भारतको जीडीपी साढे तीन लाख करोड अमेरिकी डलर पुग्यो
नयाँदिल्ली । २०२२ मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पहिलो पटक तीन दशमलव पाँच लाख करोड अमेरिकी डलर अर्थात् तीन सय ५० लाख करोड भारतीय रुपैयाँ नाघेको छ । मंगलबार ग्लोबल रेटिङ एजेन्सी मुडिजले भारतको अर्थतन्त्र केही वर्षभित्रै जी–२० अर्थतन्त्र हुने बताएको छ । विश्व बैंकका अनुसार सन २०२१ मा भारतीय जीडीपी तीन दशमलव १८ लाख करोड डलर थियो ।
मुडीजले अनुसन्धान प्रतिवेदनमा नोकरशाहीले विभिन्न लाइसेन्स प्राप्त गर्ने र व्यवसाय स्थापना गर्ने प्रक्रियालाई सुस्त बनाउन सक्ने भएकाले आयोजनाको लागत बढ्न सक्ने जोखिम रहेको बताएको छ । मुडिजले भनेको छ यही कारण भारतमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को गति कम हुने भनेको छ ।
भारतको जीडीपी पाँच वर्षमा एक सय २७ लाख करोड भारतीय रुपैयाँले बढेको मुडिजको रिपोर्टमा उल्लेख छ । सन २०१८ मा दुई सय २३ लाख करोड भारतीय रुपैयाँ रहेको जीडीपी सन २०१९ मा दुई सय ३४ लाख करोड भारतीय रुपैयाँ थियो । तर सन २०२० मा घटेर दुई सय लाख करोड भारतीय रुपैयाँमा झरेको जीडीपी सन २०२१ मा दुई सय ६४ लाख करोड डलर कायम भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया