Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभियतनामले चामल निर्यात घटाउँदै

भियतनामले चामल निर्यात घटाउँदै


हनोई । भियतनामले सन् २०३०सम्मा वार्षिक चामल निर्यात ४४ प्रतिशतले घटाएर ४० लाख टनमा झार्ने भएको छ । भियतनामले गतवर्ष ७१ लाख टन चामल निर्यात गरेको थियो ।

भारत र थाइल्याण्डपछि चामल निर्यातमा भियतनाम विश्वको तेस्रो ठूलो मुलुक हो । भियतनामले घरेलु स्तरमा खाद्यान्न सुनिश्चित गर्न, वातावरणको सुरक्षा गर्न, उच्च गुणस्टरको चामल निर्यात गर्नृ र जलवायु परिवर्तनसँग अनुकुल वातावरण निर्माणका लागि यो पहल थालिएको भियतनामी सरकारले जनाएको छ ।

चामल निर्यात गरेर भियतनामले सन् २०२२ मा तीन अर्ब ४५ करोड डलर कमाएको थियो । यो आम्दानी सन २०३० मा दुई अर्ब ४५ करोड डलरमा झर्नेछ । भियतनामले जलवायु परिवर्तनका कारण धान खेती गर्ने जग्गा खुम्चदै गइरहेको छ ।

भियतनामको हो ची मिन्ह सहर केन्द्रित धान व्यापारीहरुका अनुसार जलवायु परिवर्तनका कारण धान खेती घट्दै गएकाले केही किसानहरु अन्य बालीहरु उब्जाउन र झिंगा पाल्न थालेका छन् । केही किसानहरूले फलफूल खेती गर्न शुरु गरेका छन् । मेकोङ डेल्टाका धान किसानहरुले आफ्नो खेतमा केही भाग फलफूल खेती, आँप, अंगूर, सियार र डुरियन उब्जाउने गरेको तर अधिकांश धानमा निर्भर रहेको ब्यापारीले बताएका छन् ।

भियतनामले कुनैपनि देशमाथिको आफ्नो निर्भरता कम गर्न आफ्नो चामल निर्यात बजारलाई विधिकरण गर्ने बताएको छ । सरकारी दस्तावेज अनुसार फिलिपिन्स भियतनामकाके सबैभन्दा ठूलो चामल खरिदकर्ता हो । गएको वर्ष भियतनामले बेचेको ४५ प्रतिशत चामल फिलिपिन्सले किनेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया