अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट
अफगानिस्तान । अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।
तालिबान समूह र अमेरिकी प्रतिनिधिबीच भएको सम्झौतापछि तत्कालीन सरकारको स्थानमा सन् २०२१ को अगष्टमा दुई दशक लामो विद्रोह अन्त्य गरेको तालिबान समूह सत्तामा फर्किएपछि सुरक्षामा नाटकीय सुधार देखिएको थियो ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपूर्वी बदख्शान प्रान्तका कार्यवाहक गभर्नर निसर अहमद अहम्मदीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू भेला भएको समयमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।’
प्रान्तीय राजधानी फैजाबादमा भएको विस्फोटबारे जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालय शत्रुहरूको यस क्रूरताको भत्र्सना गर्दछ ।’ प्रत्यक्षदर्शी नसीर अहमदले भने, ‘म मस्जिदबाहिर पाहुनालाई स्वागत गर्न उभिरहेको थिएँ, अचानक एउटा भयानक आवाजले मस्जिद हल्लायो । हतारमा जब म मस्जिदभित्र पसेँ, मैले रगताम्य शवहरू भुइँमा लडेको देखेँ ।’
घटनास्थल नजिकै रहेका एएफपीका एक पत्रकारका अनुसार तालिबान सरकारका सुरक्षा बलले बिहान अन्त्येष्टि स्थलवरपर चेकप्वाइन्ट खडा गरेका थिए । विस्फोटको आवाज सुनिसकेपछि मानिसहरू नजिकैको सडकमा भागेका थिए र सुरक्षा बलले घेरा बन्दी गरेपछि पसलहरू आतंकित भई बन्द भएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया