Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘कालोबजारी र सामाजिक अपराध गर्नेहरूलाई प्रहरीले छोड्दैन’

‘कालोबजारी र सामाजिक अपराध गर्नेहरूलाई प्रहरीले छोड्दैन’


झण्डै एक वर्षअघि चीनको वुुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण अहिले विश्वका दुई सय २० वटाभन्दा बढी राष्ट्रहरूको अर्थतन्त्र कमजोर बनेको छ । संक्रमण बढ्दै जाँदा सबैजसो राष्ट्रहरूले संक्रणलाई नियन्त्रणमा राख्नको लागि लामो समयसम्म लकडाउन गरे । नेपालमा पनि कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि २०७६ चैत ११ गतेदेखि एक सय २० दिनसम्म पूर्णरूपमा लकडाउन गरियो । तर अहिलेसम्म संक्रमण नियन्त्रणमा आइसकेको छैन । सरकारले अहिले लकडाउनको मोडालिटी फेरेर निषेधाज्ञा लगाएको छ । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो भए पनि संक्रमितहरूको संख्या घटेको अवस्था भने छैन ।

आम नागरिकहरूले निर्बाधरूपमा हिँडडुुल गर्न पाएका छैनन् । सबैजसो व्यवसाय पूर्णरूपमा चलेका छैनन् । महामारी र त्रासका बीचमा सीमित उद्योग व्यवसायहरू मात्र सञ्चालनमा छन् । निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण आम नागरिकको दैनिक जीवन निकै नै कष्टकर बन्दै गएको छ । यो अवस्थामा पनि आम नागरिकको पीडामाथि खेलवाड गर्दै केही व्यक्ति तथा समूह कालोबजारी गरी सम्पत्ति कमाउन लालायित रहेको छ । यसका पछिल्ला केही उदाहरणहरू लकडाउनकै अवधिमा कालोबजारी गर्ने व्यक्तिहरूलाई प्रहरीले गरेको पक्राउ, माग गरेको बिगो रकम हो । तर प्रहरी आम नागरिकको जीउधन र सम्पत्तिको रक्षा गर्न सधैँ नै कार्यक्षेत्रमा खटिएको छ ।

रोग र भोकसँग लड्दै आफ्नो जीवनको कुुनै प्रवाह नगरी नागरिकलाई कोभिड १९ को संक्रमणबाट जोगाउन अहोरात्र खटिएको छ । यो खटाइको नेतृत्व यतिखेर काठमाडौँ जिल्लाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीको काँधमा रहेको छ । एउटा सञ्चारकर्मीकै भाषामा भन्नुुपर्दा देशको सम्पूर्ण प्रशासनिक केन्द्र भएको काठमाडौं जिल्लामा प्रहरी प्रमुुख भएर आउन गाह्रो छ, आएपछि काम गर्न झनै गाह्रो छ र काम गरेपछि जस पाउन त्योभन्दा पनि गाह्रो छ । तर यी सबै कुरालाई सहीरूपमा व्यवस्थापन गर्न निरन्तर खटिएका छन्, एसएसपी ज्ञवाली । उनै ज्ञवालीसँग कोभिड १९ को महामारीका बीच भएका तथा हुुन सक्ने सम्भावित कालोबजारी तथा सामाजिक अपराध नियन्त्रणका लागि प्रहरीले खेलेको, खेल्न सक्ने भूमिकामा केन्द्रित रहेर आर्थिक दैनिक दैनिकका सुरेश राउतले गरेको कुराकानीको सम्पादित अंशः

निकै असहज परिस्थितिमा काठमाडौँ परिसरको प्रमुुखको रूपमा जिम्मेवारी सम्हाल्नुभयो, कस्तो रह्यो कामको सुरुवाती अनुभव ?

हेर्नुस परिस्थिति सधैँ एकनास र सहज हुुँदैन । प्रहरी भएपछि सहज, असहज, अनकूल, प्रतिकूल जस्तोसुकै अवस्थामा पनि काम गर्नुुपर्छ । राज्यले हामीलाई जुन जिम्मेवारी सुम्पिएको छ, त्यो जिम्मेवारी पूरा गरेर आम नागरिकको जीउधनको रक्षा गरेर देशमा शान्ति सुरक्षा कायम गर्नुपर्छ जुन हामीले निरन्तर गरिरहेका छौँ । हो अहिले परिस्थिति असहज छ, यो असहज नेपालमा मात्र होइन सिंगो विश्वमा नै रहेको छ ।

त्यसकारण ठाउँ परिस्थिति जेजस्तो भएपनि हामीले गर्ने त काम नै हो, आम नागरिकको जीउधनको सुरक्षा नै हो । यस अर्थमा मलाई लाग्छ, कुुनै पनि प्रहरीलाई काम गर्नको लागि ठाउँविशेषले प्रभाव पार्दैन । किनकि जहाँ जसरी काम गरे पनि त्यो काम भनेको नेपाली नागरिकको जीवन रक्षाको लागि हो, शान्ति र अमनचयनको लागि हो, यसमा ठाउँ जिल्ला, स्थानले त्यति महत्व राख्दैन ।

तपाईंले भन्नुभएको यो कुरामा म पनि सहमत छु, तर चितवन जिल्लाको प्रहरी प्रमुुख भएर काम गर्नु, अन्य जिल्लाको प्रहरी प्रमुुख भएर काम गर्नु र काठमाडौँको प्रहरी प्रमुुख भएर काम गर्नुमा केही फरक छ नि होइन र ?

काम गर्नुुमा फरक होइन, जिम्मेवारी बढी हुन्छ । काठमाडौँमा देशको मुख्यमुख्य प्रशासनिक निकाय, मन्त्रालय, विशिष्ट व्यक्तिहरू, कूटनीतिक नियोगहरू सबैजसो काठमाडौँमा नै रहेका छन् । यस अर्थमा पनि अन्य क्षेत्रको तुुलनामा काठमाडौँमा प्रहरीको भूमिका र जिम्मेवारी निकै बढी रहेको छ, यसमा म पूर्णरूपमा सहमत छुु । मैले २०७७ वैशाख १४ गते काठमाडौँको प्रहरी प्रमुुखको जिम्मेवारी सम्हालेको हुँ तर कार्यगत अनुभवको कुरा गर्नहुुन्छ भने काठमाडौँमा काम गर्नु मेरो नयाँ अनुुभव भने होइन । योभन्दा पहिलो म प्रहरी निरीक्षक हुँदा हनुुमानढोकामा पनि काम गरेको थिएँ, अपराध महाशाखामा पनि काम गरेको थिएँ ।

एसपी हुँदा सीआईबीमा पनि काम गरेको थिए । एसपी नै भएर महानगरीय अपराध महाशाखामा पनि काम गरेको थिएँ । महानगरीय प्रहरी परिसर भक्तपुरमा पनि काम गरेको थिएँ । यस अर्थमा मेरो लागि काठमाडौँमा काम गर्नुु नयाँ अनुुभव होइन । म यहाँको सबै क्षेत्रसँग परिचित छु । अहिले फरक भनेको खालि भूमिकाको मात्र हो । जुन अहिले मैले काठमाडौँ प्रहरी प्रमुुखको भूमिका निर्वाह गरिहरहेको छु ।

सरकारले कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि गरेको लकडाउनको बीचमा तपाईंले जिम्मेवारी सम्हाल्नुुभयो, त्यसयता प्रहरीले कालोबजारी तथा सामाजिक अपराध नियन्त्रणमा के–कस्तो कार्य ग-यो ?

प्रहरीको काँधमा अहिले झन् धेरै जिम्मेवारी थपिएको छ । विगतमा प्रहरीले अपराध, नियन्त्रण, शान्ति र अमनचयनको लागि काम गथ्र्यो । तर अहिले महामारीको समय छ । हामीले आम नागरिकलाई कसरी महामारीबाट जोगाउने, महामारीबाट नागरिलाई जोगाउनको लागि सरकारले गरेको नीतिनियम र आदेशहरू कार्यान्वयन गराउने जिम्मा पनि हाम्रो काँधमा रहेको छ । यहीबीचमा बजारमा कालोबजारी र सामाजिक अपराध गर्नेहरू देखिएका छन् ।

प्रतिकूल अवस्थाका बाबजुुत पनि यी सबैलाई हामीले व्यवस्थापन गरिरहेका छौँ । लकडाउनको अवधिमा कालोबजारी तथा सामाजिक अपराधअन्तर्गत सानाठूला केही व्यक्ति तथा समूहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा लगेका छौँ । उनीहरूबाट झण्डै ५९ लाख रूपैयाँबराबरको बिगो मागदाबी गरिएको छ । कालोबजारी तथा सामाजिक अपराधअन्तर्गत हामीले २०७७ चैत १२ सुलभ अग्रवाललाई पक्राउ ग-यौँ ।

पक्राउ परेका अग्रवालबाट प्रहरीले एक सय ४५ थान थर्मल गन बरामद ग-यो । उनीविरुद्ध १५ लाख ७८ हजार नौ सय १३ रुपैैयाँ सात पैसा बिगो मागदाबी गरिएको छ । सोपश्चात् वैशाख २१ गते कालोबजारी तथा सामाजिक अपराधअन्तर्गत नै उमेशप्रसाद सिम्खडालाई पक्राउ ग-यौं । उनको साथबाट दुई हजार तीन सय ६० गाउन व्यक्तिगत सुरक्षा उपरण (पीपीई), आठ सय थान सुरक्षा चश्मा, फुटकभर एक सय ७० पिस, फेसकभर सात सय ९० पिस, सर्जिकल ग्लोब्स एक हजार जोर, स्यानिटाइजर एक सय ७० थान, मास्क १४ हजार पाँच सय ७० पिस र थर्मल गन ३८ थान बरामद ग-र्यौं । उनीविरुद्ध ३० लाख ५९ हजार दुई सय ६७ रूपैयाँ ५२ पैसा बिगो दाबी गरिएको छ ।

यसैगरी कालोबजारी तथा सामाजिक अपराधअन्तर्गत नै जेठ २८ गते प्रदिप उपाध्यय र उब्दुल मनानलाई पक्राउ ग¥यौं । उनीहरूको साथबाट तीन हजार दुुई सय ९० लिटर नक्कली स्यानिटाइजर बरामद गरिएको छ । उनीहरूविरुद्ध १२ लाख ६१ हजार छ सय ३७ रुपैयाँ बिगो कायम गरिएको छ । कालोबजारी तथा सामाजिक अपराधअन्तर्गत यस्ता सानाठूला धेरै व्यक्तिहरूलाई हामीले लकडाउन र निषेधाज्ञाको अवधिमा पक्राउ गरेका छौँ । जस्तोसुकै अवस्थामा पनि आम नागरिकको सुरक्षालाई प्रत्याभूत गरी जुनसुकै किसिमको अपराधलाई नियन्त्रण गरी कारबाहीको दायरामा ल्याउनुु हाम्रो प्रमुख कार्य हो ।

No description available.

आम नागरिकलाई कोभिड १९ को संक्रमण हुुनबाट जोगाउन तपाईंहरू फिल्डमा खटिनुभएको छ तर पछिल्लो समय संक्रमित प्रहरीको संख्या पनि बढिरहेको छ नि ?

प्रहरीको काम भनेको कोभिड १९ को रोकथाम तथा संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेका नीति निर्देशनहरूलाई कार्यान्वयनमा ल्याउनुु हो । यसको लागि प्रहरीहरू फिल्डमा खटिनै पर्छ । फिल्डमा खटिँदा जोखिम त हुन्छन् नै । तर प्रहरी साथीहरूले सबै किसिमको सुरक्षा सावधानी अपनाएर उच्च मनोबलका साथ काम गरिरहनुभएको छ । फिल्डमा खटिनुभएका सबै प्रहरीहरूको कामलाई हामी उच्च सम्मान गर्छौँ । यसका बाबजुत पनि काठमाडौँ प्रहरी परिसरअन्तर्गत खटिएका प्रहरीहरूको मात्र कुरा गर्दा दुुई सय तीन जनाभन्दा बढी कोभिड १९ बाट संक्रमित भइसक्नुु भएको छ ।

काठमाडौँमा ३१ सय जनाको हाराहारीमा प्रहरी दरबन्दी रहेको छ । यो संख्यामा दुई सय जनाभन्दा बढी संक्रमण हुुनुु भनेको सामान्य होइन । यो अवस्थाका बाबजुुत पनि हामीले उच्च मनोबलका साथ काम गरिरहेका छौँ, बढीभन्दा बढी समय फिल्डमा खटिएका छौँ । हाम्रो यो खटाइ भनेको आम नागरिकलाई सक्रमण मुक्त बनाउनको लागि हो, जस्तोसुकै अवस्थामा पनि आम नागरिकको जीउधनको सुरक्षा गर्नको लागि हो ।

तपाईंले यसो भनिरहँदा प्रहरीप्रति अर्थात् भनौँ फिल्डमा खटिएका प्रहरीप्रति आक्रोश पोख्ने नागरिकहरू देखिए नि ?

मैले भनिहालेँ प्रहरी भनेको सरकारले गरेको नीति निर्देशनहरूलाई कार्यान्वयन गराउने निकाय हो । कुनै पनि देशको सरकारले जनताको अहित हुुनेगरी कहिले पनि काम गर्दैन । सरकारको लागि जनता सधैँ नै सर्वैसर्वा रहेको हुन्छ । यस अर्थमा नागरिकहरूले प्रहरीले दुःख दियो, सरकारले दुख दियो, लकडाउन ग-यो । बाहिर हिँडडुुल गर्न दिएन भनेर राज्यप्रति वितृष्णा जगाउनु हुँ दैन । राज्य भनेको हाम्रो हो । सरकारले जति पनि काम गरेको छ, हाम्रै लागि गरेको हो, हामीलाई दुुःख दिन गरेको होइन । समय नै यस्तो छ, कुुनै पनि देशको सरकारले आफ्नो देशको जनतालाई बन्द कोठामा, बन्द घरमा राख्न चाहेको हुँ दैन । यो सबै नागरिकले बुझनुुपर्छ ।

अहिले जति पनि कदमहरू चालिएका छन् यी सबै कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि चालिएका हुुन् । यी नियमको पालना गरौँ, सामाजिक दूरी कायम गरौँ, मास्क लगाऊँ, भिडभाड नगरौँ । जब कोभिड १९ नियन्त्रणमा आउँछ, सिंगो समाज, सिङ्गो देश हाम्रै त हो, मन खोलेर हिँडौँ न । तर त्यसको लागि अहिले सबै नागरिकले जिम्मेवार भएर सरकारले जारी गरेका नीति निर्देशनहरू अक्षरंश पालना गरौँ ।

गाह्रोसाह्रो भएको अवस्थामा जोसुकै नागरिकलाई प्रहरीले सहजीकरण गर्छ, सहयोग गर्छ । प्रहरी पनि हामी नै हौै, हाम्रै दाजुुभाइ, दिदीबहिनी, आफन्त नै हुुन् । प्रहरीलाई पनि कोभिड १९ को संक्रमणको डर छ, उनीहरूको पनि परिवार छ । तर यी सबैलाई थाँती राखेर फिल्डमा कोभिड नियन्त्रणको लागि तपाईंहरूकै जीउधनको सुरक्षाको लागि खटिएका छन् । यसरी खटिनेलाई आक्रोश होइन उच्च सम्मान गर्नुपर्छ ।

तपाईंको बुुझाइमा प्रहरीमा संक्रमण बढ्नुको कारण के होला ?

प्रहरी भनेको सधैँ नै फिल्डमा खटिनुु पर्छ । उसको लागि साँझबिहान, दिनरात भन्ने केही हुँुदैन । जुनसुकै समयमा पनि फिल्डमा खटिनुु पर्छ । अपराध जुनसुकै समयमा पनि हुुनसक्छ । त्यो अवस्थामा प्रहरी त्यहाँ पुुग्नै पर्छ, अवस्था प्रतिकूल होस् वा अनकूल । महामारीका बीचमा पनि अपराधहरू हुन सक्छन् । अपराधमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्नै पर्छ ।

अहिले प्रहरीमा संक्रमण देखिनुको मूल कारण पनि अपराधी पक्राउको घटना, विभिन्न नाउँमा हुुने सडक आन्दोलन, केही नागरिकको विवेकहीनता आदि नै हो । यदि सबैले वर्तमान अवस्थाको मूल्यांकन गरिदिएको भए, कोभिड १९ को नियन्त्रणको लागि सरकारले जारी गरेका नीति निर्देशनहरूलाई पूर्णरूपमा पालना गरिदिएको भए सायद काठमाडौँमा त्यति धेरै संक्रमण बढ्ने थिएन होला, प्रहरीमा पनि यो संख्यामा संक्रमण बढ्ने थिएन होला ।

अन्त्यमा के भन्नुुहुन्छ ?
प्रहरीको काम धेरै नै चुुनौतीपूर्ण रहेको छ । तर हामीले सबै कामलाई व्यवस्थापन गरेका छौँ र व्यवस्थापन गर्छौँ । अहिले सिंगो मुुलक नै कोभिड १९ को महामारीले ग्रस्त छ । कोभिड १९ को नियन्त्रण र संक्रमण रोक्ने दायित्व प्रहरीमा पनि आएको छ । सरकारले आम नेपाली जनताको सुरक्षाको लागि सुम्पिएको यो दायित्व नेपाल प्रहरी पूरा गर्न सक्षम रहेको छ ।

अहिले यो संटकको घडीमा प्राकृतिक विपत्ति, प्रकोपलगायतका घटनाहरू पनि भएका छन् । यो अवस्थामा नेपाल प्रहरीले राज्यको स्रोत, साधान र क्षमताको उच्चत्तम उपयोग गर्दै उच्च मनोबलका साथ काम गरिरहेको छ । कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि सिंगो राज्य संयन्त्र लडिरहेको छ । यो लडाइँमा तपाईं हामी सबै आम नागरिक सहभागी हौँ । राज्यका नीति निर्देशनहरूलाई पूर्णरूपमा पालना गरौं । छिटै नै कोभिड १९ विरुद्धको लडाइँलाई जितौँ, छिटैै नै कोभिड १९ मुुक्त समाज र राष्ट्र बनाऊँ । आशा गरौँ, छिटै नै सिंगो विश्व नै कोरोना भाइरसमुक्त होस् ।


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको प्रतिक्रिया