अमेरिकाले टिकटकलाई भन्यो– कि स्वामित्व बदल, कि प्रतिबन्धको सामना गर
अमेरिका । संयुक्त राज्य अमेरिकाले सामाजिक सञ्जाल टिकटकलाई स्वामित्व बदल्न अन्यथा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको छ । यसले छोटा भिडियो सामग्री पस्किँदै आएको टिकटक अमेरिकामा प्रतिबन्धित हुने सम्भावना बढेको छ ।
टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइटीडान्ससँग छ । अमेरिकाले सोही कारण राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने बताउँदै आएको छ । दशौँ लाख अमेरिकीको डेटा असुरक्षित भएको भन्दै अमेरिकाले स्वामित्व परिवर्तन गर्न टिकटकलाई भनेको बीबीसीले उल्लेख गरेको छ । कम्पनीले स्वामित्व परिवर्तन गरे पनि आफ्नो डेटा प्रवाह वा पहुँचमा परिवर्तन नहुने उल्लेख गरेको छ ।
अमेरिकी अधिकारीहरुले वर्षौँदेखि यसप्रति ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरुले चीन सरकारको पहुँचमा अमेरिकी नागरिकको डेटा पुग्ने बलियो सम्भावना रहेको बताउँदै आएका छन् । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सुरुमा टिकटकलाई प्रतिबन्धको चेतावनी दिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया