रिपब्लिकनको ऋण सीमासम्बन्धी मागमा बाइडेनको अस्वीकार
जापान,अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा रिपब्लिकन पार्टीले राखेको खर्च कटौतीको प्रस्तावको अस्वीकार गरेका छन् । आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि रिपब्लिकन पार्टीले राखेको माग अस्वीकार्य भएको बताएका हुन् ।
राष्ट्रपति बाइडेनले आइतबार स्वदेश फर्कने क्रममा रिपब्लिकन पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख केभिन म्याक्काथीसँग कुराकानी गर्ने समेत बताएका छन् । उनले सार्वजनिक ऋणमा अनावश्यक नाटकीयरूपमा विवाद गर्न खोजिएको आरोप समेत लगाएका छन् ।
राष्ट्रपति बाइडेनले रिपब्लिकनहरूले ऋण तिर्ने कानुनी बाटोलाई अवरोध गरी देशलाई आर्थिक संकटतर्फ धकेल्न खोजेको आरोप समेत लगाएका छन् ।उनले सार्वजनिक ऋणको वैधतामाथि प्रश्न नउठ्ने गरी अस्पष्ट संवैधानिक धारा लागू गर्ने नाटकीय प्रयास भइरहेको समेत बताए ।
जापानमा आयोजित जी–सेभेन राष्ट्रहरूको शिखर सम्मेलनपछि पपुवा न्युगिनी र अष्ट्रेलिया जाने योजना बनाए पनि बाइडेन देशमा ऋणको सीमासम्बन्धी विवाद बढ्दै गएपछि भ्रमण रद्द गरी स्वदेश फर्किएका हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया