Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट विश्वभरमा १४ हजार ७ सय ४ को मृत्यु

कोरोनाबाट विश्वभरमा १४ हजार ७ सय ४ को मृत्यु


काठमाडौं, चैत ११
विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण सोमबारसम्म १४ हजार ७ सय ४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस संक्रमित भएका छन् । एएफपीका अनुसार संक्रमित व्यक्तिमध्ये ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३ सय १२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको यस कोरोना भाइरस संक्रमणबाट चीनभर तीन हजार २ सय ७२ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ९३ जना संक्रमित रहेका छन् । हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगबाट पाँच हजार ४ सय ७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १ सय ३८ जना संक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको संक्रमणको कारण एक हजार ६ सय ८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६ सय ८५ जना सङक्रमित रहेका छन् । सात हजार ९ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा १ हजार ७ सय ७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७ सय ६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५ सय ७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनी कोरोना भाइरसको संक्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८ सय ७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २ सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण ४ सय ५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने १ सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस संक्रमणको कारण ६ सय ७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १ सय ११ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ९ सय ६१ संक्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार १ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । सात हजार ७ सय २४ संक्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमणको कारण २ सय ८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६ सय ८३ संक्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेदरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १ सय ७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २ सय ४ संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ६ सय १९ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४ सय १ जना संक्रमित भएका छन् । यसैबीच ३ सय ४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा संक्रमण देखिएको र एकको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया