युक्रेनले सन् २०२३ मा साढे चार करोड टन खाद्यान्न उत्पादन गर्ने
किभ । युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले चार करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् ।
‘युक्रेनलाई आवश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्ण रूपमा उपलब्ध गराइनेछ’, इश्मिहाललाई उद्धृत गर्दै सरकारी प्रेस सेवाले जनाएको छ, ‘युक्रेनको गहुँ बाली लगभग ६० लाख टनको घरेलु खपतको साथ यस वर्ष एक करोड ६० लाख ६० हजार टन अनुमान गरिएको छ ।’
युक्रेनी सरकारले किसानहरूलाई जारी वसन्त ऋतुको रोपाइँ अभियानलाई सुचारु रूपमा सञ्चालन गर्न मद्दत गरिरहेको उनको भनाइ छ । युक्रेनको कृषि मन्त्रालयका अनुसार गत वर्ष युक्रेनका किसानले पाँच करोड ३९ लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गरेका थिए । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया