Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको औद्योगिक नाफा साढे २० प्रतिशत घट्यो

चीनको औद्योगिक नाफा साढे २० प्रतिशत घट्यो


सन् २०२३ को पहिलो चार महिनामा चीनको औद्योगिक नाफा २० दशमलव छ प्रतिशतले घटेको छ । चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)ले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनका प्रमुख औद्योगिक कम्पनीहरुको नाफा घटेको हो ।

एनबीएसले कम्तीमा २० मिलियन युआनको वार्षिक व्यापार राजस्व भएका औद्योगिक फर्महरुको कुल नाफा दुई दशमलव शून्य तीन ट्रिलियन युआन पुगेको जनाएको छ ।

चार महिनामा ४१ मुख्य उद्योगमध्ये १३ वटाको नाफा बढेको छ । बाँकी २८ उद्योगहरुको नाफामा गिरावट आएको छ । विद्युत् र आपूर्ति क्षेत्रको नाफा ४७ दशमलव दुई प्रतिशतले बढेका छ भने विद्युतीय मेसिनरी तथा उपकरण उत्पादन उद्योगको नाफा ३० दशमलव एक प्रतिशतले बढेको छ ।

सरकारले सहयोग गरेका कारण उपकरण उत्पादन उद्योगको नाफा वर्षैपिच्छे २९ दशमलव ८ प्रतिशतले बढेर गिरावटबाट वृद्धितर्फ उन्मुख छ । औद्योगिक फर्महरुको सबैभन्दा ठूलो हिस्सा ओगटेको यो क्षेत्र छ दशमलव चार प्रतिशतले बढेको देखिन्छ । तर बाँकी क्षेत्रमा अझै पनि निराशाजन नाफा हुँदा समग्र औद्योगिक क्षेत्रको नाफामा गिरावट आएको हो ।

एनबीएसका वरिष्ठ तथ्यांकविद् सन सियाओले अर्थतन्त्रले आफ्नो रिकभरीलाई तीव्रता दिए पनि औद्योगिक कम्पनीहरुले भोग्नुपरेको चुनौती र बाहिरी अनिश्चितताका कारण नाफामामा गिरावट आएको बताए । व्यावसायिक संस्थाहरुको जीवन शक्तिलाई उत्प्रेरित गर्न लक्षित नीतिहरु आवश्यक रहेको सनले बताए । ग्रेटर चाइना अफ जेएलएलका प्रमुख अर्थशास्त्री एवं अनुसन्धान प्रमुख ब्रुस प्याङले भने चौथो त्रैमाससम्म औद्योगिक क्षेत्रको नाफा सकारात्मक बन्ने अनुमान गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया