इजरायल–ग्रीसबीच ४० करोड अमेरिकी डलरको सम्झौता
जेरुसेलम । इजरायलले ग्रीसलाई ट्यांकविरोधी स्पाइक मिसाइल बेच्न १.४४ अर्ब शेकेल (लगभग ४० करोड अमेरिकी डलर) को सम्झौतामा हस्ताक्षर गरेको छ । सिन्ह्वाका अनुसार इजरायली रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सम्झौताअन्तर्गत इजरायलले ग्रीसलाई नौसेना, वायु र भूमिमा आधारित स्पाइक मिसाइलहरू उपलब्ध गराउने उल्लेख गरेको छ ।
‘यो परियोजना इजरायल र ग्रीसबीचको सम्झौताको शृंखलाअन्तर्गतको एक भाग हो । दुई देशका रक्षा प्रतिष्ठानहरूबीचको बलियो साझेदारीलाई जोड दिँदै क्षेत्रीय स्थायित्वका निम्ति आपसी प्रतिबद्धतालाई जोड दिन्छ’, इजरायली रक्षामन्त्री योभ गालान्टले उल्लेख गरेका छन् । स्पाइक इजरायली राज्यको स्वामित्वमा रहेको रक्षा प्रविधि कम्पनी राफेल एडभान्स्ड डिफेन्स सिस्टम्सद्वारा निर्मित र निर्देशित सटिक इलेक्ट्रो–अप्टिकल मिसाइल हो । यसअन्तर्गत क्षेप्यास्त्रलाई जमिन, हावा र समुद्रमा करिब ४५ प्लेटफर्मबाट प्रक्षेपण गर्न सकिन्छ । इजरायली रक्षा मन्त्रालयका अनुसार युरोपियन युनियन र नेटोका १९ सदस्य राष्ट्रसहित ४० भन्दा बढी देशले स्पाइक मिसाइल प्रयोग गर्छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया