साना अमेरिकी बैंकमा कीर्तिमानी रुपमा घट्यो डिपोजिट
अमेरिका । साना अमेरिकी बैंकहरुमा राखिने निक्षेप रकम कीर्तिमानी दरले घटेको छ । रोयटर्सका अनुसार मार्च १० मा सिलिकन भ्याली बैंक डुबेसँगै साना बैंकहरुको निक्षेप घटेको फेडेरल रिजर्भको तथ्यांकले देखाएको हो ।
मार्च १५ मा सकिएको सप्ताहान्तमा साना बैंकहरुको निक्षेप एक खर्ब १९ अर्ब अमेरिकी डलरले घटेर ५४ खर्ब ६० अर्ब डलर पुगेको छ । यसअघिको गिरावटको तुलनामा यो दोब्बरभन्दा धेरै कम भएको बताइएको छ । यसअघि सन् २००७ को मार्च १६ मा सकिएको सप्ताहान्तमा ठूलो गिरावट देखिएको थियो । फेडको साप्ताहिक डेटाअनुसार बरोइङ (सापटी) साढे दुई खर्ब डलरले बढेर छ हजार छ सय ९६ खर्ब डलर पुगेको छ । साना बैंकहरुमा २५ वटा ठूला वाणिज्य बैंक पर्छन् ।
सिलिकन भ्याली बैंक डुबेपछि केही घण्टाभित्रै बैंकहरुका निक्षेपकर्ताहरुले अर्बौँ डलर निकालेका थिए । यता ठूला अमेरिकी बैंकको डिपोजिट ६७ अर्ब डलरले बढेर १०७ खर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । कुल अमेरिकी डिपोजिट भने सन् २०२० र सन् २०२१ को सुरुतिर ह्वात्तै बढे पनि घटेको देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया