ब्याजदर यथावत राख्ने आरबीआईको निर्णय
नयाँदिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर नबढाउने भएकोे छ । बिहीबार सम्पन्न आरबीअआईको मौद्रिक नीति समितिको बैठकले रिपोदर यथावत् राख्ने निर्णय गरेको हो ।
आरबीआईले रिपोदर स्थिर राखेको यो दोस्रो पटक हो । समितिको यसअघिको बैठकले पनि रिपोदर स्थिर राख्ने निर्णय गरेको थियो । बैंकले मुद्रास्फीतिको चाप कम गर्न कसिलो मौद्रिक नीतिलाई यथावत् राख्ने संकेत पनि गरेको छ ।
भारतमा अप्रिलमा मुद्रास्फीति चार दशमलव सात प्रतिशत रहेको थियो । यो मुद्रास्फीति १८ महिनायताकै न्यून भएको बताइएको छ । चालू आर्थिक वर्षमा खुद्रा मुद्रास्फीति औसत पाँच दशमलव एक प्रतिशत कायम रहने आरबीआईको प्रक्षेपण छ ।
महँगी नियन्त्रण गर्न विश्वका अन्य देशहरूले पनि रिपोरेट बढाउँदै लगेका थिए । केही विकसित देशका केन्द्रीय बैंकहरूले पनि रिपोदर बढाउन छोडिसकेका छन् । रिपोदर नबढ्दा कर्जाको ब्याजदर पनि बढ्ने छैन ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया