अमेरीकामा ठूला बैंकहरु डुब्दा,संकटमा स्विस बैंक !
काठमाडौं, पुँजी संकटका कारण अमेरिकामा एकपछि अर्को बैंकहरु धराशयी बन्दै गएपछि त्यसको असर एसीया र युरोपमा पनि देखिन थालेको छ । प्रविधि क्षेत्रलाई ऋण प्रवाह गर्ने अमेरिकाका तिन बैंकहरु क्रमश डुब्दै गएपछि त्यसको असर स्विट्जरल्यान्डको क्रेडिट स्विस बैंकमा पनि देखिएको छ । धेरै बलियो बैंकको रुपमा परिचित स्विस बैंकको सेयर एकै दिन ३० प्रतिशतले घटेर नाजुक स्थितिमा आएको छ ।
स्विस ऋणदाताको सेयर बुधबार एक बिन्दुमा ३० प्रतिशतभन्दा बढी झरेर १.५६ स्विस फ्रान्क प्रतिसेयरको रेकर्ड बिन्दुमा पुगेको छ । उक्त बैंकको र्शीष सेयरधारक साउदी नेसनल बैंकले यसलाई नयाँ ऋण उपलब्ध गराउन अस्वीकार गरेपछि समस्या देखिएको हो ।
यससँगै उक्त बैंक आन्तरिक व्यवस्थापन कमजोर भएकाले पनि यस्तो स्थिति आएको बताइएको छ । यसर्थ,अधिक रुपमा सेयर मुल्य घटेका कारण पनि अब उक्त बैंकमा तरलता समस्या आउन सक्ने औंल्याइएको छ । बैंकको सेयर ओरालो लाग्दा युरोपका अन्य बैंकको सेयरले पनि यही लय पछ्याइरने सम्भावना देखिएको छ ।
बिश्वभर क्रिप्टो बजारमा मन्दी देखिँदा समस्याहरु दिनप्रतिदिन बढ्ने सम्भावना पनि धेरै देखिएको छ । गत शुक्रबार बिहानसम्म एसभीबीको सेयर कारोबार रोकिएका थिए भने उसले तत्काल पुँजी या बिक्रेता खोज्ने प्रयास पनि छाडिदिएको थियो । धेरै अन्य बैंकहरुको सेयर कारोबार पनि अस्थायी रुपमा शुक्रबार रोकिएको थियो । त्यसमा फस्र्ट रिपब्लिक, प्याकवेस्ट ब्यान्कर्प र सिंगापुर बैंकलगायत थिए ।
अमेरिकामा ठूलो मध्येका बैकंहरु सिग्नेचर बैंक,सिलिकन भ्याली बैंक र सिल्भरगेट क्यापिटल बैंक टाट पल्टेका थिए । उक्त बैंकहरुलाई अमेरिकाका नियामकले बन्द गरिसकेका छन् भने अहिले पूर्णतः अमेरिकी संघीय निक्षेप बीमा निगम (एफडीआईसी)ले आफ्नो नियन्त्रणमा राखेको छ । एफडीआईसी अहिले बैंकको पुँजी तरलीकृत गर्ने र निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने कार्यवाहक नियामक भएको छ ।
सिग्नेचर बैंकमा सन् २०२२ को डिसेम्बर ३१ सम्म ८८ अर्ब ५९ करोड डलर निक्षेप थियो । यो बैंक क्रिप्टो उद्योगलाई कर्जा दिने दुई ओटा प्रमुख बैंक मध्ये एक थियो । बैंक धराशयी बनेसँगै यसको असर क्रिप्टो उद्योगमा पर्ने देखिएको छ । मार्च १० मा व्यावसाय बन्द हुँदासम्म प्रमुख क्रिप्टो एक्सचेञ्ज क्वाइन डेक्सको सो बैंकमा २४ करोड डलर निक्षप थियो ।
सिग्नेचर बैंक बन्द हुँदाको प्रभाव स्टेबल क्वाइनमा पनि देखिएको छ । सिग्नेट प्रयोग गरेर भुक्तानी प्रक्रिया अगाडि बढाउन आफूहरु असमर्थ बनेको स्टेबलक्वाइनका सीईओले एक ट्विटमा बताएका छन्।
गएको हप्ताको अन्त्यतिर सिलिकन भ्याली बैंक बन्द भएपछि यसको असरले प्रविधि क्षेत्र त्रस्त बनेको छ । त्यहाँ लगानी रहेका क्रिप्टो कर्जा दाता र एक्सचेञ्जहरु मारमा परेका छन् ।
एसभी बैंकको पतनपछि गएको हप्ता सिल्भरगेट पनि टाट पल्टिएको थियो । बैंक सञ्चालन बन्द गरेर स्वेच्छिक रुपमा दामाशाहीमा गएको थियो । क्रिप्टोकरेन्सी विनिमय एफटीएक्सको पतन र समग्रमा विश्वव्यापी क्रिप्टो बजारमा मन्दी देखिँदा सिल्भरगेट क्यापिटल धराशयी बन्यो ।
धमाधम बैंकहरु टाट पल्टिने क्रम जारी रहँदा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले निक्षेपकर्ताहरुको पैसा जोगाइदिन अतिरिक्त कोष खोल्ने योजना बनाइरहेको छ । एसभी बैंकका निक्षेपकर्ताहरुले सोमवार सम्म बीमा नभएको रकम समेत फिर्ता पाउने अनि यस क्रममा करदाताले तिरेको पैसाको प्रयोग नगरिने नियामकहरुले उल्लेख गरेका छन् ।
सिलिकन भ्याली बैंक ४८ घण्टाभित्र पुँजी संकटका कारण भताभुंग भएको थियो। जुन अमेरिकी इतिहासमै असफलताका कारण डामाडोल भएको दोस्रो वित्तीय संस्था हुनपुगेको हो ।प्रविधि क्षेत्रलाई ऋण प्रवाह गर्ने उक्त बैंकलाई क्यालिफोर्नियाका नियामकले बन्द गरिसकेका छन् भने अहिले यो पूर्णतः अमेरिकी संघीय निक्षेप बीमा निगम ९एफडीआईसी०ले आफ्नो नियन्त्रणमा राखेको छ । एफडीआईसी अहिले बैंकको पुँजी तरलीकृत गर्ने र निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने कार्यवाहक नियामक भएको छ ।
सरकारी स्वतन्त्र संस्था एफडीआईसीले बैंक डिपोजिट हेर्छ भने वित्तीय संस्थाको नियमन पनि गर्छ । उसले बीमित बचतकर्ताले आफ्नो बीमित निक्षेपमा सोमबार बिहानसम्म पूरा पहुँच पाउने जनाएको छ । एफडीआईसीले अबीमित बचतकर्तालाई पनि अग्रिम बोनस यही हप्ताभित्र भुक्तानी गर्ने जनाएको छ ।यो बैंक यसअघि एसभीबी फाइनान्सियल ग्रुपले सञ्चालन गरिरहेको थियो । उसले यसबारे केही प्रतिक्रिया नदिएको सीएनएनले जनाएको छ ।
जब ब्याजदर शून्य नजिक थियो, बैंकहरुले लामो मितिका, कम जोखिमयुक्त पैसालाई महत्व दिइरहेका थिए । तर जब संघीय नियामकले महंगीसँग लड्न पैसा उठायो, ती सम्पत्तिको मूल्य पनि घट्यो भने बैंकहरु घाटामा देखिए ।उच्च ब्याजदरले विशेषगरी प्रविधिलाई कठिन बनाउँछ । प्रविधि कम्पनीका सेयर घटाउनेदेखि कोष जुटाउन पनि जटिल बनाइदिने मूडीका प्रमुख अर्थशास्त्री मार्क ज्यान्डी बताउँछन् । त्यसले आफ्नो बचत फिर्ता गराउन धेरै कम्पनीहरुलाई उत्प्रेरित गरेको हुनसक्छ ।
‘उच्च ब्याजदरले उनीहरुको सम्पत्ति मूल्यांकन र एसभीबीले भुक्तानी गर्नुपर्ने बचतकर्ताको रकम पनि कम गराइदियो’, ज्यान्डीले भने, ‘यी सबैले उनीहरुको बचत सञ्चालनसँगै एफडीआईसीको नियन्त्रणलाई जोड दियो ।’ (ऐजेन्सी र सीएनएनको सहयोगमा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया