बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
बंगलादेश । बंगलादेशमा आधा शताब्दीयताकै गर्मी बढेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । बंगलादेशको मौसम विभागले सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएयता यतिलामो गर्मी कहिल्यै महसुस नभएको जनाएकोे छ ।
गर्मीका कारण दशौँ हजार विद्यालयहरू बन्द गरिएका छन् । मौसम विभागका वरिष्ठ अधिकारी बल्लुर रसिदले यतिलामो गर्मी आधा दशकयताकै पहिलो भएको बताएका हुन् ।
गर्मीका कारण बजारमा एयर कन्डिसनर र पङ्खाको माग बढेको छ । तर, त्यहाँको सरकारले कोइलामा खर्च गर्न असमर्थ भएका कारण सबैभन्दा ठूलो पावर प्लान्ट सञ्चालन हुन सकेको छैन । यही कारण बिजुली उत्पादनमा भारी कटौती गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
गतवर्ष बंगलादेशी मुद्रा टाकाको मूल्य अमेरिकी डलरको तुलनामा २५ प्रतिशतले अवमूल्यन भएपछि इन्धनको लागत बढेको छ । यही कारण बंगलादेशले पर्याप्त कोइला आयात गर्न सकेको छैन । जसको असर विद्युत् उत्पादन गर्ने सबैभन्दा ठूलो प्लान्ट सञ्चालन रोक्नुपरेको बंगलादेशी सरकारले बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया