पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
इस्लामाबाद । पाकिस्तानको मुद्रास्फीति दर ३७ दशमलव ९७ प्रतिशत पुगेको छ । मे महिनामा कायम यो मुद्रास्फीति दर हालसम्मकैे उच्च रहेको त्यहाँको तथ्यांक विभागले जनाएको छ ।
यसअघि अप्रिल महिनामा पाकिस्तानको मुद्रास्फीति दर ३६ दशमलव ५ प्रतिशत रहेको थियो । पछिल्लो समय पाकिस्तानमा आर्थिक संकट उत्पन्न हुँदै गएपछि त्यहाँको मुद्रास्फीति दर लगातार बढिरहेको छ । पाकिस्तानको यो मुद्रास्फीत दर दक्षिण एशियाकै सबैभन्दा उच्च हो । लगातार दोस्रो महिना मुद्रास्फीत दरले नयाँं रेकर्ड बनाएपछि पाकिस्तानमा आर्थिक संकट थप चुलिएकोे स्पष्ट देखिन्छ ।
आर्थिक संकट गहिरिँदै गएपछि पाकिस्तानमा ऋण ‘डिफल्ट’ को स्थिति आउनसक्ने सम्भावना गहिरिएको छ । एक साता अघि पाकिस्तान सरकारले ऋण तिर्नकै लागि मित्रराष्ट्रहरुसँग सहयोगका लागि अपील मागेको थियो ।
पाकिस्तान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बीच बेलआउटका लागि वार्ता भइराखेको छ । तर उक्त वार्ता सफल हुन सकिरहेको छैन । पाकिस्तानले आईएमएफबाट थप ऋणको अपेक्षा गरिरहेको छ । आईएमएफले पाकिस्तानलाई सरकारी अनुदानफिर्ता लिन, बजारमा आधारित विनिमयदर कायम गर्न र करका नयाँ दरहरु कायम गर्न सुझाव दिँदै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया