टोक्यो । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । एएफपीका अनुसार सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मंगलबार संसद्बाटै निष्काशन गरिएको हो ।
गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मंगलबार निष्काशन गरेको हो । सदनको हिजोको उक्त निर्णय बुधबारदेखि लागू भएको छ ।
गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्काशित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमा याचना गर्न आदेश दिएको थियो तर उनले त्यसको बेवास्ता गरेका थिए । ५१ वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्काशित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् ।
दुबईमा बसोबास गरिरहेको पूर्व व्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचित थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया