नयाँ दिल्ली । भारतमा गाडी बिक्री लगातार वृद्धि भएको छ । यो वर्षको अप्रिल महिनामा अधिकांश कम्पनीहरुका कारहरुको बिक्री बढेको हो । मारुतीदेखि हुन्डाई, किया र टाटा मोटर्सका कारहरुको बिक्रीमा बढोत्तरी भएको छ ।
अप्रिलमा सबैभन्दा बढी कार मारुतीले बिक्री गरेको छ । भारतमा सबैभन्दा बढी कार बिक्री गर्ने मारुती सुजुकीले पछिल्लो वर्ष सन् २०२२ मा एक लाख ३२ हजार दुई सय ४८ कारको बिक्री गरेको थियो । यो वर्ष कम्पनीले एक लाख ४३ हजार पाँच सय ५८ कारको बिक्री गरेको छ । कम्पनीको ८.५५ प्रतिशतले बिक्री बढेको हो ।
त्यस्तै दोस्रो ठूलो बिक्रेतामा हुन्डाई छ । कम्पनीले पछिल्लो अप्रिलमा ४४ हजार कार बिक्री गरेकामा यो वर्षको सोही अवधिमा ४९ हजार सात सय एक कार बिक्री गरेको छ । वर्षगत आधारमा कम्पनीको बिक्री ३.५ प्रतिशतले वृद्धि भएको हो । यता भारतमा कम्पनीलाई १२.९ प्रतिशत वृद्धि हासिल भएको भारतीय मिडियाले जनाएका छन् ।
त्यस्तै टाटा मोटर्सका कारको बिक्री पनि बढेको जनाइएको छ । अप्रिलमा कम्पनीले विद्युतीय र आईसी इन्जिनवाला पेसेन्जर कार ४७ हजार सातवटा बिक्री गरेको छ । एक वर्षअघि उसले ४१ हजार पाँच सय ८७ वटा मात्रै बिक्री गरेको थियो । पेसेन्जर सेग्मेन्टमा कम्पनीले वर्षगत आधारमा १३ प्रतिशत वृद्धि हासिल गरेको छ । रिपोट्र्सअनुसार जापानी कम्पनी टोयोटाले गत महिना करिब १५ हजार पाँच सय १० वटा कार बिक्री गरेको छ ।
बेलायती कार कम्पनी एमजी मोटर्सले अप्रिलमा चार हजार पाँच सय ५१ कार बेचेको छ । गत वर्ष यही अवधिमा कम्पनीले दुई हजार आठवटा कार मात्र बिक्री गरेको थियो । कम्पनीले १२६ प्रतिशत वृद्धि हासिल गरेको छ ।
यता दक्षिण कोरियाली प्रिमियम कार उत्पादक किया मोटर्सले यो वर्ष अप्रिलमा २३ हजार दुई सय १६ कारको बिक्री गरेको छ । पछिल्लो वर्षको यही अवधिमा कम्पनीले १९ हजार १९ वटा कार बिक्री गरेको थियो । कम्पनीले जनवरीयता २४ प्रतिशत वृद्धि हासिल गरेको जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया