अम्बानीले रिलायन्सको बागडोर सम्हालेपछि लगानीकर्ता मालामाल
नयाँ दिल्ली । चर्चित भारतीय अर्बपति मुकेश अम्बानीले वार्षिक १५ करोड भारु तलब लिने गरेका छन् । पछिल्लो ११ वर्षयता उनको तलब यही स्तरमा छ ।
बजार पुँजीका हिसाबले उनको रिलायन्स इन्डस्ट्रिज भारतकै सबैभन्दा ठूलो कम्पनी हो । अम्बानी यसका प्रमुख हुन् । तर कोभिड महामारीका दुई वर्ष उनले तलब नै लिएका छैनन् । रिलायन्सको बागडोर सम्हालेपछि उनले कम्पनीका लगानीकर्तालाई मालामाल बनाएका छन् । अम्बानी १ खर्ब ४ अर्ब डलर मूल्यवान रिलायन्स हाँकिरहेका छन् । ब्लुमबर्ग अर्बपति सूचीअनुसार अम्बानी विश्वको १२औँ ठूला अर्बपति हुन् ।
अम्बानीले आफूसँगै लगानीकर्तालाई पनि मालामाल बनाएका छन् । उनले रिलायन्सको बागडोर सम्हालेयता धेरै नयाँ कारोबार सुरु गरेका छन् । उनले आफ्नो बुबाको निधनपछि सन् २००२ मा रिलायन्सको नेतृत्व लिएका थिए । त्यसयता कम्पनीले ठूलो प्रगति गरेको छ । अहिले कम्पनीको बजार पुँजी १५.८४ लाख करोड भारु पुगेको छ । सन् २००३ को जनवरीमा कम्पनीको सेयर करिब ५५ भारु स्तरमा मात्र कारोबार गरिरहेको थियो । जब कि अहिले यसको सेयर प्रतिकित्ता २ हजार ३ सय ५३ भारुको तहमा पुगिसकेको छ ।
यसरी हेर्दा उनले लगानीकर्तालाई ४ हजार १ सय ४२ प्रतिशत आम्दानी दिएका छन् । उदाहरणको लागि कसैले २० वर्षअघि कम्पनीको सेयरमा १ लाख लगानी गरेको थियो भने अहिले त्यसको मूल्य ४२ लाख भारुभन्दा धेरै पुगिसकेको छ ।
कमाउने मात्र होइन उनले दानमा पनि पैसा खर्चिने गरेका छन् । उनी दान गर्नमा सबैभन्दा अगाडि रहेको नवभारत टाइम्सले उल्लेख गरेको छ । हुरुनको दातासूचीअनुसार अम्बानी भारतका तेस्रो ठूलो दानवीर हुन् । उनले गत वर्ष करिब ४ अर्ब ११ करोड भारु दान गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया