Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताकोभिड–१९ विरुद्धको लडाइँ सबैको साझा हो

कोभिड–१९ विरुद्धको लडाइँ सबैको साझा हो


नेपालसहित विश्वका दुुई सयभन्दा बढी राष्ट्रहरूमा अहिले कोरोना भाइरस (कोभिड–१९) को महामहारी फैलिएको छ । अहिले के धनी, के गरिब, के विकसित के अविकसित, के साना, के ठूला सबै राष्ट्रहरू आफ्नो स्रोत, साधान र क्षमताले भ्याएसम्म कोभिड–१९ विरुद्ध लडिरहेका छन् । आफ्ना नागरिकहरूको जीवन रक्षा गरिरहेका छन् । यसर्थमा पनि कोरोना भाइरसविरुद्धको यो लडाइँ सिंगो मानव समुदायको हितको लडाइँ हो, जीवन रक्षाको लडाइँ हो । लडाइँको यो मोर्चामा कोही अग्रपङ्क्तिमा रहेर खटिएका छन्, त कोही पछिल्लो पङ्क्तिमा बसेर लडिरहेका छन् । जसले जहाँ बसेर लडे पनि भाइरसविरुद्धको यो लडाइँ हामीले जित्नै पर्छ ।

सिंगो मानव सभ्यताको रक्षाको लागि पनि यो लडाइँ जित्नै पर्छ । यही लडाइँको अग्रमोर्चामा रहनेमध्येको एक हो, महानगरीय प्रहरी कार्यालय रानीपोखरी । देशको प्रमुुख प्रशासकीय क्षेत्र रहेको काठमाडौँ, भक्तपुर र ललिपुरमा कोभिड–१९ को नियन्त्रण र रोकथामको लागि सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनको लागि कार्यालय मातहतका हजारौँ प्रहरीहरू अहिले सडकमा खटिएका छन् । यो खटाइको नेतृत्व गर्ने उक्त कार्यालयका प्रमुुख हुुन्, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल । उनैको नेतृत्वमा उनीसहितको टोली अहिले कोभिड–१९ विरुद्धको लडाइँमा अग्र मोर्चामा खटिएको छ । प्रहरीको यो खटाई, कोभिड–१९ विरुद्ध लड्न आत्मबल, लकडाउनका कार्यान्वयनको पछिल्ला अवस्थालगायतका समसामयिक विषयमा आर्थिक दैनिकका उप–सम्पादक सुरेश राउतले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको लागि सरकारले लकडाउनको घोषणा गर्नुुपूर्व प्रहरीले लकडाउनका कार्यान्वनको लागि केही पूर्वतयारी गरेको थियो ?

विश्वव्यापीरूपमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि नेपालमा पनि यो महामाहारी फैलिनसक्ने विश्व स्वास्थ संगठनलगायतका विभिन्न संस्थाहरूले दिइसकेका थिए । फरक यति मात्र थियो कि विश्वका धेरै राष्ट्रहरूमा आक्रामकरूपमा फैलिएको यो महामारी नेपालमा कति र कुुन हदसम्म फैलिन्छ । त्यसको आँकलन सायद भइसकेको थिएन । यो अवस्थामा सम्भावित खतरालाई ध्यानमा राखेर सरकारी संयन्त्रले काम गर्न थालिसकेको थियो । सोही आधारमा बिभिन्न निकाय तथा जानकारीबाट प्राप्त सूचनाका आधारमा नेपालमा पनि लकडाउन हुन सक्छ भन्ने सम्भावनाकै आधारमा हामीले काम सुरु गरिसकेका थियौँ ।

सोही आधारमा मुुलुक लकडाउनमा जानुुपूर्व नै सबै प्रहरीहरूलाई कोराना भाइरसबाट कसरी बच्ने, आम नागरिकहरूलाई कसरी यसको बारेमा जानकारी दिने, लकडाउनलाई कसरी प्रभावकारी बनाउने, लकडाउनकै कारण आम सर्वसाधारणमा देखिने दैनिक उपभोग्य वस्तुको खरिदलाई कसरी सुरक्षित र सहज बनाउने भन्ने विषयमा आवश्यक परामर्श तथा छलफल गरेका थियौँ । ड्युटीमा खटिने प्रहरीलाई यी सबै कुराको बारेमा जानकारी दिएका थियौँ ।

लकडाउनको पहिलो दिन जब प्रहरीहरू ड्युटीमा खटिए, त्यो दिनको अनुुभव कस्तो रह्यो ?

एकातिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी अर्कोतिर आफू सुरक्षित रहेर सबै नागरिक अर्थात् भनौं सिगो समुुदायलाई सुरक्षित बनाउन कार्य सहज थिएन र छैन पनि । नेपालमा लकडाउनको यो पहिलो अनुुभव थियो । सायद त्यही भएर पनि हुुनसक्छ केही नागरिकहरूले लकडाउनलाई विगतको बन्द, हड्तालजस्तै हो भनेर अनुुमान गरेको पनि पाइयो । सोही आधारमा छिटफुुट मानिसहरूमा हिँडेर तथा आफ्नो सवारी साधनहरूमा बाहिर पनि निस्किए । त्यो समयमा हामीले यसरी विनाकाम बाहिर निस्कने नागारिकहरूलाई सम्झाई बुुझाई कोभिड–१९ को बारेमा जानकारी दियौँ, सम्झाई बुुझाई जो जहाँबाट आएको हो त्यही पठाउने काम ग-यौँ । जसले अटेर गर्छ, बाहिर निस्कनुु पर्नाका कारणबाट अनेकौँ बहानाबाजी गर्छ, त्यस्ता मानिसहरूलाई केही घण्टा, केही समय होल्ड पनि ग-यौँ । त्यसपछिमा दिनहरूमा भने आम नागरिकले पनि लकडाउनका बारेमा जानकारी पाएर होला अत्यावश्यकबाहेकका काममा बाहिर निस्कने क्रम बिस्तारै कम भयो ।

संख्यात्मकरूपमा भन्नुपर्दा लकडाउनलाई प्रभावकारी बनाउने अहिले कति प्रहरीहरू खटिएका छन् ?

महानगरीय प्रहरी कार्यालयको कार्यक्षेत्र काठमाडौँ, ललितपुर र भक्तपुर हो । हाम्रो कुुल दरबन्दी ११ हजार छ सय ८९ हो । त्यसमध्ये अहिले ११ हजार १७ जना नियमित काममा रहेका छन् । उपत्यकाका तीनवटा जिल्लामा मात्र लकडाउनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनको लागि नौ हजार पाँच सयको हाराहारीमा प्रहरीहरू खटिएका छन् । लकडाउनअघि पनि प्रहरीहरू १२ देखि १६ घण्टासम्म ड्युुटी गर्थे । अहिले पनि ड्युटी गर्ने समयसिमा त्यही हो । तर अहिले परिस्थिति फरक भएको छ ।

अहिले हामीले कोभिड–१९ को नियन्त्रणको लागि लकडाउनलाई पूर्र्णरूपमा सफल बनाउनु पर्छ भने अर्कोतिर समाजमा हुुने सम्भावित अपराधहरू पनि न्यूनीकरण गर्नुुपर्छ । अहिलेको समयमा प्रहरीले दोेहोरो जिम्वेवारी पूरा गर्नुपर्छ । अहिले प्रहरीले ड्युटी गर्दा दुुईवटाको कुराको सहीरूपमा व्यवस्थापन गर्नुुपरेको छ । एउटा आफू र आफ्नो परिवारलाई सुरक्षित गर्ने र दोस्रो लकडाउनलाई पूर्णरूपमा कार्यान्वनयमा ल्याई आम नागकिलाई कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगाउने । प्रहरीले अहिलेको समयमा यी दुुईवटै भूमिका सक्रियताका साथ निर्वाह गरेको छ ।

जब लकडाउनको घोषणा गरियो, त्यसपछि उपत्यका छोड्ने मानिसहरूको भीड बढ्यो, त्यसलाई कसरी व्यवस्थापन गर्नुुभयो ?

शैक्षिक संस्थाहरूमा पहिला नै बन्द भइसकेका थिए । त्यसपछि जब सरकारले लकडाउनको घोषणा ग-यो, त्यसपछिका दिनहरूमा उपत्यका छोड्ने मानिसहरूको संख्या बढ्यो । कोरानाको संक्रमण हुुन नदिनको सबैभन्दा पहिला गर्नुुपर्ने काम नै भीड नियन्त्रण गर्नुु थियो । एउटा मानिसदेखि अर्को मानिसबीचमा सामाजिक दूरी कायम गर्नुु रहेको थियो । यसको लागि उपत्यका बाहिरिने सबै नाका, बसपार्कहरूमा हामीले प्रहरीको सक्रियता बढायौँ । भीडलाई नियन्त्रण ग-यौँ ।

त्यो समयमा हामीले यातायात व्यवसायी महासंघअन्तर्गतको विभिन्न व्यवसायीहरूसँग समन्वय गरे उपत्यका छोड्नेहरूको लागि पर्याप्त मात्रामा गाडीहरूको व्यवस्था ग-यौँ । गाडीहरूमा सिटभन्दा बढी यात्रुु राख्न नपाउने व्यवस्थालाई कडारूपमा कार्यान्वयनमा ल्यायौँ । विभिन्न निकायहरूसँग समन्वय गरे, चेकजाँचको व्यवस्थालाई कडा बनायौँ । उपत्यकाभित्र चल्ने लामो तथा छोटो दूरी गाडीहरूमा पनि भीडभाड कम गर्ने, सिटभन्दा बढी यात्रुु नराख्नेलगायतका व्यवस्थालाई कार्यान्वयनमा ल्यायौँ । यसले गर्दा लकडाउनअघि नै धेरै यात्रुुहरू सहज र सुरक्षितरूपमा आ–आफ्नो गन्तव्यमा पुुगे । यो विषम परिस्थितमा यी सबै कार्यलाई सहजीकरण गर्ने, सुरक्षित गर्ने काम नेपाल प्रहरीले ग-यो ।

वास्तवमा एउटा नागरिकको ठाउँमा उभिएर भन्नुुपर्दा लकडाउनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउँदा आम नागरिकलाई परेको अप्ठ्यारोको बारेमा तपाईंको बुुझाइ के छ ?

यो विश्वव्यापीरूपमा फैलिएको महामारी हो । यसको चपेटामा सबै परेका छनन्, सबैलाई यसको डर छ । अहिले के प्रहरी, के सर्वसाधारण, के स्वास्थ्यकर्मी, के नेपाली सेना सबै नै पीडामा छन्, सबै नै अप्ठ्यारोमा छन । मलाई लाग्छ, सायद यो अप्ठ्यारो कसैलाई कम, कसैलाई बढी हुँदैन । अप्ठ्यारो, अप्ठ्यारो नै हो ।

वास्तवमा लकडाउन भनेको हामी सबैको सुरक्षाको लागि हो । प्रहरीको लागि मात्र होइन । सिंगो मुुलक र मुुलकवासीको लागि हो, यो आम नागरिकले बुझ्नुपर्छ र बुुझेका पनि छन् । लकडाउनको समयमा पनि अत्यावस्यक वस्तुुहरू दूध, तरकारी, खाद्यान्न, हस्पिटल, सञ्चार माध्यम औषधिजन्य वस्तुुहरूको ओसारपसार गर्ने सवारीसाधानहरू चल्न छुुट दिइएको छ । यसमा पनि कसैलाई अत्यावश्यक काम प¥यो भने त्यो कामको निस्कन पासको व्यवस्था पनि गरिएको छ । यदि कुुनै विशेष कामको लागि बाहिर जानुुपरेमा सम्बन्धित निकायलाई जानकारी गराएमा त्यही कामको लागि बाहिर जानसक्ने व्यवस्था गरिएको छ ।

लकडाउनको समयमा पनि मानिसहरू बिरामी हुुन्छ, मानिसहरूको मृत्युु हुन्छ, मलामी जानुुपर्ने हुुन्छ । यी सबै कुराहरूलाई बुुझेर जायज कामको लागि बाहिर जान दिइएको छ । जो नगई नहुुने कामबाहेकका काममा बाहिर निस्केका छन् ती व्यक्तिहरूलाई लकडाउन उलङ्घनको गरेको आधारमा केही समय नियन्त्रणमा लिइएको हो । त्यो समयमा पनि उनीहरूलाई कोभिड–१९ को बारेमा जानकारी दिने काम, सचेत गराउने काम प्रहरीले गरेको छ । यस अर्थमा सबैले जित्नै पर्ने कोरानाविरुद्धको यो लडाइँमा लकडाउन उलङ्घन गरेकै आधारमा कसैलाई नियन्त्रणमा लिँदा कसैलाई अप्ठ्यारो महसुस सायद नहनुु पर्ने हो । किनकी यो सबै काम हामीले हाम्रै लागि गरेका हौँ, सिंगो मानव समुुदायका लागि गरेका हौँ ।

लकडाउनलाई कार्यान्वयनमा ल्याउँदा धेरै मानिसहरू रोजीरोटीविहीन भएन नि ? यसको लागि के गर्नुुभयो ?

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामको लागि जब लकडाउन गरियो । त्यसअघि धेरै मानिसहरूमा आ–आफ्नो गाउँ गए । जो मानिसहरूमा आफ्नो गाउँ जान सकेनन् । दैनिक ज्यालदारी गरेर पेट पाल्थे, भाडामा बसेका थिए । उनीहरूलाई यो विषम परिस्थितिमा राहत दिनको लागि हामीले अभियान नै चलायौँ । यसको लागि विभिन्न स्थानीय निकाय, वडा कार्यालयहरूसँंग समन्वय ग-यौँ । राहत सामग्री सहयोगको यो अभियानमा हामीले थुुप्रै बैंकहरूले सहयोेग गर्नुुभयो । प्रहरीले सुरु गरेको खाद्यान्न सहयोग कार्यक्रममा एनआईसी एसिया बैंक, प्रभुु बैंक, सानिमा बैंक, महालक्ष्मी विकास बैंक आदिले सहयोग गरेका छन् ।

यसैगरी विभिन्न ठाउँमा हात धुुने व्यवस्थाको लागि माछापुुच्छ्रे बैंक, प्रहरीको मेस सुधारको लागि एनआईसी एसिया बैंक आदिले सहयोग गरेका छन् । हामीले जुुन व्यक्ति, परिवार तथा संस्था लकडाउनकाकारण साँच्चै पीडित थिए उनीहरूको घर घर गएर राहात सामग्रीअन्तर्गत दाल, चामल, नुुन, तेल, गेडागुुडी आदि वितरण ग-यौँ ।

यस क्रममा नेपाल बाल संगठन (बाल मन्दिर) नक्सालमा आश्रित एक सय जना बालबालिका, नेपाल बाल संगठन (बाल मन्दिर) सिफलमा आश्रित एक सय जना, निःसहाय सेवा सदन रहेका ३६ जनावृद्ध वृद्धाहरू, फुयचर होप नेपाल गोठाटारमा संरक्षित २२ जना बालवालिकाहरू, श्रृजनशील बाल सेवा परिवारमा आश्रित १८ जना, नेपाल स्नेही काख एकान्तकुनामा आश्रित ७५ जना, पीडित सेवा संघमा रहेका नौ जना, न्यू बिगिर्नस चिल्ड्रेन होम काडाँघारीमा रहेका १० जनासहित हालसम्म २७ सय जनालाई खाद्य सामग्री सहयोग गरेका छौँ । यस अर्थमा प्रहरीले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराउनुुको साथै, अप्ठ्यारोमा परेकाहरूलाई राहत सामग्री सहयोग गर्ने कामसमेत गरेको छ । अपराध न्यूनीकरणको लागि गर्नुु पर्ने नियमित कामहरू पनि भइराखेका छन् ।

लकडाउनको समयमा ड्युटीमा खटिने प्रहरीहरूलाई कसरी सुरक्षित गर्ने व्यवस्था कस्तो रहेको छ ?

आम नागरिकलाई सुरक्षित बनाउनको लागि सक्रमणको जोखिम हुन नदिनको लागि प्रहरी पहिला आफू पनि सुरक्षित हुुनुु पर्छ । कोभिड–१९ को बारेमा जानकार हुुनुुपर्छ, सचेत हुुनुुपर्छ । कोभिड–१९ का बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हामीले ड्युटीमा खटिने सबै प्रहरीलाई दिएका छौँ । ड्युटीमा बस्दा सामाजिक दूरी कायम गरेर बस्ने, पञ्जा, स्यानिटाइजर, मास्कको व्यवस्था गरेका छौँ ।

लकडाउन उलङ्घनका घटनाहरूमा चेक जाँज गर्दा पनि त्यहीअनुसारको सामाजिक दूरी कायम गरेर चेकजाँच गर्ने, व्यवस्था गरेका छौँ । साबुुनपानीने हात धुुने व्यवस्था गरेका छौँ । ड्युटीमा क्रममा अथवा ड्युटीमा खटिने कुुनै पनि प्रहरीलाई ज्वरो आएमा, रुघाखोकी लागेमा त्यसको तुुरुन्तै चेकजाँच गर्ने, गम्भीर समस्या देखिएमा प्रहरी अस्पतालमा आवश्यक औषधिसहित सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था गरेका छौँ । हामीले कार्यालमा काम विशेषले आउनेहरूको लागि पनि थर्मल गनले ज्वरो नापेर, स्यानिटाइजर अथवा साबुनपानीले हात धोएर मात्र छिर्ने व्यवस्था गरेका छौँ ।

आवश्यक पर्दा हामीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को पनि प्रयोग गरेका छौं । अर्कोतर्फ सरकारले लकडाउनमा खटिने प्रहरीको आर्थिक सुरक्षा कायम गर्नको लागि, उनीहरूको मनोवल उच्च राखेर ड्युटीमा खटिने प्रहरीलाई प्रोत्साहन गर्नको लागि भत्ताको पनि व्यवस्था गरिएको छ । सोहीअनुरूप जोखिमका आधारमा शत प्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत भत्ताको व्यवस्था गरिएको छ ।

जहाँ अभाव त्यहाँ तनाव भनिन्छ, कोभिड–१९ को महामारीका कारण अहिले धेरे क्षेत्रहरूमा अभाव सुरु भएको छ, यो अभावले के निश्चय नै अपराध बढाउँछ, यसलाई रोकथाम गर्न प्रहरीको कस्तो योजना रहेको छ ?

निश्चिय नै हो अभावकै कारण तनाव हुन्छ । अहिले स्वदेशमा मात्र नभएर बिदेशमा पनि कोरोना भाइरस (कोभिड–१९)कै कारण धेरै नेपालीहरूको रोजगारी गुुमेको छ, रोजीरोटी गुमेको छ । धेरै मानिसहरू बेरोजगार भएका छन् । यसले समाजलाई अस्थिर बनाउँछ । समाजमा अपराधजन्य गतिविधिहरू बढाउँछ । वास्तवमा प्रहरीको प्रमुुख दायित्व भनेको नै अपराध न्यूनीकरण गर्नुु हो, शान्त र सुरक्षित समाजको निर्माण गर्नुु हो ।

कोभिड–१९ नियन्त्रणपछि समाजमा हुुनसक्ने सम्भावित अपराध न्यूनीकरण गर्नको लागि नेपाल प्रहरीसहित सिंगो राज्यको भूमिका महत्वपूर्ण हुुन्छ । महामारीपश्चात्, चोरी, डकैती, लुुटपाट, तस्करी, यौन व्यापार, ठगीलगायतका घटनाहरू बढ्ने प्रारम्भिक अनुुमान गरेका छौँ । यी सबै किसिमका अपराध न्यूनीकरण गरी समाजलाई शान्त र सुरक्षित राख्नको लागि समुुदायको भूमिका निकै ठूलो हुुनेछ । त्यहीकारण पनि लकडाउनपछि समाजमा हुुनसक्ने अपराध न्यूनीकरण गर्नको लागि हामीले समुुदायसँग सममन्वय र सहकार्य गर्नेछौँ ।

विशेषगरी रातको समयमा हुुनसक्ने चोरी, डकैती र लुटपाट नियन्त्रण गर्नको लागि स्थानीय युवाहरूलाई पनि समुुदायको सुरक्षाको परिचालन गर्नेछौँ । स्थानीय प्रहरीसँग समन्वय गरेर त्यो समुुदायले आफ्नो क्षेत्रको सुरक्षाको लागि प्रहरीसँगै मिलेर रातको समयमा गस्ती गर्छ । अपराध हुुनसक्ने सम्भावित क्षेत्रलाई पहिचान गरे त्यो क्षेत्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउछौँ । प्रविधिकको उच्चतम प्रयोग गरेर स्थानीय समुुदायसँग समन्वय गरेर समाजमा हुुने सबै किसिमका अपराधहरू न्यूनीकरणको लागि विशेष योजनासहित ड्युटीमा खटिन्छौँ ।

लकडाउनपछि समाजलाई शान्त बनाउन राज्यले कस्तो भूमिका खेल्नुुपर्छ ?

लकडाउनपछि राज्यले आम नागरिकको भोको पेटको सम्बोधन गर्नुपर्छ । राज्यले नागरिकको पुनरोत्थान गर्नुुपर्छ । कोभिड–१९ नियन्त्रणपछि वैदेशिक रोजगारीमा रहेका ठूलो जमात स्वदेश फर्कन सक्छ, अर्कोतर्फ देशमा नै ठूलो जनशक्ति बेरोजगार रहेका छन् । यी सबै जनशक्तिलाई राज्यले स्वरोजगार बनाउनुपर्छ । यसको लागि राज्यले उत्पादनमूलक र रोजगारमूलक उद्योगधन्दा, कलकाराखानहरू खोल्नुुपर्छ, कृषिलाई व्यवसायीकरण गर्नुुपर्छ ।

वर्षोंदेखि सम्बन्ध टुुटेको कृषि क्षेत्रलाई पुुनरोत्थान गर्नुुपर्छ । युवाहरूलाई इच्छा र क्षमताका आधारमा व्यावसायिक तालिमहरू दिनपुुर्छ, ता कि कुुनै पनि नागरिकहरू कोभिड–१९ को नियन्त्रणपश्चात् बेरोजगार भएर बस्नु नपरोस् । यस अर्थमा पनि राज्यले अबको समयमा धेरैभन्दा धेरै जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा लगाउने योजना ल्याउनुु पर्छ, जुुन पूर्र्णरूपमा कार्यान्वयन हुुन सकोस् । यसको लागि कृषि, ऊर्जा, पर्यटन, हस्तकला, निर्माण, तरकारी तथा फलफूल, वन पैदावारलगायतका क्षेत्रमा ठूलो परिणमामा रोजगारी सिर्जना गर्नुुपर्छ । आम नागरिक स्वरोजगार भए भने उनीहरूको आर्थिक अवस्था बलियो भयो भने समाजमा हुने अपराध स्वत कम हुुन्छ । त्यसकारण सरकारले लकडाउनपश्चात् आम नागरिकको भोको पेटको सम्बोधन गर्नुुपर्छ ।

अन्त्यमा के भन्नुुहुन्छ ?

विश्वव्यापीरूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को समस्या सबैको साझा समस्या हो । यो समस्या समाधानको लागि सबैले आफ्नो कर्तव्य पूरा गर्नुुपर्छ, आफ्नो जिम्वेवारी पूरा गर्नुुपर्छ । यो समयमा प्रत्येक नागरिकले आफ्नो कर्तव्य के हो, आफ्नो भूमिका के हो भन्ने बुुझ्नुु पर्छ । सबै नागरिक जिम्वेवार बन्नुुपर्छ । अहिले सिंगो मानव समुदाय संकटमा रहेको छ । यो संकबाट हामी सबै नै मुक्त हुुनुुपर्छ । सबैको हातेमालो र एक्यबद्धता हुुनुुपर्छ । यसको लागि हामी सबैले सरकारले दिएका नीति निर्देशनहरूलाई पालना गरौँ ।

लकडाउनको समयमा घरमा नै बसौँ । अति आवश्यक कामबाहेक बाहिर ननिस्कौँ । सामाजिक दूरी कायम गरौँ । मास्क, स्यानिटाइजरको प्रयोग गर्नुुहोस्, नियमितरूपमा साबुुनपानीले हात धुनुहोस् । कोरानाविरुद्धको यो लडाइँमा घरमा नै बसेर साथ दिऔँ । हाम्रो कुुनै पनि नागरिकले कोभिड–१९ का कारण अकालमा ज्यान गुमाउने पर्ने वातावरण नबनोस् । फेरि पनि मुुलुकलाई पुरानै अवस्थामा फर्काउन सबैले हातेमालो गरौँ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया