अमेरिकामा घरको मूल्य बढ्यो
वासिङटन डिसी । अमेरिकामा घरको मूल्य मार्च महिनाको तुलनामा अप्रिलमा बढेको छ । मंगलबार जारी गरिएका पछिल्लो घरजग्गासम्बन्धी सूचकअनुसार अमेरिकी घरजग्गाको मूल्य बढेको छ ।
अमेरिकामा गत फेब्रुअरीदेखि घरहरूको मूल्यमा वृद्धि भएको छ । त्यसअघिको सात महिना अमेरिकामा घरजग्गाको मूल्य घट्दो थियो । फेब्रुअरी यता घरहरूको मूल्य बढ्न थालेपछि कारोबारीहरूले राहत महसुस गरेका छन् ।
फेब्रअरीदेखि मार्चमा शून्य दशमलव सात प्रतिशतले मूल्य बढेको थियो । अप्रिलमा शून्य दशमलव छ प्रतिशतले बढेको छ । अप्रिलसम्म कुल एक दशमलव तीन प्रतिशत वृद्धि भएको छ ।
दुई महिनाको वृद्धिले पुरानो गिरावटको रिकभरी नहुने कारोबारहीहरूले बताएका छन् । मार्चको नतिजाले जून २०२२ मा सुरु भएको घरको मूल्यमा आएको गिरावटको अन्त्य हुनसक्ने संकेत गरेको एसएन्डपी डीजेआईका प्रबन्ध निर्देशक क्रेग जाजाराले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया