Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताकोरोनाविरुद्धको यो लडाइँ सबै मिलेर जित्नै पर्छ

कोरोनाविरुद्धको यो लडाइँ सबै मिलेर जित्नै पर्छ


काठमाण्डौ,चैत ३०
अहिले नेपालसहित विश्व नै कोरोना भाइरस (कोभीड १९) विरुद्ध लडिरहेको छ । यो सबैको साझा लडाइ“ हो । यस अर्थमा पनि यो लडाई सबैले मिलेर लड्नु पर्छ, अनि यसलाई सबैले मिलेर जित्नुु नै पर्छ । सिंगो मानव सभ्यताको लागि पनि हामीले कोराना भाइरसको यो महामारीलाई हराउनै पर्छ । हार र जीतको यो लडाइ“मा कोही अगाडि देखिन्छन् त कोही पछाडि । अहिले हामी त्यही लडाइ“मा छँै“ । लडाइ“कै क्रममा सरकारले यही वैशाख तीन गतेसम्म लकडाउनको घोषणा गरेको छ । यो लडाइ“को मोर्चामा आम नागरिकले घरभित्र नै बसेर साथ दिएकाछन् भने ट्राफिक प्रहरी, स्वास्थकर्मीहरू, प्रहरी, सशत्र प्रहरी, नेपाली सेनालगायतका निकायहरू अगाडि देखिएका छन् । अगाडि देखिने यिनै निकायहरूमध्येको एक ट्राफिक प्रहरीको प्रमुुख हुुन्, भिमप्रसाद ढकाल । जसको नेतृत्वमा अहिले लकडाउनलाई पूर्णरूपमा सफल बनाउन ११ सय प्रहरीहरू ड्युटीमा खटिएका छन् । आफू बचेर अरुलाई बचाउने यो अभियानका सारथी महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौंका एसएसपी भिमप्रशाद ढकालस“ग आर्थिक दैनिकका सुरेश राउतले गरेको कुराकानीको सम्पादित अंशः

विश्वका धेरै राष्ट्रहरूमा कोराना भाइरस (कोभीड १९) फैलिसकेको थियो । तर, नेपालमा सरकारले लकडाउनको घोषणा गरिसकेको थिएन, त्यो अवस्थामा सम्भावित घटनाक्रमलाई हेरेर तपार्इंहरूले केही पूर्वतयारीहरू गर्नुभएको थियो ?

छिमेकी राष्ट्र चीनको वुहानबाट सुरु भएको कोराना भाइरस (कोभीड १९) महामारीविश्वका एक सयभन्दा बढी राष्ट्रहरूमा फैलिसकेको थियो । यो अवस्थामा नेपालमा पनि यो भित्रिनसक्ने भन्दै हामीले तयारी सुरु गरिसकेका थियौँ । सोहीअनुुसार हामीले धेरै भीडभाड हुुने क्षेत्रहरू बसर्पाक, विभिन्न पार्कहरूमा भीडभाड कम गर्न, एउटा व्यक्तिबाट अर्को व्यक्तिको बीचमा दूुरी कायम गर्नको लागि उपत्यकामा खटिएका ४० वटै प्रहरी युनिटहरूलाई बोलाएर ठोस, कार्ययोजनासहित फिल्डमा खटिन निर्देशन दिइसकेका थियौँ । यसअघि नै सरकारले कोराना नियन्त्रण तथा रोकथामको लागि भन्दै एकै ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुुन निर्देशन दिइसकेको थियो । सोहीअनुरूप आम नागरिकलाई भीडभाड नगर्न, कोरोना भाइरससम्बन्धी सचेतनामूलक सन्देशसहितका प्लेकार्ड बोकेर हामी सडकमा, चोक गल्लीहरूमा खटियौँ । बर्सपार्कलगायतका क्षेत्र जहाँ सर्वसाधारणको बढी भीड हुुने गथ्र्यो ती क्षेत्रहरूमा हेल्प डेक्स बनाएर काम सुरु गरिसकेका थियौँ । समग्रमा भन्नु पर्दा कोरानाको महामारी विश्वका धेरै राष्ट्रहरूमा फैलिएलगत्तै हामीले पनि खतराको महुसस गरी त्योअनुुसार काम सुरु गरिसकेका थियौँ ।

सरकारले पहिलो चरणमा चैत ११ देखि १८ सम्म लकडाउनको घोषणा ग¥यो । घोषणालगत्तै उपत्यका छोड्नेहरूको भीडभाड बढ्न थाल्यौ“ कसरी व्यवस्थापन गर्नुभ¥यो त्यो भीडभाडलाई ?

मैले माथि नै भने हामी सम्भावित घटनाहरूको लागि तयारी अवस्था थियौँ । त्योअनुुसार कामहरू पनि सुरु गरिसकेका थियौँ । सरकारले लकडाउनको घोषणा गरेलगत्तै दैनिक उपत्यका छोडेर आफ्नै थाँतथलो जानेहरूको भीड बढ्यो । कोरानाको संक्रमण हुुन नदिनको सबैभन्दा पहिला गर्नुुपर्ने काम नै भीड नियन्त्रण गर्नुु थियो । एउटा मानिसदेखि अर्को मानिसबीचमा सामाजिक दूरी कायम गर्नुु रहेको थियो । यसको लागि उपत्यका बाहिरिने सबै नाका, बसपार्कहरूमा हामीले ट्राफिक प्रहरीको सक्रियता बढायौँ । भीडलाई नियन्त्रण ग¥यौैं । त्यो समयमा हामीले यातायात व्यवसायी महासंघअन्तर्गतको विभिन्न व्यवसायीहरूसँग समन्वय गरे उपत्यका छोड्नेहरूको लागि पर्याप्त मात्रामा गाडीहरूको व्यवस्था ग¥यौँ । गाडीहरूमा सिटभन्दा बढी यात्रुु राख्न नपाउने व्यवस्थालाई कडारूपमा कार्यान्वयनमा ल्यायौँ । विभिन्न निकायहरूसँग समन्वय गरे, चेकजाँचको व्यवस्थालाई कडा बनायौँ । उपत्यकाभित्र चल्ने लामो तथा छोटो दूरी गाडीहरूमा पनि भीडभाड कम गर्ने, सिटभन्दा बढीयात्रुु नराख्नेलगायतका व्यवस्थालाई कार्यान्वयनमा ल्यायौँ । यसले गर्दा लकडाउन अघि नै धेरै यात्रुुहरू सहज र सुरक्षितरूपमा आ–आफ्नो गन्तव्यमा पुुगे । यी सबै कार्यलाई सहजीकरण गर्ने, सुरक्षित गर्ने काम प्रहरीले ग¥यो ।

जब लकडाउन सुरु भयो, त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याई प्रभावकारी बनाउन कतिको अप्ठ्यारो महसुुस भयो ?

हामी ट्राफिक प्रहरीको पहिलो काम भनेको नै आम नागरिकको सुरक्षा गर्नुु हो, चाहे त्यो सडकमा यात्रा गर्दा होस् वा विपत्को समयमा नै किन नहोस् । तर नेपालको इतिहासमा लकडाउनको पहिलो अनुुभव थियो । लकडाउनलाई पूर्णरूपमा कार्यान्वयमा ल्याउने काम निकै नै चुुनौतीपूर्ण नै छ । केहीनागरिकको बुुझाइमा लकडाउनका विगतमा हुुने बन्द, हड्तालजस्तै हो भन्ने पनि रह्यो । ती सबै बुुझाइहरूलाई चिर्न हामी सफल भयौँ । योबीचमा लकडाउन तोड्न खोज्न धेरै, सवारी साधन तथा नागरिकहरूलाई हामीले कारबाही ग¥यौँ । कारबाहीको लागि हामीले विभिन्न शैलीहरू अपनायौँ । जसमा मेसिनको सहायात मान्छे पक्रिनेदेखि लिएर, जहाँ पक्रियो त्यही नै दुुईदेखि तीन घण्टा उभ्याएर कोरोना भाइरससम्बन्धी सचेतना पनि दियौँ । त्यसपछिका लकडाउनका बाँकी दिनहरूमा भने मानिसहरूमा पनि बुुझ्न थाले । काम गर्न सहज भयो ।

प्रहरीले लकडाउनलाई पूर्र्णरूपमा कार्यान्वयनमा ल्याउ“दा धेरै सर्वसाधारणहरू जो पीडामा थिए, जसलाई बाहिर निस्कनु नै पर्ने
थियो, तिनीहरूमा थप पीडा भयो नि होइन र ?

वास्तवमा लकडाउन भनेको हामी सबैको सुरक्षाको लागि हो । ट्राफिक, पुलिसको लागि मात्र होइन । सिंगो मुुलक र मुुलकवासीको लागि हो, यो आम नागरिकले बुझ्नु पर्छ र बुुझेका पनिछन् । लकडाउनको समयमा पनि अत्यावस्यक वस्तुुहरू दुुध, तरकारी, खाद्यान्न, हस्पिटल, सञ्चार माध्यम औषधिजन्य वस्तुुहरूको ओसार पसार गर्ने सवारी साधानहरू चल्न छुुट दिएका छौँ। यसमा पनि कसैलाई अत्यावश्यक काम प¥यो भनेत्यो कामको निस्कन पासको व्यवस्था पनि गरेका छौँ । यदि कुुनै विशेष कामको लागि बाहिर जानुुपरेमा ट्राफिक कन्ट्रोलमा जानकारी गराएमा त्यही कामको लागि बाहिर जानसक्ने व्यवस्था हामीले गरेका छौँ । लकडाउनको समयमा पनि मानिसहरू बिरामी हुुन्छ, मानिसहरूको मृत्युु हुन्छ, मलामी जानुुपर्ने हुुन्छ । यी सबै कुराहरूलाई बुुझेर जायज कामको लागि बाहिर जान दिएका छौँ । जो नगई नहुुने कामबाहेकका काममा बाहिर निस्केका छन् ती व्यक्तिहरूलाई लकडाउन उलंघनको गरेको आधारमा कारबाही गरेका हौँ । मलाई लाग्दैन, सबैले जित्नै पर्ने कोरानाविरुद्धको यो लडाइँमा लकडाउन उलंघन गरेकै आधारमा कसैलाई कारबाही गर्दा कसैलाई पीडा भयो भनेर ।

आम नागरिकमा कोराना संक्रमण फैलिन नदिनको लागि सडकमा खटिने ट्राफिकहरूको सुरक्षाको लागि कस्तो व्यवस्था गर्नुभयो ?

लकडाउनलाई पूर्र्णरूपमा प्रभाकारी बनाउनको लागि हामीले एक सय ५२ ठाउँमा ट्राफिक प्रहरीको युनिट बनाएर ड्युटी गरेका छौँ। ती सबैमा गरी ११ सयभन्दा बढी प्रहरीहरू खटिएका छन् । डय्टीमा जानुअघि पनि हामीले ड्युुटीमा खटिने प्रहरी अधिकारीहरूलाई कोराना भाइरस नियन्त्रणको लागि अपनाउनुु पर्ने सम्पूर्र्ण कुराहरूको बारेमा सचेतना दिएका छाँै । ड्युुटीमा बस्दा सामाजिक दुरी कायम गरेर बस्ने, पञ्जा, स्यानिटाइजर, मास्कको व्यवस्था गरेका छौँ । लकडाउन उलंघनका घटनाहरूमा चेक जाँज गर्दा पनि त्यहीअनुसारको सामाजिक दूरी कायम गरेर चेकजाँच गर्ने, व्यवस्था गरेका छौँ । साबुुनपानीने हात धुुने व्यवस्था गरेका छौँ। डयुटीमा क्रममा अथवा ड्युटीमा खटिने कुुनै पनि प्रहरीलाई ज्वरो आएमा, रुघाखोकी लागेमा त्यसको तुुरुन्तै चेकजाँच गर्ने, गम्भीर समस्या देखिएमा प्रहरी अस्पतालमा आवश्यक औषधिसहित सम्पूर्र्ण उपचार निःशुल्क गर्ने व्यवस्था गरेका छौँ । अर्कोतर्फ ट्राफिक युनिटभित्र नै छुुट्टै एउटा हेल्थ डेक्स बनायौँ । त्यो डेक्सको मुख्य काम ड्युुटीमा खटिने प्रहरीको नियमित स्वास्थ जाँच गर्नुु रहेको छ । हामीले महाशाखामा काम विशेषले आउनेहरूको लागि पनि थर्मल गनले ज्वरो नापेर, स्यानिटाइजर अथवा साबुनपानीले हात धोएर मात्र छिर्ने व्यवस्था गरेका छौँ । आवश्यक पर्दा हामीले पीपीईको पनि व्यवस्था गरेका छौँ ।

यौ सबैको व्यवस्थापन गर्न कसरी सम्भव भयो ?

अहिलेको समय भनेको निकै कठिन समय हो । सबैले आफू बचेर अरुलाई बचाउने समय हो । यसको लागि नेपाल प्रहरी, त्यसमाथि पनि ट्राफिक प्रहरीलाई जुन जिम्मेवारी तोकेको छ, त्यो पूरा गर्न हामीले कुुनै कसर पनि बाँकी राखेका छैनौँ । यो बेलामा काम गर्नको लागि हामीले धेरै निकायहरूसँग समन्वय गर्नुपर्छ । प्रहरीकै माथिल्लो निकाय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार मन्त्रालय, यातायात व्यवस्था विभागलगायतका धेरै निकायहरूसँग हामीले समन्वय गर्नुुपर्छ । यी सबै निकायहरूसँग समन्वय गरेर हामीले लकडाउनलाई प्रभावकारी बनाउन सफल भएका हौँ ।

लकडाउनलाई प्रभाकारी बनाउ“दा चुुनौती पनि धेरै देखिए होलान् नि ?

यो कुरा मैले माथि पनि भनिसकेँ । काम गर्दा चुुनौती सबै क्षेत्रमा हुुन्छन् । तर, अहिले काम गर्दाको समय र परिस्थति बेग्लै छ । आफू जोगिएर अरुलाई जोगाउने कार्य निकै नै कठिन नै छ । सुरुमा केही मानिसहरूमा लकडाउनको बुुझाइ गलत देखियो । विनाकाममा पनि घरबाहिर निस्कने घटनाहरू देखियो । अर्कोतर्फ सवारी पास भएका उपत्यकासहितका विभिन्न जिल्लाको व्यक्तिहरू पनि सवारी पास छ भन्दै विनाकाममा पनि हिँडेको समेत देखियो, तर ती सबै कामलाई हामीले सहीरूपमा व्यवस्थापन गरिरहेका छौँ ।

अन्तमा के भन्नु हुुन्छ ?

अहिले हामी सबै नै संकटमा छौँ, यो संकटबाट हामी सबै पार हुुनुु नै छ । यसको लागि हामी सबै एकजुुट हुुनै पर्छ । सबैको सामूहिक प्रयासबाट नै हामी यो संकटबाट पार हुुन सक्छौँ । यसर्थ सरकारले दिएका नीति निर्देशनहरूलाई पालना गर्नुुहोस् । लकडाउनको समयमा घरमा नै बस्नुुहोस्, अति आवश्यका कामबाहेक बाहिर ननिस्कनुहोस् । सामाजिक दूरी कायम गर्नहोस् । मास्क, स्यानिटाइजरको प्रयोग गर्नुुहोस्, नियमितरूपमा साबुुनपानीले हात धुनुहोस् । कोरानाविरुद्धको लडाइँमा घरमा नै बसेर साथ दिनुुहोस् । कुुनैपनि किसिमको डर र भयमुक्त भएर बाहिर निस्कने वातावरण बनाउने अभियानमा साथ दिनुहोस् ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया