Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनीमा नयाँ नियम, चान्सलर एञ्जेला मार्केल पनि क्वारेन्टाइनमा

जर्मनीमा नयाँ नियम, चान्सलर एञ्जेला मार्केल पनि क्वारेन्टाइनमा


बर्लिन, चैत ११
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरेको छ । यसैबीच जर्मनी चान्सलर एञ्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात् एकान्तवासमा बसेको उनका प्रवक्ताले बताए ।

कोरोनाभाइरस प्रकोप नियन्त्रणका लागि जर्मनीमा दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो । एक टेलिभिजनमा सम्बोधन गर्दै चान्सलर मार्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन् । सार्वजनिक स्थानमा एक व्यक्ति अर्का व्यक्तिभन्दा डेढ मिटर, सकिन्छ भने दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ । कार्यालय वा चिकित्सककहाँ जान सकिने र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सकिने तर अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको समाचारमा जनाइएको छ ।

चान्सलर मार्केलले टेलिभिजनमा सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टाइनमा बस्ने निर्णय भएको जानकारी दिएको थियो । गत शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी आफैँ क्वारन्टाइनमा बस्नुपरेको हो । जर्मनीमा कोरोना भाइरस संक्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८ सय ७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २ सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया