Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताचाडपर्वसँगै बढ्दो अपराध, यस्ता छन् सुरक्षा योजना

चाडपर्वसँगै बढ्दो अपराध, यस्ता छन् सुरक्षा योजना


काठमाडौं । यतिखेर हामी आम नेपाली जनाको महान् चाड बडादशैँ, शुभदीपावली तथा छठ पर्व र नेपाल सम्वत्को पूर्वसन्ध्यामा छौँ । यी चाडपर्वले आम नेपाली जनताको घरको दैलो ढकढक्याइसकेको छ । चाडपर्व मनाउनकै लागि धेरै नेपालीहरु आफ्नो थातथलो फर्किसकेका छन् ।

काम व्यस्तताले फर्किन नपाएकाहरु आफू जुन ठाउँमा छन् त्यही ठाउँमा आफ्नो दक्षता र क्षमताले भ्याएअनुसार चाडपर्व मनाउने योजनामा छन् । यस अर्थमा चाडपर्व मनाउने सबैको आफ्नो आफ्नो तयारीमा छौँ । चाडपर्वसँगै अपराध पनि बढेको हुन्छ, विकृति पनि बढेको हुन्छ । चाडपर्व मनाउने नाउँमा केही व्यक्ति तथा समूहले गर्ने अवाञ्छित गतिविधिले अपराध बढ्नसक्छ । चाडपर्व मनाउन काठमाडौंलाई छाडेर आफ्नो थातथलो गएकाहरुलाई आफ्नो बन्द घर कोठाको चिन्ताले पिरोलेको हुनसक्छ ।

यी सबैको बाबजुद चाडपर्वलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भयरहित, शान्त र खुसीयाली साथ मनाउन प्रहरी परिसर काठमाडौं आम नागरिकको जिउधन र भौतिक सम्पत्ति सुरक्षाको लागि कस्तो किसिमको चाडपर्व लक्षित सुरक्षा योजना अघि सारेको छ, त्यसको विषयमा प्रहरी परिसर काठमाडौंको वरिष्ठ प्रहरी उपरीक्षक भरत बहादुर बोहोरासँग आर्थिक दैनिकका तर्फबाट सुरेश राउतले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

कस्तो छ प्रहरी परिसर काठमाडौंको चाडपर्व लक्षित सुरक्षा योजना ?

जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, शुभदीपावली तथा छठपर्व र नेपाल सम्वत्को पावन अवसरमा विशेष सुरक्षा योजना, २०७९ जारी गरी कार्यान्वयनमा ल्याएको छ । चाडपर्वमा काठमाडौं जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाई सुरक्षित वातावरणमा सम्पन्न गर्न योसुरक्षा योजना, २०७९ तयार गरी लागू गरिएको हो । सुरक्षा निकायबीच उच्चसमन्वयबाट प्रभावकारी तवरले सुरक्षाकर्मीहरुको परिचालन, सहज पहुँच र दुरुस्तका रबाहीमार्फत अपेक्षित जनसमुदाय समक्ष शीघ्रसेवा प्रदान गर्ने व्यवस्थामिलाई चाडपर्वमा सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्नको लागि यो योजना सुरु गरेका हौँ ।

विगतमा पनि चाडपर्वलक्षित सुरक्षा योजना आउँथे, तर पनि अपराध त बढेको देखिन्थो नि होइन र ?
कहीँ कतै केही छिटपुट घटनाहरु घटेका हुनसक्छन् । तर चाडपर्वलक्षित सुरक्षा योजना लागू गर्दा हामीले अपराध घटेको पाएका छौँ । चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याउनुको प्रमुख उद्देश्य नै सुरक्षानिकायबीच उच्च समन्वयमार्फत प्रभावकारीतवरले सुरक्षाकर्मीहरुको परिचालन गर्ने, सहज पहुँच अर्थात् माग भएको पाँचदेखि सात मिनेटभित्र पुगेर कानुनबमोजिम दुरुस्त कारबाही गर्ने, स्रोत÷साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरणगर्ने र पीडितलाई न्यायरपीडकलाई सजाय दिलाउने रहेको छ । यसले अपराध घटेको हाम्रो बुझाइ छ ।

चाडपर्वमा विशेषगरी कस्ता खालको सुरक्षा चुनौतीहरु आउने गर्छन् ?
चाडपर्वमा आइपर्ने सुरक्षा चुनौतीहरुलाई हामीले दुई भागमा बाँडेका छौँ । यसअन्तर्गत सामान्य सुरक्षा चुनौती र असामान्य सुरक्षा चुनौती छन् । सामान्य सुरक्षा चुनौतीअन्तर्गत अवैध मदिरा बिक्रीवितरण, झैँ–झगडा, तास, जुवा, लंगुर बुर्जा, गोटी, मापसे गरीट्राफिक नियमको उल्लंघन, सवारी दुर्घटना, सवारीसाधनको टिकटमा कालोबजारी, नापतौलबाट ठगी, आतिशबाजी, पकेटमारी, चोरी, लुटपाट, चोरीपैठारी, नक्कली तथा म्यादगुज्रेको सामानको बिक्रीवितरण, अभद्र व्यवहार, चन्दा, चिठ्ठा आदिसम्बन्धी कसुर रहेका छन् । यसैगरी असामान्य सुरक्षा चुनौतीअन्तर्गत भने समूह–समूहबीच हुनजाने झगडा, डकैती हातहतियार तथा खरखजानाको प्रयोग, आगजनी, विष्फोटन, कर्तव्यज्यान, जबर्जस्तीकरणी, अपहरण वाशरीर बन्धक,ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ, लागूऔषध, कारोबार मानवबेचबिखन तथा ओसारपसार आदिसम्बन्धी कसुर आदि रहेका छन् ।

यी सबै किसिमका सुरक्षा चुनौतीको सामना गरी आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिन प्रहरी सक्षम छ ?
हामी एकदम सक्षम छौँ । यी सबै सुरक्षा चुनौतीहरुको सामना गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन विभिन्न किसिमका आपराधिक सूचना संकलन गर्नको लागि सादा पोशाकमा प्रहरी खटाउने, प्रहरीनियन्त्रणकक्ष–१००, ट्राफिक नियन्त्रणकक्ष–१०३ रप्रहरीका अन्यनम्बरमा प्राप्त सूचना, सोसियल मिडिया फेसबुट, ट्विटर, हाम्रो ट्राफिक पुलिस मोबाइल एप, वेबसाइटमार्फत पनि सूचना संकलन गर्छाैँ । अपराध बढी घटेका स्थान र घट्नसक्ने सम्भावित स्थानहरुलगायतमा काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयसँगको समन्वय तथा सहकार्यमा सादा पोशाक प्रहरी परिचालन रसूचना संकलन र प्रहरी परिचालन गर्ने योजना हामीले बनाएका छौँ । यसैगरी यात्रुहरुलाई सहजतापूर्वक यात्रा गर्न बसपार्क इलाकाहरु र सेवाग्राहीहरुलाई विशेष सुविधा दिन काठमाडौंको १२ स्थानमा हेल्प डेस्क स्थापना गरेका छौँ ।

काठमाडौंको सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चाबहिल चोक, गोंगबु, नयाँबसपार्क, बालाजुचोक, बालाजु बाइपास, कलंकी र बल्खुमा हेल्प डेस्क सञ्चालन गरेका छौँ ।यसका अतिरिक्त चाडपर्वलाई थप सुरक्षित बनाउनको लागि परिसरको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारकाअन्य माध्यमहरुबाट समेत जनचेतनामूलक कार्यक्रम प्रसारणलाई निरन्तरता प्रदानगर्ने, टोल–टोलमा माइकिङ गर्नुकासाथै पर्चापम्लेटहरु वितरण गर्ने,स्थानीय जनसमुदाय, सुरक्षाविद्हरु तथा पूर्वसुरक्षाकर्मीहरुसँग निरन्तर छलफल तथा अन्तर्क्रिया कार्यक्रम कार्य पनि हामीले सँगै गरेका छौँ । यी सबै गर्नुको प्रमुख उद्देश्य नै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु नै हो ।

अपराध नियन्त्रण, रोकथाम र पहिचान गर्न प्रविधिको प्रयोगमा नेपाल प्रहरी कतिको अभ्यस्त रहेको छ ?
पछिल्लो समय प्रविधिजन्य अपराध पनि बढ्दै गएको छ । चाडपर्वका समयमा पनि यस्ता अपराध बढ्न सक्छन् । हामीले अपराध नियन्त्रण अर्थात् भनौँ आपराधिक घटनाबारे जानकारी र अनुसन्धान गर्न प्रविधिको प्रयोगलाई पनि उच्च प्राथमिकतामा राखेका छौँ । यसअन्तर्गत सिसिटिभी मनिटरिङलाई विशेष जोड दिएका छौँ । विशेषगरी काठमाडौंको मुख्य–मुख्य चोक, व्यापारिक केन्द्र आर्थिक कारोबार हुने स्थानहरु, काठमाडौं प्रवेश गर्ने नाकाहरुलगायतका स्थानहरु सिसिटिभी जडान गरेका छौँ । ड्रोनबाट तस्बिर लिई सुरक्षा प्रदान गर्ने, अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गर्ने, प्रहरी एपको प्रयोगलाई पनि विशेष प्राथमिकता दिएका छौँ ।

चाडपर्व लक्षित सुरक्षा योजना २०७९ कार्यान्वयनको लागि प्रहरीको उपस्थिति र समन्वय कस्तो छ ?
यी सबै कार्यहरु गर्नसुरक्षाकर्मीहरुकोप्रभावकारी परिचालन गरेका छौँ । यसको लागि हामीले इलाका विभाजन गरेका छौँ । जसअन्तर्गत १४ वटा प्रहरी वृत्तहरु, १२ वटा प्रहरी हेल्प डेस्क, १२ वटा टिकट काउन्टरहरुमा, २४ वटा मोबाइल गस्ती, ९१ वटा पिकेटिङ, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल आदिको विशेष सुरक्षाको लागि मोटरसाइकलबाट गस्ती गर्ने गरी ७६ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी)को व्यवस्था गरेका छौँ । क्यूआरटीमा १४ जना प्रहरी निरीक्षक कमाण्डर रहनेछन् ।

२८ स्थानमा नाकासिल, सामुदायिक प्रहरी साझेदारीअन्तर्गत ३५ स्थानबाट पर्चा, पम्प्लेट रमाइकिङ, ३८ ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरेका छौँ । यसैगरी विभिन्न ४२ स्थानमा चेक प्वाइन्ट स्थापना गरी बिहाल बेलुका तथा आकस्मिक चेकजाँचको व्यवस्था गरिएको छ । चाडपर्वको समयमा विशेष भीड लाग्ने १२ वटा मन्दिरमा हुनसक्ने सम्भावित अपराध नियन्त्रणको लागि पनि प्रहरी खटाएका छौँ । यसबाहेक खसी, कुखुरा किनबेच हुने बजार सुरक्षार्थ पाँच स्थानमा प्रहरी खटाएका छौँ । यसबाहेक पाँचवटा स्ट्राइकिङ, २२ स्थानमा एम्बुसिङर निगरानी, ४६ वटा सीआरभी क्रस चेकिङ, छवटा अनुगमन, सेफ्टी पिन एण्ड पिक पकेटिङ नियन्त्रण र अतिविशिष्ट व्यक्तिहरुको सवारी तथा कार्यक्रममा सुरक्षा व्यवस्थापनको लागि पनि आवश्यकताअनुसार प्रहरी परिचालन गरेका छौँ ।

प्रहरी परिचालनको कुरा गर्नुभयो, चाडपर्वलाई नै लक्षित गरी कति संख्यामा प्रहरी खटिएका छन् ?हामीले आफ्नो कार्यक्षेत्रभित्र तीन हजार तीन सय ४३ जना प्रहरी जनशक्ति खटाएका छौँ । जसले बडादशैँ, शुभदीपावली तथा छठपर्व र नेपालसम्वत् समेतलाई मध्यनजर गरी काठमाडौं जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाई सुरक्षित वातावरणमा सम्पन्न गर्ने योजना अघि सारेको छ ।

अन्तमा आम नागरिकलाई के भन्नुहुन्छ ?
प्रहरी र आम नागरिक एकै सिक्काको दुई पाटा हुन्, जुन एउटाविना अर्को अपूरो हुन्छ । यसअर्थमा प्रहरी एक्लैले चाहेर मात्र अपराध नियन्त्रण हुन सक्दैन । भयरहित समाजको निर्माण हुन सक्दैन । यसको लागि प्रहरीजतिकै आम नागरिक पनि आफ्नो समाजप्रति उत्तरदायी हुनुपर्छ । विशेषगरी चाडपर्वको बेला चाडपर्व मनाउने नाउँमा कानुनले बन्देज गरेको कुनै पनि किसिमको अवाञ्छित गतिविधिहरु गर्नु गराउनुहुँदैन । समाजलाई शान्त र सुरक्षित बनाउन सबैले भूमिका खेल्नुपर्छ । घर, कोठा छोडेर चाडपर्व मनाउन आफ्नो थातथलो जाँदा त्यसको जानकारी नजिकैको स्थानीय प्रहरी, घरबेटी, छिमेकीलाई पनि दिएर जानुपर्छ ।

आम नागरिक स्वयं पनि चनाखो भएमा धेरैहदसम्म अपराध नियन्त्रण हुनसक्छ । हाम्रो चाहना र उद्देश्य भनेको नै दिनमा निर्धक्कसँग आफ्नो आफ्नो काम गर्न हिँड्डुल गर्न पाओस् र दिनभर काम गरेर थाकेर आएको मान्छे आफ्नो घर कोठामा पुगेपछि राति निर्धक्कसँग भयरहित भएर सुत्न पाओस् । यही उद्देश्य र चाहनाअनुसार हामीले काम गरिरहेका छौँ ।

कुनै पनि किसिमको आपराधिक  गतिविधि नियन्त्रणको लागि प्रहरी सक्षम छ
– प्रजित के.सी, प्रहरी उपरीक्षक

No description available.

जिल्ला प्रहरी परिसर भक्तपुरभक्तपुर जिल्लालाई शान्त, सुरक्षित र भयरहित बनाउन अहिले भक्तपुर जिल्लामा मात्र एक सय ६७ जना प्रहरीको दरबन्दी छ । त्यसमध्ये अहिले अर्थात् चाडपर्वको समयमा सात सयभन्दा बढी प्रहरीहरु फिल्डमा खटिएका छन् । आम नागरिकको जिउ, धन र भौतिक सम्पत्तिको सुरक्षाको लागि, समाजलाई शान्त र भयरहित बनाउनअहोरात्र खटिएका छौँ । भक्तपुर जिल्लामा दुईवटा वृत्त रहेको छ भने सानो ठूलो सबै गरी ५१ वटा पोष्ट रहेको छ ।

सुरक्षाको दृष्टिकोणले विशेषगरी भक्तपुरको राधेराधे क्षेत्र, सूर्यविनायकको पाण्डु बजार, च्यामासिंङबाट नाला जाने बाटोलाई संवेदनशील क्षेत्रकोरुपमा हामीले लिएका छौँ । सोही आधारमा यी क्षेत्रहरुमा २४ सै घण्टा प्रहरीको उपस्थित छ । यीबाहेकका अन्य क्षेत्रहरुमा पनि व्यापकरुपमा हामीले प्रहरी परिचालन गरेका छौँ । सम्भावित अपराध र अपराधजन्य गतिविधिको जानकारी दिन तथा नियन्त्रण गर्नको लागि सादा पोशाकमा प्रहरीहरु पनि खटाएका हुन्छौँ । अर्कोतर्फ हाम्रो क्विक रेस्पोन्स टिम भक्तपुर जिल्लामा कहीँ कतै केही दुर्घटना वा आपराधिक गतिविधि नहोस् तर कथंकदाचित् भई हालेमा जानकारी पाएको पाँचदेखि छ मिनेटमा (हिँडेर जानुपर्ने ठाउँबाहेक) पुग्ने व्यवस्था हामीले मिलाएका छौँ । यसको लागि हामीले स्रोत, साधन, क्षमता र प्रविधिको भरपूर प्रयोग गरेका छौँ ।

भक्तपुरमा चोरी डकैतीलगायतका घटनाहरुमा पछिल्लो समय कमी आएको छ । प्रहरीले आफ्नो उपस्थिति बढाएर राति तथा दिउँसो २४ सै घण्टा गस्ती गर्न थालेपछि यसकिसिमको घटनाहरुमा कमी आएको हो । यस क्षेत्रमा चोरीका ठूला ठूला नभई ससाना किसिमका धाराको पाइप, टुटी, तार चोर्ने, मोटरसाइकलमा आएर सिक्री तान्नेलगायतका ससाना चोरीका घटनाहरु हुने गरेकोमा पछिल्लो समय यस्ता घटनामा निकै कमी आएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाकै रुपमा हामीले आपराधिक गतिविधि गर्नसक्ने सम्भावित, शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा राख्ने, अवाञ्छित गतिविधिहरु गर्न खोज्ने जो कोहीलाई पनि नियन्त्रणमा ल्याउने गरेका छौँ । यी सबै गर्नको लागि २४ सै घण्टा हामी खटिएका छौँ । हाम्रो यो खटाइले आम भक्तपुरवासीले निर्धक्कसँग, मन खोलेर चाडपर्व मनाउन सक्नुहुन्छ ।

तर आम भक्तपुरवासीलाई हाम्रो अनुरोध छ, यसको लागि सामाजिक सञ्जाल, माइकिङ गरेर पनि जानकारी दिने गरेका छौँ । चाडपर्व मनाउने क्रममा कहीँ कतै, कसैले पनि ऐन नियमको बाहिर गएर कानुनले वर्जित गरेको अवाञ्छित क्रियाकलाप नगरौँ, सबैले सभ्य र भव्यरुपमा चाडपर्व मनाऔँ । भक्तपुर प्रहरी आम भक्तपुरवासीको जिउ, धन र भौतिक सम्पत्तिको सुरक्षा गर्न, सबल र सक्षम छ ।

आम ललितपुरवासीले निर्धक्क र भयरहित वातावरणमा चाडपर्व मनाउन सक्नुहुन्छ

– यज्ञविनोद पोखरेल : प्रहरी वरिष्ठ उपरीक्षक  जिल्ला प्रहरी परिसर ललितपुर

No description available.

विजयादशमी भनेको नै आसुरी शक्तिलाई दैवी शक्तिले परास्त गर्नु हो । आम नागरिकको जिउधन र भौतिक सम्पत्तिको संरक्षण गर्न र सुरक्षा प्रदान गर्न हामी प्रहरीले गर्ने कार्य भनेको पनि यही नै हो अर्थात् अपराध र अपराधजन्य प्रवृत्तिलाई नियन्त्रण, रोकथाम र कारबाही गर्न दैवी शक्तिको जस्तै काम गर्नु हो ।

समाज शान्त हुनुपर्छ, भयरहित हुनुपर्छ । समाजमा बस्ने जोकोहीले पनि आफ्नो समाज, घरभित्र सुरक्षित भएको महसुस हुनुपर्छ, आम नागरिकलाई यही महसुस दिलाउन हामीले काम गरेका छौँ, गरिरहेका छौँ ।  जहाँसम्म ललितपुर प्रहरीको कुरा छ, हामीले विगतका वर्षहरुको तुलनामा अझ प्रभावकारी र उत्कृष्टरुपमा चाडपर्वलक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएका छौँ । यसको लागि ललितपुर जिल्लाभर ३४ वटा प्रहरी युनिट कार्यरत छन् । कुनै पनि घटना अथवा भनौँ आपराधिक गतिविधि नहोस् भनेर त्यो हुन नदिन हामी कार्यरत छौँ । यदि कथंकदाचित् प्रहरीको आँखा छलेर कुनै पनि किसिमको आपराधिक क्रियाकलाप भएमा रिङरोडभित्र ललितपुर प्रहरी पाँचदेखि सात मिनेटमा घटनास्थलमा पुग्छ ।

No description available.

ललितपुर केही क्षेत्र पहाडी र विकट पनि रहेका छन्, ती क्षेत्रहरुमा पनि कुनै पनि किसिमका घटनाहरु भए जतिसक्दो छिटो अर्थात् बढी १० मिनेटभित्र घटना भएको स्थापनमा पुग्ने गरी हामीले क्विक रेस्पोन्स टिम बनाएर खटाएका छौँ । त्यो टिमको लागि स्रोत र साधन दिएका छौँ । अर्कोतर्फ कुनै पनि किसिमका आपराधिक घटना हुनसक्ने सम्भावित सूचना दिनको लागि पनि हामीले गोप्यरुपमा सूचना प्रवाह गर्ने संयन्त्रहरु खडा गरेका छौँ । त्यो संयन्त्रले हामीलाई कुनै पनि किसिमको सम्भावित अपराधको जानकारी दिनेछ । त्यहीअनुसार प्रहरी मुभ हुन्छ, त्यो सम्भावित अपराधलाई रोक्न हामी सक्षम हुनेछौँ । कुनै पनि राम्रो कुराको अन्त्य हुँदैन । त्योभन्दा झन् राम्रो भएर आउँछ । विगतमा ललितपुर प्रहरीले जति राम्रो काम गरेको थियो, अहिले त्योभन्दा राम्रो काम गरिरहेको छ, अझ धेरै गर्नेछ ।

अहिले ललितपुर जिल्लालाई शान्त, सुरक्षित र भयरहित बनाउन १४ सय बढी प्रहरीहहरु फिल्डमा खटिएका छन् । उहाँहरु सबै आम नागरिकको जिउधनको सुरक्षाको लागि कटिबद्ध रहेर काम गरिरहनुभएको छ । आम नागरिकले पनि आफ्नो समाज देशप्रति बफादार भएर सम्भावित अपराध वा समाजमा भएका अपराधका घटनाहरुको जानकारी अर्थात् सूचना प्रहरीलाई दिएर सहयोग गर्नुपर्छ । यसो हुनसकेहाम्रो समाज शान्त र सुरक्षित हुन्छ । आम नागरिकले निर्धक्कसँग चाडपर्व मनाउन सक्नुहुन्छ, पाउनुहुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया