अमेरिकी राज्य मोन्टानामा टिकटक प्रतिबन्ध
अमेरिका । चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई अमेरिकी राज्य मोन्टानाले पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सुरक्षा चिन्ता र चासोलाई मध्यनजर गरेर टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएकोे घोषणा त्यहाँको राज्य सरकारले गरेको छ ।
मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले बुधबार त्यससम्बन्धी कानुनमा हस्ताक्षर गरेका हुन् । यो कानुन २०२४ जनवरी १ देखि लागू हुनेछ । कानुनमा हस्ताक्षर गरेपछि जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ गुप्तचरबाट जोगाउन टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन् ।
कानुन कार्यान्वयनमा आएपछि मोन्टानाले गुगल र एप्पलको एप स्टोरहरूलाई राज्यभित्र टिकटक प्रस्ताव गर्न गैरकानुनी बनाउनेछ । तर कसैले एप प्रयोग ग-यो भने कुनै जरिवाना पनि लगाउने छैन ।
चिनियाँ टेक कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले कानुनी उपचार खोज्ने योजना बउनसक्ने आकल पनि त्यहाँको राज्य सरकारले गरेको छ । टिकटकले अदालतमा चुनौती दिने अपेक्षा गरिएको छ ।
टिकटकले आफ्नो विज्ञप्तिमा भनेको छ कि मोन्टानामा सयौँ हजार मानिसहरूले टिकटकको प्रयोग गर्दै आएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हामीले मोन्टानाका नागरिकहरूलाई यो भन्न चाहन्छौँं कि आफूलाई अभिव्यक्ति गर्न, जीविकोपार्जनका लागि आम्दानी गर्न र आफ्नो समुदाय खोज्न टिकटकको प्रयोगलाई जारी राख्नुहोस् । किनकि मोन्टानाभित्र र बाहिर हाम्रा प्रयोगकर्ताको अधिकारको रक्षा गर्न हामी प्रयास गरिरहनेछौँ ।’
टिकटकले अमेरिकामा एक सय ५० मिलियन प्रयोगकर्ता रहेको बताएको छ । यद्यपि एपको प्रयोगकर्ता पछिल्लो समय विस्तारित हुँदै गएका छन् । अमेरिकामा किशोर र २० वर्ष उमेर समूहमा टिकटक निकै लोकप्रिय छ । २०२२ को डिसेम्बरमा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया