युक्रेनको काखोभका बाँधमा विस्फोट
युक्रेन । दक्षिणी युक्रेनमा रहेको काखोभका जलविद्युत् आयोजनाको बाँधमा विस्फोट भएपछि आंशिक क्षति भएको छ । विस्फोटले बाँध भत्किएको छ । रुसी नियन्त्रणमा रहेको खेरसेन क्षेत्रमा रहेको नोभा काखोभका बाँधलाई ध्वस्त पारेको भन्दै रुस र युक्रेनले एक–अर्कालाई आरोप प्रत्यारोप गरेका छन् ।
दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मंगलबार यसबारे सार्वजनिक टिप्पणी गरेका हुन् । नोभा काखोभका सहरको मस्को–समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि बाँधलाई लक्षित गरी थुप्रै आक्रमण भएको बताए । बाँधको गेटका भल्भहरू ध्वस्त भई पानी अनियन्त्रित भएपछि आसपासका बस्तीमा जोखिम बढेको बताइएको छ ।
युक्रेनी सेनाले द्निप्रो नदीमा बाढी आउनसक्ने भन्दै आसपासका बस्तीका मानिसहरूलाई अन्यत्र जान सुझाएको छ । युक्रेनले बाँध ध्वस्त भएपछि द्निप्रो नदीमा एक सय ५० टन तेल मिसिएको जनाएको छ ।
नेटो महासचिव जेन्स स्टोल्टेनवर्गले बाँधमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले बाँधको विनाशले हजारौँ नागरिक जोखिममा परेको बताएका छन् । यसले युक्रेनमा रुस युद्धको क्रुरतालाई छताछुल्ल पारिदिएको टिप्पणी गरेका छन् । युरोपियन युनियनका प्रमुख चाल्र्स माइकेलले यस घटनामा रुस र उसको प्रतिद्वन्द्वी जिम्मेवार हुने बताएका छन् ।
युक्रेनले बाँध भत्काइएको घटना युद्ध अपराधको रूपमा छानबिन हुने जनाएको छ । उसले बाँधमा बिस्फोट हुँदा पर्यावरणीय नोक्सान भएको भनेको छ ।
रुसी अधिकारीहरूले भने युक्रेनले नै बाँध ध्वस्त पारेको बताएका छन् । जलविद्युत् बाँँधबाट युक्रेनले लक्ष्य हासिल गर्न नसकेपछि युक्रेनले नै विस्फोट गराएको रुसी अधिकारीहरूको आरोप छ । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाएका हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया