तेहरान । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को यहाँ आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख छ । दुवै देशका राष्ट्रपतिको उपस्थितिमा प्रत्यर्पण सम्झौतालगायत आपसी सहयोगसम्बन्धी सम्झौतामा इरानी र बेलारुसी अधिकारीले हस्ताक्षर गरेका जनाइएको छ ।
हस्ताक्षर समारोहपछि बेलारुसका राष्ट्रपतिसहित आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति राइसीले आफ्ना बेलारुसी राष्ट्रपतिको इरान भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थपिएको बताए । उनले पश्चिमा मुलुकको प्रतिबन्ध र धम्कीका बाबजुद पनि इरानले प्रतिकूल परिस्थितिलाई अवसरमा परिणत गर्दै प्रगतिको दिशामा आफूलाई अघि बढाउन सफलता मिलेको बताए । साथै उनले आफ्ना अनुभव बेलारुससँग आदानप्रदान गर्न इरान तत्पर रहेको बताए ।
इरान र बेलारुस एकपक्षीयताको विरुद्धमा रहेका, स्वतन्त्र देशहरूबीचको प्रभावकारी एवम् रचनात्मक सम्बन्धबाटै प्रतिबन्धलाई परास्त गर्न सकिने विचार व्यक्त गर्दै इरानी राष्ट्रपतिले सहकार्य र साझेदारीमा जोड दिए । बेलारुसका राष्ट्रपति लुकासेन्को उच्चस्तरीय प्रतिनिधिमण्डलमो नेतृत्व गर्दै आइतबार तेहरान आइपुगेका हुन् । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र
- कांग्रेस पुन: सरकारमा जान्छ : महामन्त्री थापा
- मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
- पेस्तोलसहित कपनबाट एकजना पक्राउ
- सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
- बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
- निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न भएन : प्रधानमन्त्री
- जलस्रोतमा सबैभन्दा बढी जलवायु परिवर्तनको असर परेको छ : मन्त्री बस्नेत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया