Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘एमएम रेमिटको घोटाला अध्यक्ष राजेश श्रेष्ठको बदनियतको परिणाम हो’

‘एमएम रेमिटको घोटाला अध्यक्ष राजेश श्रेष्ठको बदनियतको परिणाम हो’

जीवन भट्टराई, पुर्व निमित्त सिईओ


सेञ्चुरी कर्मसियल बैंकमा ठुलो परिमाणमा रकम अपचलन भएको छ । उक्त अपचलनमा सम्वन्धी मुद्धा निकै लामो समय देखि आरबिटेसनमा रहेको छ । न मुद्धाको बारेमा टुंगो लाग्छ, न टुंगो लाग्न नै दिईन्छ, न त पीडितले न्याय नैं पाएका छन् । उक्त घटनामा प्रत्यक्षरुपमा जोडिएको एमएम रेमिटले उक्त अपचलनमा सेञ्चुरी कर्मसियल बैंक, उक्त बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ सहितका व्यक्तिहरुको हात रहेको बताउँदै आएको छ । उक्त मुद्धा अहिलेसम्म पनि आरबिटेशनमा नैं रहेको छ, छिटो मुद्धा टुग्याउँ भन्दा सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठ सहितका व्यक्तिहरु मुद्धा टुंगोमा पुरयाउन नचाएको र उनीहरुले मुद्धा धकेली रहेको आरोप एमएम रेमिटले लगाउँदै आएको छ ।

उक्त रकम अपचलनका बिषयमा नेपाल राष्ट्र बैंक समेतले सेञ्चुरी बैंकको अनुगमन गर्दा उक्त बैंकका केही व्यक्तिहरुको हात रहेको र ति नै व्यक्तिहरु मार्फत रकम उठाउन बैंकलाई निर्देशन दिएको भए पनि अहिलेसम्म पनि बैंकले उक्त रकम नउठाई आफुलाई थप पीडा दिएको आरोप एमएम रेमिट पक्षले लगाउँदै आएको छ । उक्त मुद्धा टुंगो लगाउनको लागि आफु तथ्य र प्रमाणमा आधारित भएर जुनसुकै ठाउँमा पुगेर बहस गर्न पनि तयार रहेको एमएम रेमिट पक्षले बताउँदै आएको छ ।

एमएम रेमिट पक्षले यसो भनिरहंदा सेञ्चुरी कर्मसियल बैंक भने एमएम रेमिटसंगको मुद्धा आरबिटेसनमा रहेको भन्दै पन्छिदै आएको छ । सेञ्चुरी कर्मसियल बैंंकमा अध्यक्ष राजेश कुमार श्रेष्ठको परिवारवाद हावी रहेको छ । सोही आधारमा अध्यक्ष श्रेष्ठले आफ्नो ज्वाई नाता पर्ने रमेश कुमार श्रेष्ठलाई सेञ्चुरी बैंकबाट हटाएर बैंककै भगिनी संस्था सेञ्चुरी क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत बनाएर लगेकाछन् ।

अध्यक्ष श्रेष्ठले रमेशलाई सेञ्चुरी क्यापिटलमा लानुको एउटै कारण भने उनलाई जोगाउनु नैं देखिएको छ । सेञ्चुरी बैंकमा रमेश कुमार श्रेष्ठ एउटा त्यस्तो पात्र हुन जसले सेञ्चुरी बैंकभित्र रहेर हंगकंगमा दर्ता रहेको ग्यालेक्सी रेमिटको आधिकारिक व्यक्तिकोरुपमा काम गथ्र्यो । अहिले सेञ्चुरी बैंक र एमएम रेमिटको बिचमा भएको भुक्तानी बिवादमा पनि ग्यालेक्सीको रेमिटको निकै ठुलो हात रहेको एमएम रेमिट पक्षको आरोप छ भने अर्को तर्फ नेपाल राष्ट्र बैंकले पनि एमएम रेमिटसंगको रकम अपचलनमा रमेश कुमार श्रेष्ठको हात रहेको भन्दै सोही व्यक्तिबाट उक्त रकम उठाउनु भनेर सेञ्चुरी बैंकलाई लिखितरुपमा निर्देशन दिईसकेको छ ।

यो अवस्थामा अध्यक्ष श्रेष्ठले आफ्नो ज्वाई रमेश कुमार श्रेष्ठलाई जोगाउन कै लागि सेञ्चुरी बैंकबाट अलग्याएर आफ्नो भगिनी संस्था सेञ्चुरी क्यापिटलमा प्रमुख कार्यकारी बनाएका छन । श्रोतको अनुसार अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकको संभावित कारवाहीबाट रमेशलाई मात्र जोगाउन खोजेनन् की उनको सम्पती समेत जोगाउन खोजेका छन् । यसको लागि अध्यक्ष श्रेष्ठले रमेश श्रेष्ठलाई कागाजीरुपमा श्रीमतीसंग सम्वन्ध बिच्छेद समेत गराएका छन् । श्रीमान श्रीमतीबिच कुनै बिवाद नभएकै अवस्थामा अध्यक्ष श्रेष्ठले रमेशको सम्पती जोगाउन कै लागि सम्वन्ध बिच्छेद गराएको भएपनि उनीहरु अहिले संगै बस्दै आएको र सम्वन्ध बिच्छेद कागजी मात्र भएको देखिएको छ ।

यता एमएम रेमिटको रकम अपचलन सम्वन्धी मुद्धामा नैं जोडिएका सेञ्चुरी बैंकका पुर्व निमित्त सिईओ जीवन भट्टराई भने आफु निर्दोष भएको बताउँदै आएका छन् । सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठ, बैंकका पुर्व प्रमुख कार्यकारी तुल्सीराम गौत्तम समेतले आफुप्रति आग्रह, पुर्वाग्रह राखेर एमएम रेमिटसंगको मुद्धामा आफुलाई फसाउन खोजेको आरोप उनले लगाएका छन् । वास्तवमा एमएम रेमिटसंगको बिवाद के हो, यसमा को को जिम्वेबार छन त ? उक्त बिषयमा सेञ्चुरीका पुर्व निमित्त सिईओ जीवन भट्टराई स्वंमले दिएको जानकारी उनकै शव्दमा दिईएको छ । (सम्पादक)

एमएम रेमिटसंग जोडिएको रकम अपचलनको विषयमा तपाईको धारणा के हो ?

सेञ्चुरी कर्मशियल बैंकमा म, स्थापना कालदेखि नैं दोस्रो नम्वरको पदाधिकारीकोरुपमा कार्यरत रही मिती ९ अगष्ट २०१९ मा बिधिवतरुपमा राजीनामा स्वीकृत भई सेवाबाट अलग भएको हो । बिवाधित एमएम रेमिटसंग रेमिटेन्स कारोबार गर्ने सम्झौंता तत्कालीन सिईओ अनुजमणी तिमल्सीनाले मिती २५ फेव्रअरी २०१६ मा गरेका हुुन र सो पश्चात सोझै रेमिटेन्स डिपार्टमेन्टले सम्झौंताा बमोजिमको कार्य गर्ने जिम्वेवारी हुने भएकाले उक्त कार्य निजहरुबाट नैं हुंदै आएको थियो ।

निज अनुजमणी तिमल्सीना सिईओबाट मिती १६ सेप्टेम्वर २०१७ मा बैंक छाड्दा एमएम संगको बक्यौता अमेरिकी डलर नौं लाख भन्दा बढी रहेको थियो । मिती १८ सेप्टेम्बर २०१७ देखि १ मई २०१८ सम्म म निमित्त सिईओ भएको समयमा कुनै पनि कारोबारको बक्यौता रहेको अवस्था छैन र अनुजमणीले छाडेको बक्यौता रकम घटाई दुई लाख ८५ हजार अमेरिकी डलरमा झारेको अवस्था थियोे । २ मई २०१८ मा तुल्सीराम गौत्तम सिईओ नियुक्ती भई १ अगष्ट २०१८ मा निज तुल्सीराम गौत्तमले एमएम रेमिटको बक्यौता रहेकै अवस्थामा एम एम रेमिटलाई बढी फाईदा दिई पुन पुरक सम्झौता गरी १६ अगष्ट २०१८ मा नेपाल राष्ट्र बैंकले अग्रिम भुक्तानी बिना रेमिटेन्स भुक्तानी नर्गनु भन्ने निर्देशन दिएको अवस्थामा एमएमसंगको बक्यौता बढेर छ लाख ३० हजार अमेरिकी डलर भएको हो ।

सो छ लाख ३० हजार डलर सेञ्चुरी बैंकलाई तिर्न बुझाउन छ र म सो रकम तिर्छु बुझाउछु भनि अक्टोवर २४, २०१८, २४, डिसेम्वर २०१८ मा आधारिक पत्रद्धारा र जनवरी २, २०१९ मा सेञ्चुरी बैंकमा नैं आई तत्कालिन सिईओ तुल्सीराम गौत्तम र बैंकका पदाधिकारीहरुसंग बसी रकम तिर्ने प्रतिवद्धता गरेका थिए । यसैगरी निज एमएम रेमिटको आधिकारिक लेखापरिक्षक बिआईटी एशोसिएट्स मरिससले मिती २५ मार्च २०१९ मा सेञ्चुरी बैंकलाई एमएम रेमिटले ३१ डिसेम्बर २०१८ मा अमेरिकी डलर छ लाख ३३ हजार तीन सय ६० दशमलव ३३ रकम तिर्नु बुझाउनु पर्ने बेहोरा प्रमाणित गरिदिन सेञ्चुरी बैंकलाई पत्र पठाएको र सो पत्रमा सेञ्चरी कर्मसियल बैंकले प्रमाणित गरेको अवस्था हो । यसरी बक्यौता रहेको रकम तिर्छु, बुझाउँछु भनि निज एमएम रेमिटका सञ्चालक मनिषराज पन्तले र एमएम रेमिटको आधिकारिक लेखापरिक्षकले समेत प्रमाणित गरेको अवस्थामा सेञ्चुरी कर्मसियल बैंकले एमएमबाट रकम असुलउपर पाउनु पर्ने कुनै पनि बिवाद थिएन । यसै अवस्था मिती ८ फेब्रुअरी २०१९ मा एमएम रेमिटले अमेरिकी डलर ४० हजार पठाई हाल बक्यौता रहेको ५८२२६७.९८ रहन गएको हो । यस अवस्थामा निज एमएम रेमिटले आफनो प्रतिवद्धता बमोजिम रकम नबझुाएपछि २२ अप्रिल २०१९ मा मैले लिखितरुपमा कानुनी उपचारद्धारा रकम असुल गर्नुपर्छ भनि आफ्नो राय तत्कालीन सिईओ तुल्सीराम गौत्तमसमक्ष पेस गरेकोमा निज गौत्तमले सो लाई स्वीकृती समेत गरेका थिए । तत् पश्चात सिईओ तुल्सीराम गौत्तम तथा अध्यक्ष राजेश कुमार श्रेष्ठले सो रकम उठाउन कुनै चासो नदिएको र उल्टै मलाई हतोत्साही बनाई आफुले स्थापना गरेको बैंकमा स्थापनाकालदेखि गर्दे आएको कामकारबाही खोसी ज्यादै नैं खेदो गरेपछि मैले बाध्य भएर बैकबाट तीन महिनाको नोटीस दिई राजीनामा दिएको हो । तर बैंकले राजीनामा दिएको तीन दिनमा नैं एउटा डेपुटी सिईओ जस्तो उच्च पदको कर्मचारीको राजीनामा स्वीकृत गरी मेरो पदमा म भन्दा तीन तह मुनिका तत्कालीन डेपुटी गर्भनर शिवराज श्रेष्ठको ज्वाँई नाता पर्ने व्यक्तिलाई कर्मचारी बिनियमावलीको कुनै पनि प्रावधान बमोजिम नगरी हुदै नभएको अधिकार प्रयोग गरी बढुवा गरेबाट निजहरुको के स्वार्थ थियो भन्ने बुझ्न कुनै गाहे छैन ।

मैले बैंक छोडिसकेपछि बैंकको बक्यौता उठाउने जिम्वेवारी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र सञ्चालक समिती, तत्कालीन सिईओ तुल्सीराम गौत्तम र तीन तह बढुवा पाएका डेपुटी सिईओ बनेका व्यक्ति लगायत सो रेमिटेन्स भुक्तानी दिने बिभागीय प्रमुखहरुको दायित्व हो । तर यसको बिपरित निजहरुले बक्यौता रहेको करिब दुई बर्षसम्म सो रकम उठाउने तर्फ कुनै कारवाही नगरी निज एमएम रेमिटलाई सहयोग गरे । र म बैंकमा नरहेको अवस्थामा यसतर्फ कुनै चासो राख्नु पर्ने जरुरी समेत होईन । तर मिती बिसं २०७७ फागुन १७ मा सेञ्चुरी कर्मसियल बैंकको तर्फबाट तत्कालीन सिईओ तुल्सीराम गौत्तमले हस्ताक्षर गरी नेपाल राष्ट बैंकको पत्रलाई उद्धृत गर्दे म लगायत तत्कालीन अवस्थामा रेमिटेन्स डिपार्टमेन्टमा कार्यरत बिभागीय प्रमुखसंग एमएम रेमिटले तिर्छु बुझाउँछु भनि पटक पटक प्रतिवद्धता गरेको रकम बराबरको नेपाली रुपैंयाँ बैंकलाई नोक्सानी भएको भनि मलाई बुझाउन पत्र पठाएपछि म आश्र्चयचकित भएको र आफुलाई कुनै जाानकारी तथा सफाईको मौका समेत नदिई आफु संलग्न नै नभएको कारोबारको रकम मेरो हेलचेक्रयाँई तथा बदनियत भएको भनि कपोकल्पीत आरोप लगाई मलाई ज्यादै नैं अन्याय भएको हुंदा न्याय निसाफको लागि अदालत समक्ष गएको र सो मुद्धा बिचाराधिन अवस्थामा रहेको छ ।

सेञ्चुरी कर्मसियल बैंक लिमिटेडका अध्यक्ष राजेश कुमार श्रेष्ठ र एमएम रेमिटको मनिषराज पन्तबिच अन्र्तनिहित व्यापारीक सम्वन्ध भएको व्यहोरा हाल मलाई ज्ञात भएको छ । निज अध्यक्ष राजेश कुमार श्रेष्ठले आवस्यकता नै नभएको अवस्थामा समेत आफु लगायत तत्कालीन सञ्चालक लक्ष्मण कुमार श्रेष्ठ र म समेतलाई मरिसस भ्रमण गराई निज मनिस पन्तसंग व्यक्तिगत गोप्य मिटिङ समेत गरी बिभिन्न व्यापारीक लेनदेन गरेको प्रमाणस्वरुप निज राजेश कुमार श्रेष्ठको नाममा नेपालमा दर्ता रहेको र नेपाल राष्ट्र बैंकले स्वीकृती प्रदान गरेको राम्रो रेमिटमा निज र निजको परिवारको सदस्यको नाउँमा राखेको सेयरको रकम मनिष पन्तको सासु माला राणाले रु एक करोड राखी दिएको प्रमाण हाल फेला परेको छ । यस सन्दर्भमा बिस्तृत जानकारी लिनु परेमा राम्रो रेमिटका सिईओ देवश भट्टराई तथा राम्रो रेमिटका अध्यक्ष र हालका सेञ्चुरी बैंकका सञ्चालक रणबहादुर श्रेष्ठसंग जानकारी लिन सक्नु हुने छ ।

एवं रितले एमएम रेमिटलाई म कार्यरत हुंदा कडा गरेको र पैसा असुलउपर गर्न राय दिएपछि एमएम र अध्यक्ष श्रेष्ठको मिलेमतोमा उल्टै म एमएमसंग मिलेको भनि बिभिन्न अर्नगल, आधारहिन प्रचार गर्दे आएका छन् । मैले निज श्रेष्ठ लगायत सञ्चालक समिती र नेपाल राष्ट्र बैंकमा समेत मैले पैसा उठाउनु पर्ने हो भने मलाई आधिकारिक जिम्वेवारी दिईयोस म एक महिना भित्रमा सो पैसा मरिसस गई त्यहाँको सेन्ट्रल बैंकको सहायता लिई उठाइ दिन्छु भन्दा समेत कुनै सुनुवाई नहनु ले नेपालमा आउनु पर्ने बिदेशी मुद्रा नआएको अवस्थामा समेत नेपाल राष्ट्र बैंक गम्भिर नहनु र निज डिफल्टर नेपाली नागरिक मनिस पन्तलाई नैं पक्षपोषण संरक्षण गरिनुले यसमा ठुलै चलखेल भएको बुझ्न सकिन्छ । होईन भने नेपाल राष्ट्र बैंकले अर्को देशको राष्ट्र बैंकलाई पत्र लेखि सो एमएम रेमिटको खाताको स्टेटमेन्ट झिकाई हेर्दा सो रकम सजिलै कहाँ गयो भनेर देख्न, बुझन सक्ने अवस्थामा सो तर्फ नलागि निजलाई फाईदा हुने गरी बिभिन्न प्रपन्च रचेको र सेञ्चुरी बैंक समेतले पैसा उठाउन मध्यस्थ परिषदमा निवेदन दिएकोमा दुई बर्षसम्म कुनै टुंगोमा नपुर्याई आफै बैंक सुनुवाई सारी रहेको अवस्थाले सेञ्चुरी बैंक स्वंम सो रकम उठाउन गंम्भिर नभएको प्रमाणित हुन्छ र मलाई जालसाँजीपुर्णरुपमा झुठा मुद्धामा फसाई आफ्नो स्वार्थ सिद्ध गर्न अध्यक्ष राजेश कुमार श्रेष्ठ लागेको यसबाट समेत पुष्टि हुन्छ ।

यस बिषयमा सेञ्चुरी बैंक कसरी बिचौलिया, कमिशन खोरबाट चलेको छ र राष्ट्र बैंक समेतले राज्यले दिएको अधिकारको कसरी दुरुपयोग गरि कुनै अमुक व्यक्तिलाई फाईदा पुरयाउँदो रहेछ भन्ने यो ज्वलन्त उदाहरण हो । तर्सथ बैंकिङ क्षेत्रका व्यवसायीक क्यारियर भएका कर्मचारीहरु, लगानीकर्ताहरु तथा नेपाली जनता समेत सचेत हुन जरुरी छ । अन्यथा व्यवसायीक, योग्य र क्षमतावान व्यक्तिहरु यो देशबाट पलायन हुन बाध्य हुनेछन् र यहाँ सत्ता र शक्तिका नजिक, नातेदार र बिचौलियाहरुले कर्पोरेट क्षेत्रमा समेत हालीमुहाली गरी संस्थालाई धरासायी बनाउन सफल हुनेछन् ।

तपाँईले आफ्ना कुराहरु राख्नु भयो, तपाईका कुरा अनुसार तपाई निर्दोष हुनुहुन्छ ? यदि तपाई साँच्चै नै निर्दोष हुनुहुन्थ्यो भने मुद्धालाई थाँती राखेर किन अमेरिका जानु भयो, यही बसेर मुद्धा लड्न, मुद्धा फेस गर्न सक्नु हुन्थ्यो नि होईन् र ?

यहाँ गरिनखान दिएनन् । झुठा मुद्धामा लगाए । आफैले खोलेको बैंकमा आफैले राखेका मान्छे बिरुद्ध मुद्धामामिला गर्नु पर्यो । म पेशाकर्मी हो । आफ्नो योग्यता, क्षमता र परिश्रमले नैं माथि आएको मान्छे हो र म बिश्वको जुनसुकै कुनामा पनि आफ्नो सीप र क्षमताले काम गर्न सक्ने भएकाले म कामको सिलसिलामा मेरो परिवार सहित अमेरिका लगायत अन्य ठाउँमा गएको हो । आफ्नो देशमा केही गर्छु भन्दा सत्ता र शक्तिको आडमा बदनाम गराएकाले हामी जस्ता ईमान्दार र नैतिकवान पेशाकर्मी बिदेशिन बाध्य भएका छौं । यो मेरो मात्र होईन जो कोही जसको सत्ता र शक्ति संग पहुंच छैन, उनीहरु सबैको नियती मेरो जस्तै भएको छ । र यसकै लागि म अन्यायको खिलाफ न्यायको लागि लडिरहेको छु ।

तपाईले आफुलाई निर्दोष भएको बताईरहंदा नेपाल राष्ट्र बैंकले त एमएम रेमिटसंग भएको मुद्धाका कारण नउठेको रकमले बैंकलाई नोक्सानी पुगेको र उक्त नोक्सानी रकम तपाई समेतबाट उठाउनु भनि सेञ्चुरीलाई निर्देशन दिएको देखियो नि, राष्ट्र बैंक तपाईप्रति पुर्वाग्रही हुनुपर्ने त्यस्तो केही कारण थियो र ?

मैले अगाडि पनि एमएम रेमिट र सेञ्चुरी बैंकमा के कस्ता कारोबारहरु भएको हो र मेरो के कस्तो संलग्नता छ भन्ने व्यहोरा प्रष्ट पारिसकेको छु । एमएम रेमिटले तिर्न बुझाउन पर्ने उसैले बझाउँछु भनि बारंबार लिखितरुपमा प्रतिवद्धता गरेको रकम नेपालमा बिदेशी मुद्रा आउनु पर्ने र नेपाल राष्ट्र बैंकले आफ्नो पहलमा समेत ल्याउनु पर्ने बिषयमा सेञ्चुरी बैंक स्वंम सो बिदेशी मुद्रा असुल्ने कानुनी कारवाही गरिरहेको अवस्थामा एमएमले तिर्नुपर्ने रकम बिना सवुत प्रमाण नेपाली रुपैंयाँ सेञ्चुरी बैंकलाई नोक्सान भयो भनि मलाई सफाईको कुनै मौका समेत नदिई मलाई तिराउनु भन्ने पत्र आफैमा बिदेशी मुद्रा अपचलन गराउन मद्धत पुर्याउने खालको छ । तर्सथ यो नेपाल राष्ट्र बैंकको म प्रतिको ज्यादै पुर्वाग्रही र बदनियतपुर्ण छ । यो कुनै अमुक व्यक्तिलाई फाईदा पुर्याउन गरिएको प्रपञ्च हो र मैले नेपाल राष्ट्र बैंकमा मिती बिसं २०७८ साउन १९ गते दर्ता नं ४१३ मार्फत आधिकारिकरुपमा मेरो भनाई निवेदन गरेकोमा सो उपर हालसम्म कुनै सुनुवाई नहुनुले नेपाल राष्ट्र बैंकको यो कदम पुर्णरुपमा प्रायोजित छ भन्ने प्रमाणित हुन्छ ।

मैले लिखितरुपमा नेपाल राष्ट्र बैंक समक्ष तथा मौखिकरुपमा पटक पटक सेञ्चुरी बैंकका सञ्चालकहरु तथा अध्यक्ष स्वंमलाई भेटेर यो रकम मैले उठाउनु पर्ने हो भने मलाई जिम्वेवारी दिईयोस म एक महिना भित्र उठाई दिने छु भन्दा समेत कुनै सुनुवाई नहुनुने बैंक व्यवस्थापन स्वंम यो रकम उठाउन तर्फ कुनै तदारुकता नरहेको प्रमाणित हुन्छ । राष्ट्रलाई प्राप्त हुने बिदेशी मुद्रा एउटा नेपालीले खोलेको बिदेशी कम्पनीले यतिका दिनसम्म बिभिन्न बहानामा नतिर्नु र सम्वन्धीत निकायहरुले यसतर्फ ध्यान नदिनु आफैमा आश्चार्य चकित कदम छ । मेरो नेपाल राष्ट्र बैंकले भने जस्तो सो रकम बक्यौता रहनमा कुनै पनि हेलचक्र्याई वा बदनियत नरहेको र प्रि फण्डिङ बिना भुक्तानी दिने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा समेत मेरो कुनै संलग्नता र सरोकार नभएको बिषयमा समेत हचुवा र कपोकल्पीतरुपमा मलाई कारवाही गरिएकोबाट नेपाल राष्ट्र बैंकको निष्ठा र प्रतिष्ठा र स्वायत्ततामा समेत प्रश्न चिन्ह खडा भएको छ ।

यदि सिस्टम गलत भएको हो भने सम्झौंता गर्ने व्यक्तिहरु भुक्तानी दिने कर्मचारीहरु र तिनका बिभागीय प्रमुखहरु तथा भुक्तानी पाउने करिब तीन हजार नेपाली जनताहरुबाट समेत रकम असुल गर्नुपर्ने हो । यस बिषयमा नेपाल राष्ट्र बैंकले कुनै अनुसन्धान तहकीकात समेत नगरी उल्टै डिफल्टरलाई मद्धत पुग्ने कार्य गर्नु आफैमा राज्यले दिएको अधिकारको दुरुपयोग हो र यस बिषयमा सम्वन्धीत निकायले अनुसन्धान गरी दोषीलाई कारवाही गर्नु पर्छ र म त्यस्तो अनुसन्धानमा पुर्णरुपमा सहयोग गर्न तयार छु ।

मैले फेरि पनि सोधें, तपाईकै भाषामा भन्नुपर्दा, राष्ट्र बैंक तपाईप्रति किन यति धेरै पुर्वाग्रही भयो ?

म यस बिषयमा आफै अचम्मित छु । मेरो बिचारमा तीन वटा तत्वहरुको कारणले यो कदम चालिएको हुन सक्छ । जस अन्तर्गत पहिलो नम्बरमा म भन्दा तीन तह मुनिका व्यक्ति जो तत्कालीन डेपुटी गर्भनर शिवराज श्रेष्ठका ज्वाई नातेदार हालका सिईओ मनोज कुमार न्यौपानेलाई सिईओ बनाउन मलाई नहटाई संभव नभएको हुंदा उनीद्धारा रचिएको जालसाँझी पुर्वक फसाउन खोजि कारवाही गरिएको हो ।

दोस्रो नम्बरमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बिभिन्न आफ्नो स्वार्थ सिद्ध हुने कार्य गर्न मलाई दवाव दिएकोमा म बैंक स्थापनापुर्वको कर्मचारी भएको र मेरो बैंकका संस्थापकहरुमा पनि रामै्रै पहुंच भएकाले आफ्नो स्वार्थ सिद्ध गर्न मलाई हटाउन प्र्र्रपञ्च गरेका हुन । तेस्रो नम्बरमा तत्कालीन सिईओ तुल्सीराम गौत्तमको बैंकमा प्रर्फमेन्स राम्रो नरहेको र मैले बिगतमा निमित्त सिईओ हुंदा आफ्नो समकक्षी बैंकमा नं १ बनाएको अवस्थाले संस्थापक लगायतले निज गौत्तमलाई हटाई मलाई सिईओ बनाउछन भनि तत्कालीन सिईओ गौत्तमले आफ्नो जागिर जोगाउन तत्कालीन अवस्थाको सत्ता र शक्तिको प्रयोग गरी म बिरुद्ध षणयन्त्र गरेको हो ।

चौंथो नंम्बरमा बक्यौता राख्ने एमएम रेमिटलाई कानुनी कारवाहीद्धारा पैसा उठाउनु पर्छ भनि लिखितरुपमा आफ्नो राय, टिप्पणी पेस गरेकोमा अध्यक्ष राजेश कुमार श्रेष्ठको राम्रै पहुंच भएको एमएम रेमिट र मनिष पन्तलाई जोगाउन बचाउन मलाई हटाउने प्रपञ्च रचिएको हो । जुन कुरा हाल म बैंकमा नरहेको तीन बर्षसम्म उक्त रकम उठाउने तर्फ कुनै ठोस कदम नचालिनुले स्वंम पुष्टि हुन्छ ।

साथै म बैंकमा कार्यरत रहेको अवस्थामा यो बैंक एक्लै चल्न सक्दैन भन्ने निक्यौल गरि सञ्चालकहरुलाई समेत कन्भिन्स गराई तत्कालीन अवस्थामा सञ्चालक लक्ष्मण कुमार श्रेष्ठको संयोजकत्वमा म सदस्य सचिव रहेको मर्जर कमिटी गठन भएको र सो कुरा अध्यक्ष राजेश कुमार श्रेष्ठ, तत्कालीन सिईओ तुल्सीराम गौत्तम, तत्कालीन सहायक महाप्रर्वन्धक मनोज न्यौपाने लगायत केही सञ्चालकहरु समेत आफ्नो जागिर, पद जान्छ मर्जर गराउनु हुदैंन भन्ने पक्षमा रहेको र मैले बिगतमा सफलरुपमा पाँच वटा क्षेत्रियस्तरका बैंक सेञ्चुरी बैंकमा समाहित गराई कारोबार गराएको र मैले पुन मर्जर गराउँछु भन्ने ठानी मलाई हटाउन प्रपञ्च गरिएको हो । जुन कुरा तीन, तीन पटक मर्जर कमिटीले मर्जर गर्न पार्टनर छानी सञ्चालक समितीमा पेस गरेको अवस्थामा समेत अध्यक्ष श्रेष्ठ लगायत उच्च व्यवस्थापनले सञ्चालक समितीको बिषयसुचीमा समेत नराख्नुले पुष्टि हुन्छ ।

यसको मतलव यो घटनामा अध्यक्ष श्रेष्ठ, एमएम रेमिटका पन्त लगायतका व्यक्तिहरुको हात छ भन्नु खोज्नु भएको हो ?

हो, यसमा मेरो दुई छैन र म नेपाल राष्ट्र बैंकले लगाएको आरोपको स्वतन्त्र छानविन गर्न, गराउन तयार छु । एमएम रेमिटको कारोबार खाता मरिससस्थित सेन्ट्रल बैंकमा पत्राचार गरी झिकाई सो को अडिट गरेबाट सो रकम कसले, कहिले, कहाँ अपचलन भएको सजिलै पत्ता लाग्छ । यसतर्फ मलाई अख्तियारी दिएमा म भोलियन्टररुपमा मरिसस गई सो कार्य गर्छु र मलाई झुठा आरोप लगाई फसाईएको दाग मेटाउँछ भनि लिखितरुपमा भन्दा समेत नियामक निकाय तथा बैंक स्वंमले कुनै चासो नदिनुले पनि यो घटना प्रायोजित हो भन्ने माथि उल्लेखित कुराहरु स्वंम सिद्ध छ ।

अन्तमा के भन्नु हुन्छ ?

मैले व्यक्तिगत तथा पेशागत जीवनमा आजसम्म ईमान्दारिता साथ आफ्नो योग्यता र क्षमताले अगाडि बढेको व्यक्ति हुं । मेरो पारिवारिक तथा आर्थिक अवस्थाले समेत मैले कुनै अनैतिक कार्य गर्नु पर्ने आवस्यकता छैन, गरेको पनि छैन र आफु बरु भोकै बसिन्छ, त्यस्तो कार्य गरिदैन । बैंक जस्तो जनताको आस र भरोसामा आफैमा बिश्वास र इमानमा चल्ने संस्थामा करिव २५ बर्ष सेवा गरि दुई, दुई वटा बाँणिज्य बैंकको स्थापना तथा सञ्चालन गराउने टिममा कार्य गरेको मलाई झुठा तथा आधारहिन कुरामा कारवाही हुनु आफैमा म जस्तो यस्ता संस्थामा कार्य गर्ने अन्य कर्मचारी साथीहरुको लागि समेत एउटा नराम्रो नजिर हो र यसबाट सबैले सचेत हुन जरुरी छ । मैले नेपाल राष्ट्र बैकले भने जस्तो कुनै पनि अनैतिक कार्य गरेको स्वतन्त्ररुपमा मलाई प्रमाण दिईएमा म कुनै पनि सजाँय भोग्न तयार छु । 


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया