Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा एक सयभन्दा बढी औषधिको अभाव

श्रीलंकामा एक सयभन्दा बढी औषधिको अभाव


कोलम्बो । श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन् ।

सिन्ह्वाका अनुसार सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये एक सय १२ प्रकारका औषधिको अभाव रहेको उनले बताए । सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उनले बताए ।

आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थप गरेको जानकारी दिँदै उनले अभाव चाँडै अन्त्य हुने दाबी गरे । श्रीलंकाको आर्थिक संकटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया