साउदी अरेबियाले तेलको उत्पादन घटायो
साउदी अरेविया । साउदी अरेबियाले आइतबारदेखि तेल उत्पादन कटौती गरेको छ । साउदीले प्रतिदिन करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन कटौती गरेको छ । यो कटौती जुलाई महिनाभर हुने बताइएको छ । जुन विश्वव्यापी आपूर्तिको करिब एक प्रतिशत हो । यही कारण सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
सोमबार साँझसम्म ब्रेन्ट आयल बेन्चमार्क दुई प्रतिशत भन्दा बढीले बढेर ७८ डलर प्रतिब्यारेल पुगेको छ । ऊर्जा विश्लेषकहरुले साउदी अरेबियाले गरेको यो कटौती पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र सहयोगीहरुले गरेको सन २०२४ सम्म आपूर्ति सीमित गर्ने सम्झौताभन्दा बाहिर रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेपछि साउदी अरेबियाले उत्पादनन कटौतीको निर्णय गरेको जनाएको छ । एनर्जी इनर्जी इन्टेलका प्रमुख ओपेक संवाददाता अमेना बकरले कच्चा तेलको मूल्य अझै प्रतिब्यारेल दुई–तीन डलर कम रहेको बताइन् । उनले खाडी राज्यले आफ्नो बजेट सन्तुलन गर्न आवश्यक पर्ने तेलको मूल्य ८१ डलर प्रतिब्यारेल हुने बताइन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया