चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु
साङ्घाई (रासस/सिन्ह्वा) । चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ– जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन ।
चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले आज साङ्घाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ ।
चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त उडान एमयू ९१९१ बिहान १०ः३२ मा साङ्घाइ होङकियाओ अन्तरराष्ट्रिय विमानस्थलबाट एक सय २८ यात्रु लिएर उडेको थियो । बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा दिउँसो १२ः३१ बजे विमानलाई पानीको सलामीसहित स्वागत गरिएको थियो ।
सी ९१९ परियोजना सन् २००७ मा सुरु भएको थियो । कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (सीओएमएसी) द्वारा विकसित पहिलो सी ९१९ विमान सन् २०१५ मा निर्माण पूरा गरी २०१७ मा पहिलो उडान गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया