Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमेटाले १० हजार कर्मचारी कटौती गर्ने

मेटाले १० हजार कर्मचारी कटौती गर्ने


अमेरिका । फेसबुक, इन्स्टाग्राम र वाट्सएपको मातृकम्पनी मेटाले १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । गत वर्ष नोभेम्बरमा उसले ११ हजार कर्मचारीलाई विदा गरेको थियो ।

अब दोस्रो चरणमा कर्मचारी कटौती गर्न लागेको हो । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यसलाई कठिन भनेका छन् । १० हजार कर्मचारी कटौती हुँदा पाँच हजार खुल्ला पदमा नियुक्ति नहुने बताइएको छ । जुकरबर्गले कर्मचारीलाई पठाएको सन्देशमा सन् २०२२ मा कम्पनीले जोखिम देखेको र राजस्व समेत सुस्त भएको बताएका थिए । उनले अमेरिकामा बढेको ब्याजदर, विश्व भूराजनीतिक अस्थिरता र बढ्दो नियामकीय नियन्त्रणले मेटालाई असर गरिरहेको उल्लेख गरेका छन् । ‘हामी भविष्यका लागि तयार हुनुपर्छ । नयाँ आर्थिक वास्तविकता धेरै वर्षसम्म रहनेछ’, उनले भनेका छन् ।

अहिले कम्पनीहरु लागत कम गर्न कर्मचारी कटौतीमा लागेका छन् । गुगल र अमेजनले पनि कर्मचारी कटौती गरेका छन् । यो वर्षको सुरुतिर अमेजनले १८ हजार रोजगारी कटौती गर्ने जनाएको थियो भने गुगलको मातृकम्पनी अल्फाबेटले १२ हजार रोजगारी कटाइसकेको छ । सन् २०२३ मा मात्रै प्रविधि क्षेत्रबाट एक लाख २८ हजार रोजगारी कटौती भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया