Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी२० अर्थमन्त्री–केन्द्रीय गभर्नरस्तरीय बैठक बुधबार बस्ने

जी२० अर्थमन्त्री–केन्द्रीय गभर्नरस्तरीय बैठक बुधबार बस्ने


एजेन्सी,वैशाख २
२० वटा राष्ट्रहरुको समूह जी२० का अर्थमन्त्रीस्तर र केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक अप्रिल १५ अर्थात् आगामी बुधबार बस्ने भएको छ । साउदी प्रेस एजेन्सीले आइतबार उक्त जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।

बैठकमा विश्व महामारी कोरोनाभाइरस रोक्न आवश्यक पहलकदमीबारे छलफल हुनेछ । यो बैठक यसअघि अमेरिकी राजधानी वासिङटन डीसीमा आयोजना हुँदै आएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको बैठककै दौडान साइडलाइनमा यो बैठक हुने गरेको थियो । अहिले परिस्थिति बेग्लै भएकाले पटक पटक यस्ता वार्ता र छलफल भइरहेका छन् । मार्च १ मा पछिल्लो बैठक आयोजना गरिएको थियो ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया