कुनै बेला फोब्र्सको सूचीका अर्बपति, अहिले कौडीमा आश्रित छन् नीरव
नवभारत टाइम्स, बहुचर्चित पञ्जाव नेशनल बैंक घोटालाका योजनाकार नीरव मोदी कौडीमा निर्भर भएका छन् । कुनै बेला हिरासँगै सुत्ने उनीसँग अहिले पिज्जा किन्ने पैसा समेत छैन । नीरव मोदीको अवस्था अहिले दुर्दशामा फसेको छ ।
भगौडा नीरव मोदीको खराब समय सुरु भइसकेको छ । उधारोबाट जिन्दगी चलिरहेको छ । उनको कम्पनी फायरस्टार डायमन्ड इन्टरनेशनल प्राइभेट लिमिटेडको खातामा मात्र २३६ भारु बचेको छ । मोदी कुनै बेला भारतकै धनी व्यापारीको सूचीमा अटाउँथे । तर अहिले कंगाल बन्नपुगेका छन् ।
रिपोर्टहरुका अनुसार नीरव मोदीको जिन्दगी उधारोमा चलिरहेको छ । उनीसँग अदालती कारबाहीको खर्च जुटाउनेसम्मको पैसा समेत छैन । सम्पत्ति जफत भएपछि मोदीको अवस्था बिग्रिएको छ । मोदीको खराब दिनको सुरुवात २०१९ मा त्यस्तो समयमा सुरु भयो जब उनी लण्डन प्रहरीको चंगुलमा फस्न पुगे ।
लण्डन प्रहरीले मोदीलाई गिरफ्तार गरिदियो । त्यसपछि उनको खराब दिन सुरु भएको थियो । नीरव मोदीले पञ्जाव नेशनल बैंक (पीएनबी) सहित भारतीय बैंकको हजारौँ करोड डुबाइदिए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, आपराधिक जालझेल, धोखाधडी र सरकारी कर्मचारीलाई प्रताडित गरेको जस्ता मुद्दा दर्ता छन् ।
सीबीआई र ईडीको जाँचपछि पीएमएलए अदालतले उनलाई भगौडा घोषित गरेको थियो । नीरव मोदीमाथि १४ हजार करोड अर्थात् १ खर्ब ४० अर्ब भारु ठगीको मुद्दा दर्ता भएको छ । सन् २०१७ को फेब्रुअरीमा नीरव मोदीले बैंकलाई गुमराहमा राखेर १ खर्ब ४० अर्ब भारु डुबाइदिएका थिए । त्यसपछि देशै छोडेर भागेका थिए ।
पीएनबीलाई डुबाउने काम सन् २०१७ फेब्रुअरीमा सुरु भएको थियो । नीरव मोदीले बैंकले ८ किस्तामा १ खर्ब ४० अर्ब भारु ऋण लियो । सन् २०१८ जनवरीमा ऋण लिएपछि मोदी भारतबाट भागेका थिए । सन् २०१८ मा पीएनबी बैंकले उनीविरुद्ध धोखाधडीको मुद्दा दर्ता गरेको थियो । सन् २०१८ फेब्रुअरीमा सीबीआईले उनीविरुद्ध एफआईआर दर्ता गरेको थियो । त्यही वर्ष जुनमा उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।
सन् २०१९ अगस्टमा सीबीआईले नीरव मोदीको सुपुर्दगी मागेको थियो । बेलायतको तल्लो अदालतले उनको सुपुर्दगीलाई स्वीकृति पनि दिएको थियो तर सन् २०२१ मा यो फैसलाविरुद्ध बेलायती उच्च अदालतमा निवेदन दर्ता गर्यो । अहिले यो मुद्दा अदालतमै विचाराधीन छ ।
नीरव मोदीलाई कुनै बेला ‘डायमन्ड किङ’ले पनि चिनिन्थ्यो । उनको सम्बन्ध बेल्जियमको एन्टवर्प सहरका हिरा कारोबारी परिवारसँग रहेको छ । अमेरिकाका वार्टन स्कुलमा पढेपछि मोदीले सन् २०१० मा आफ्नो नामबाट ज्वेलरी ब्रान्डको सुरु गरेका थिए । हलिउडमा उनको डिजाइन भएको ज्वेलरीको विशेष माग थियो । उनको ब्रान्ड यति चर्चित भयो कि उनले सन् २०१७ मा फोर्ब्स अर्बपति सूचीमा आफूलाई ८५औँ नम्बरमा पु¥याए । नीरव मोदीसँग त्यो समयमा १.७३ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब १० अर्ब भारु सम्पत्ति थियो । भावानुदित
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया