उडिरहेको भारतीय विमानमा यात्रुको मृत्यु, पाकिस्तानमा आकस्मिक अवतरण
काठमाडौं,उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ।
दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो।मृतक नाइजिरियाका नागरिक भएको बताइएको छ।
विमानचालकले ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले जनाएको छ।
कटु सम्बन्ध
भारत र पाकिस्तानबीच कटु सम्बन्ध छ। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान भारतबाट विभाजित भएको थियो। त्यसपछि ती दुईबीच तीन पटक युद्ध भइसकेको छ।
सन् २०१९ को जुलाईमा पाकिस्तानले गैरसैनिक उडानहरूका लागि पुनः आफ्नो हवाईक्षेत्र पूरा खोलिदिएको थियो।
भारतसँग तनाव चर्किएपछि पाँच महिनाका लागि पाकिस्तानले आफ्नो आकाशमा विमान उडाउन निषेध गरिदिएको थियो।
चार घण्टापछि दोहा उड्यो विमान
इन्डिगोको उक्त विमानमा १६३ यात्रुहरू थिए।सोमवार मध्यराततिर उक्त विमानले जिन्ना टर्मिनल इन्टरन्याश्नल एअरपोर्टमा अवतरण गरेको थियो।
पाकिस्तानको नागरिक उड्डयन निकायका अनुसार उडिरहेको विमानमा ६० वर्षे यात्रुले निकै असहज महसुस गरेपछि विमानचालकले कराचीको एअरट्राफिक कन्ट्रोललाई सम्पर्क गरेर चिकित्सक र एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेका थिए।
कराचीमा परीक्षण गर्दा विमानस्थलको मेडिकल टोलीले अकस्मात् बिरामी परेका ती यात्रु जीवित नरहेको घोषणा गर्यो।
कराचीबाट चार घण्टापछि विमान आफ्नो गन्तव्यतिर फेरि उड्यो।इन्डिगोले एउटा विज्ञप्ति जारी गर्दै विमानमा यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ। (बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया