Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना अमेरीकाद्वारा उत्पादित जैवीक हतियार भएको रुसी बैज्ञानिकको दाबी !

कोरोना अमेरीकाद्वारा उत्पादित जैवीक हतियार भएको रुसी बैज्ञानिकको दाबी !


काठमाण्डौं,चैत २७
कोरोना अमेरीकाद्वारा उत्पादित जैवीक हतियार भएको रुसी बैज्ञानिकले दावी गरेका छन् । अमेरीकाले यसका अरु रुपान्तरित संस्करण पनि उत्पादन गरेको उनको भनाई रहेको छ । कोरोना राजनीतिले विश्वमा अकल्पनिय उथलपुथल ल्याउने कुरा निश्चित छ ,गोराहरुको श्रेष्ठता र अमेरीका प्रथमुको कुन्ठाले पश्चिमाहरुलाई पाताल भास्दैछ ।

राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्नानका जैवीक तथा र रासयनिक हतियार(bacteriological and chemical weapons) संबन्धि सल्लाहकार तथा रुसी बैज्ञानिक ईग्नोर निकुलिन (Igor Nikulin) ले कोरोना प्राकृतिक भाईरस नभएर अमेरीकाले उत्पादन गरेको जैवीक हतियार भएको दाबी गरेका छन्।

उनका अनुसार यो भाईरस अमेरीकामा उत्पादन गरेर चीनमा छोडिएको हो। चीनमा कोरोना देखा पर्नासाथ अमेरीकाले गणीतिय रुपमा फरबरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविष्यवाणी गर्नु, भाईरसले फरकफरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकि लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मार्नु, एकपटक निको भैसकेका व्यक्तिहरुमा यो पुनः संक्रमित हुनु जस्ता कुराहरुले यो भाईरस प्राकृतिक नभएको पुष्टि हुने उनको दाबी छ।

निकुलिनको दाबी छ कि यो चीनलाई लक्षित गरेर बनाईएको र यसको असर अमेरीकामासम्म आईपुग्ने सोंच नबनाएको कारणले अमेरीका आफैले उत्पादन गरेको हतियारको शिकार भएको हो।अमेरीकी राष्ट्रपति ट्रम्पले सुरुमा भाईरसले पुर्याउन सक्ने क्षतिका बारेमा विश्व स्वास्थ्इ संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उनी यो भाईरसले अमेरीकामा असर गर्दैन भन्नेमा ढुक्क थिए।

चीन एकदमैं अनुसासित र दृढ संकल्पीत देश नभएको भए यो आक्रमणबाट स्वाहा हुने थियो भन्ने पनि उनको दाबी छ। सिआईएले सन् २०१५ मा तयार पारेको रीपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र त्यो चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणाी गरिएको छ। रीपोर्टमा महामारीपछि सन् २०२५ तिरको विश्वको तस्वीर प्रस्तुत गरिएको छ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया