Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआरबीआईद्वारा सेन्ट्रल बैंक अफ इन्डियालाई जरिबाना

आरबीआईद्वारा सेन्ट्रल बैंक अफ इन्डियालाई जरिबाना


नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबी)आईले गलत रिपोर्टीङ गरेको भन्दै सेन्ट्रल बैंक अफ इन्डियालाई साढे ८४ लाख भारतीय रुपैयाँ जरिबाना गरेको छ । केन्द्रीय बैंकले सेन्ट्रल बैंक अफ इन्डियाको मार्च ३१ २०२१ सम्मको वित्तीय स्थितिको मूल्यांनका लागि वैधानिक निरीक्षण गरेको थियो ।

निरीक्षणमा संयुक्त ऋणदाता फोरम (जेएलएफ)ले खाताहरुमा ठगी भएको बताएपछि बैंक ठगी गर्न असफल भएको रिपोर्टमा देखिएको छ । आफ्ना ग्राहकहरुबाट वास्तविक प्रयोगको सट्टामा सापट आधारमा एसएमएस अलर्ट शुल्क लिएको थियो । केन्द्रीय बैंकले बैंकबाट प्राप्त जवाफपछि निर्देशन पालना नगरेको आरोप प्रमाणित भएपछि मौद्रिक जरिबाना लगाउने निष्कर्षमा पुगेको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया