नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत
नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन इनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालन हुने र वार्षिकरूपमा करिब २० लाख टन हरियो अमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
उक्त परियोजनाले क्षेत्रीय र विश्वव्यापी बजारको मागलाई पूरा गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । यस परियोजनाले देशको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्दै र यसलाई विश्वव्यापी हरित ऊर्जा बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गर्नुका साथै थप समृद्ध भविष्यतर्फ नामिबियाको संक्रमणमा महत्वपूर्ण कोसेढुंगाको रूपमा विकसित हुने विश्वास गरिएको छ । सो परियोजना नामिबियाको राष्ट्रिय एजेन्डा हारामबी समृद्धि योजनासँग मिल्दोजुल्दो रहेको र आर्थिक रूपान्तरणका लागि उत्प्रेरकको रूपमा इन्धन उद्योगको अन्वेषणलाई जोड दिने बताइएको छ ।
‘हामी आफ्नो देश, क्षेत्र र सिंगो विश्वमा धेरैको जीवन परिवर्तन गर्ने सम्भाव्य भएको परियोजनाको यात्रामा उत्कटताका साथ लागेका छौँ’, राष्ट्रपति हेज गिन्गोबले भनेका छन्, ‘हाइफन हाइड्रोजन एनर्जीले परियोजनाको प्राविधिक, वित्तीय, वातावरणीय, सामाजिक र व्यावसायिक पक्षहरूको निरीक्षण गरिँदै छ ।’
नामिबिया सरकारले देशको हरित हाइड्रोजन उद्योगको स्थापना र दिगो सञ्चालनलाई समर्थन गर्दै आवश्यक भूमि उपलब्ध गराएर बलियो कानुनी, वित्तीय र नियामक ढाँचा स्थापना गरेर योगदान गर्ने बताइएको छ । हरित हाइड्रोजन उद्योगको विकासका लागि वित्तपोषण गर्न र सरकारको सहभागितालाई जनाउन विभिन्न विश्वव्यापी साझेदारहरूबाट पाँच सय ७८ मिलियन अमेरिकी डलरभन्दा बढी रकमको कोष सुरक्षित गरिएको छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया