गर्ने उक्त बैंकलाई क्यालिफोर्नियाका नियामकले बन्द गरिसकेका छन् भने अहिले यो पूर्णतः अमेरिकी संघीय निक्षेप बीमा निगम (एफडीआईसी)ले आफ्नो नियन्त्रणमा राखेको छ । एफडीआईसी अहिले बैंकको पुँजी तरलीकृत गर्ने र निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने कार्यवाहक नियामक भएको छ ।

सरकारी स्वतन्त्र संस्था एफडीआईसीले बैंक डिपोजिट हेर्छ भने वित्तीय संस्थाको नियमन पनि गर्छ । उसले बीमित बचतकर्ताले आफ्नो बीमित निक्षेपमा सोमबार बिहानसम्म पूरा पहुँच पाउने जनाएको छ । एफडीआईसीले अबीमित बचतकर्तालाई पनि अग्रिम बोनस यही हप्ताभित्र भुक्तानी गर्ने जनाएको छ ।यो बैंक यसअघि एसभीबी फाइनान्सियल ग्रुपले सञ्चालन गरिरहेको थियो । उसले यसबारे केही प्रतिक्रिया नदिएको सीएनएनले जनाएको छ ।

भएको के हो ?
खासमा बुधबारदेखि यसको दुर्गति सुरु भएको थियो । एसभीबीले यसमा रहेको सेयर उक्त दिन घाटामा बिक्री गरेको घोषणा गरेको थियो । त्यस्तै नयाँ सेयर २.२५ अर्ब अमेरिकी डलरमा बेच्दा आफ्नो खाता सन्तुलनमा आउने उसको भनाइ छ । यसले मुख्य उपक्रमका पुँजी कम्पनीबीच अधैर्य अवस्था सिर्जना भएको थियो । जसले कम्पनीहरुलाई आफ्नो पैसा बैंकबाट झिक्न लगाए ।

कम्पनीको सेयर बिहीबार ओरालो लागेको थियो भने अन्य बैंकको सेयरले पनि यही लय पछ्याएका थिए । शुक्रबार बिहानसम्म एसभीबीको सेयर कारोबार रोकिएका थिए भने उसले तत्काल पुँजी या बिक्रेता खोज्ने प्रयास पनि छाडिदिएको थियो । धेरै अन्य बैंकहरुको सेयर कारोबार पनि अस्थायी रुपमा शुक्रबार रोकिएको थियो । त्यसमा फस्र्ट रिपब्लिक, प्याकवेस्ट ब्यान्कर्प र सिंगापुर बैंकलगायत थिए ।

मध्यबिहानको समयमा एफडीआईसीको नियन्त्रणलाई अझ रोचक रुपमा लिइएको छ । उसले नियन्त्रणका लागि बजार बन्द हुने समय मात्र कुरिरहेको थियो ।पछिल्लो समय संघीय नियामकले बैक ब्याजदर बढाइरहँदा सिलिकन भ्याली बैंकको ओरालो यात्रा भइरहेको थियो ।

जब ब्याजदर शून्य नजिक थियो, बैंकहरुले लामो मितिका, कम जोखिमयुक्त पैसालाई महत्व दिइरहेका थिए । तर जब संघीय नियामकले महंगीसँग लड्न पैसा उठायो, ती सम्पत्तिको मूल्य पनि घट्यो भने बैंकहरु घाटामा देखिए ।उच्च ब्याजदरले विशेषगरी प्रविधिलाई कठिन बनाउँछ । प्रविधि कम्पनीका सेयर घटाउनेदेखि कोष जुटाउन पनि जटिल बनाइदिने मूडीका प्रमुख अर्थशास्त्री मार्क ज्यान्डी बताउँछन् । त्यसले आफ्नो बचत फिर्ता गराउन धेरै कम्पनीहरुलाई उत्प्रेरित गरेको हुनसक्छ ।

‘उच्च ब्याजदरले उनीहरुको सम्पत्ति मूल्यांकन र एसभीबीले भुक्तानी गर्नुपर्ने बचतकर्ताको रकम पनि कम गराइदियो’, ज्यान्डीले भने, ‘यी सबैले उनीहरुको बचत सञ्चालनसँगै एफडीआईसीको नियन्त्रणलाई जोड दियो ।’ (ऐजेन्सी र सीएनएनको सहयोगमा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया