अमेरिका । चर्चित पहिरन कम्पनी एडिडासविरुद्ध लगानीकर्ताहरुले मुद्दा दायर गरेका छन् । उनीहरुले -यापर कान्ये वेस्टको समस्यापूर्ण व्यवहार धेरै पहिले नै थाहा पाए पनि पछि मात्र उनीसँगको साझेदारी तोडेको दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।
पहिले नै उनीसँगको सम्बन्ध नतोडेर कम्पनीलाई बढी नोक्सानी पु-याएको उनीहरुको आरोप छ । तर एडिडासले भने यी दाबीमा कुनै सत्यता नरहेको प्रतिक्रिया जनाएको छ । कम्पनीले आरोप अस्वीकार गर्दै बलियो प्रतिरक्षा गर्ने जनाएको छ । वेस्टविरुद्ध भने मुद्दा हालिएको छैन । वेस्टले एडिडासका लागि यिजी ब्रान्डअन्तर्गत सफल ट्रेनर लाइन डिजाइन गरेका थिए । त्यसयता एडिडासले दशौँ सय करोड युरोबराबरका नबिकेका यिजी उत्पादनका कारण ७० करोड युरो गुमाउनसक्ने स्वीकारेको थियो ।
गत अक्टोबरमा कम्पनीले वेस्टसँगको साझेदारी समाप्त गरेको थियो । वेस्टले घृणित र नश्लीय अभिव्यक्ति दिएको र त्यसको समर्थन गर्न नसकिने जनाउँदै एडिडासले उनीसँगको व्यापारिक सम्बन्ध अन्त्य गरेको थियो । तर लगानीकर्ताहरुले भने गत शुक्रबार उनीविरुद्ध मुद्दा हाल्दै पहिले नै थाहा पाएर पनि तत्काल कदम नचालेको कम्पनीविरुद्ध आरोप लगाएका छन् । यता द वाल स्ट्रिट जर्नलले वेस्टसँग एडिडासले सन् २०१८ मै यसबारे छलफल गरेको विवरण प्रकाशित गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया