‘सम्झौता रद्द भइसकेपछि बागमती अपार्टमेन्ट कब्जा गरेर फ्ल्याट बिक्री गर्नु ठगी मात्र होइन, महाठगी हो’

मोहन केसी कुनै चर्चित नाम होइन तर गुुमनाम व्यक्तिको नाम पनि होइन । उनी पेशाले निर्माण व्यवसायी हुुन् । सुधीर बस्नेतको बागमती अपार्टमेन्टको बाँकी काम सम्पन्न गरेर बिक्री गर्न सम्झौता गर्ने व्यक्ति उनै हुुन् । उनले काम गर्न आफूसँग लगेको व्यक्ति रोशन साहले उनलाई नै बाइपास गरेर अहिले बागमती अपार्टमेन्ट कब्जा गरेर आफूखुुसी बिक्री गरिरहेका छन् । तर साहले उनीहरूसँग रकम लिए पनि पुुर्जा दिनसक्ने अवस्था छैन । त्यो उनको सम्पत्ति होइन । त्यही विषयमा आर्थिक दैनिकका प्रतिनिधिले व्यवसायी केसीसँग लामो कुराकानी गरेका थिए । प्रस्तुुत छ, उनीसँग गरेको कुराकानीको संक्षिप्त अंशः सम्पादक । 

बागमती अपार्टमेन्ट कस्को हो ?

बागमती अपार्टमेन्ट आयुस कन्स्ट्रक्सनको हो । धिरेन्द्रप्रसाद प्रधान त्यसका अध्यक्ष हुन् । नामचाहिँ धिरेन्द्रको राखेको हो तर सम्पत्तिचाहिँ सुधिर बस्नेतकै हो ।

तपाईं बागमती अपार्टमेन्टमा कसरी जोडिनुभयो ?

घर सरेसँगै पहिलेदेखि नै चिनेको सुधिरले मिलेर काम गर्नुप¥यो भनेर बोलाए । मेरो फर्म नवीकरण भएको थिएन । २०६९ साल मंसिर ११ गते सम्झौता भयो, कल्याण निमार्ण सेवासँग । त्यसको अध्यक्ष प्रमोद यादव थिए । सञ्चालकचाहिँ रोशन साह, सुनिल शाही छन् । प्रमोद यादवलाई निकालेर रोशन आफैँ अध्यक्ष बने । कल्याण निमार्ण सेवाको लागि मैले गिटी, सिमेन्ट, बालुवा, ढोकाका लागि लगानी गरेँ । कल्याण निमार्ण सेवामा बागमती अपार्टमेन्टमा काम गर्न चार जना मिलेका थियौँ ।

रोशन साही, प्रमोद यादव, मोहन केसी र सिवदास सायसी मिलेर काम गर्दै गयौँ । उपभोक्ता समिति गठन ग-यौँ । अध्यक्षमा गोविन्दसिंह भण्डारी थिए, म उपाध्यक्ष र कोषाअध्यक्षमा फडिन्द्रराज पन्त थिए । चेक यही तीन जनाको हस्ताक्षरमा चल्थ्यो । बैंक किस्ता र पुनर्निमार्णको रेसियो ७५ र २५ गरेका थियौँ । त्यहाँबाट आएको रकम जम्मा गर्न संयुक्त खाता खोलेका थियौँ तर रोशन साहले त्यो खातामा उठाएको रकम राख्दै राखेनन् ।

तपाइँहरूले त्यहाँको के काम गर्नुभयो ?

भुइँमा आईपीएस ग-यौँ, बिजुलिको तार हाल्यौँ, ढोका हाल्यौँ, आलमोनियम, प्लम्बिङ, टायलको काम ग¥यौँ, एक करोड ७० लाख खर्च ग-यौँ तर रोसन साहले पाँच करोड ३१ लाख ४८ हजारको बिल बनाए । सबै काम गरिसकेकाले यो बिल बनाएको होइन । सबै काम गरिसक्दा बनाउनुपर्ने बिल पहिले नै हामीलाई हस्ताक्षर गराएर बनाएको हो । हामी तीन जनालाई त्यो बिलमा हस्ताक्षर गराएपछि रोशन भाले बनेका हुन् ।

समितिबाट तीन करोड १५ लाख लिइसकेको थियो । त्यसपछि आफूखुसी डेढ करोडभन्दा बढी पार्किङको पैसा पनि उठाए । समितिको खातामा भएको ९४ लाख रूपैयाँ बैंक अफ काठमाण्डूले आफूखुसी तानिदियो । कल्याण निमार्ण सेवाको अध्यक्ष भएकाले सबै रकम रोशन साहले नै लिन्थे । ६९ माघ १६ गते चारवटा लिफ्ट ल्याएर दिएको छु । त्यसको एक करोड रूपैयाँमध्ये रोशनले अहिलेसम्म १५ लाख मात्र दिएका छन् । अरु रकम अहिलेसम्म दिएको छैन । आठ तल्लासम्म मैले लिफ्ट फिट गरेको हुँ ।

तपाईंहरू त्यहाँबाट किन बाहिरिनुभयो त ?

तीन बेडरुमको फ्ल्याट आयुसले मलाई दिएको थियो । त्यो पनि रोशनले लिली श्रेष्ठलाई ६० लाखमा बेचेर पैसा लिए । मलाई २२ लाख मात्रै दिइयो, ३८ लाख रूपैयाँ उसैले लिए । पैसा माग्दा दिएनन् । फ्ल्याट छाड भन्दा उल्टै काट्छु, मार्छु भनेर धम्काए । शान्तिसुरक्षाका लागि निवेदन दिएँ, महानगरपालिकामा घर खाली गराइपाऊँ भनी उजुरी गरेँ । त्यहाँबाट पनि न्याय पाइएन । साहले ‘नेकपाका नेता नारायणकाजीको नाममा दुईवटा फ्ल्याट लेखेर दिऊँ’ भने, मैले अर्काको सम्पत्ति मैले कसरी दिनु भनेँ । मलाई त सुधिरले काम गर्न पठाएको हो । म साइन गरेर दिन सक्दिन भने । पुर्जासुर्जा सबै उहाँले नै बनाएर लिनुहुन्छ ।

हामीलाई एक/एक करोड रूपैयाँ पनि आउँछ भनेका थिए । मैले फ्ल्याट लेखेर दिन सक्दिन भनेँ । यो कुरो नारायनकाजीज्यूलाई थाहा नहुन पनि सक्छ । हामीलाई दबाबमा पारेर खान पनि खोजेको हुन सक्छ । यही कुरामा मतभिन्नता भयो । मैले यो कुरा धीरेन्द्रलाई भनेँ । धीरेन्द्रलाई पनि दश लाख दिन्छु, साइन गरिदिनुस् भनेको रहेछ । उनले पनि मानेनन् । उनले सुधिरको सम्पत्ति हत्याएर खान एउटा राजनितिक दलको ठूलो नेतालाई यसरी ढाल बनाउन खोजेपछि यो मान्छेसँग सँगै काम गर्न नसकिने निष्कर्षमा पुगेको हुँ ।

रोशन साह तपाईंकै मान्छे होइन र ?

होइन, ऊ मेरो मान्छे नै होइन् । मैले उसलाई चिनेको होइन, मैले प्रमोद यादवलाई चिनेको हो । उसलाई ल्याउँदा साह पनि सगैँ आए । रोशन साह, लेखापाल मनोज यादव र सुनिल साही सँगै रहेछन् । बागमती अपार्टमेन्टमा चाहिँ एकाउन्टेन मनोज यादव, रोशन साह र प्रमोद यादव आए । मेरो कम्पनी थिएन । सुधिरले काम गर भनेपछि प्रमोदलाई काम गरौँ भनेर मैले भनेँ । प्रमोदसँगै यिनिहरू पनि आएका हुन् । साहले शिवदास सायमीको २५ लाख रूपैयाँ र मेरो डेढ करोड रूपैयाँ खाएका छन् ।

सुधिर बस्नेतसँग काम गर्ने सम्झौता कहिले भएको हो ?

२०६९ मंसिर ११ गते आयुुुस डेभलयर्स र कल्याण निमार्ण सेवाबीच सम्झौता भयो । एक वर्षमा निमार्ण सम्पन्न गरेर बुझाउने भनेर मोहन केसीलाई अख्तियारी दिएको छ ।

आयुसा डेभलयर्स र कल्याण निमार्ण सेवाबीच सम्झौता रद्द कहिले भयो ?

२०७३ साल साउन २० गते आयुसाले कल्याण निर्माण सेवासँग सम्झौता भङ्ग गरेको हो । हिसाब माग्दा हिसाब नदिएको र तोकिएको समयमा सम्झौताअनुसार काम नगरेको भनी आयुसाले सम्झौता तोड्यो । हामीले पत्र बुझ्यौँ, तर रोशनले पत्र बुझेनन् । बर्खास्त गरेको एक डेढ महिनापछिदेखि रोशनले फ्ल्याट बिक्री गर्न थाले । त्यसपछि १६ वटा फ्ल्याट बिक्रि गरे । रोशन साह र हरजितसिंह गौतम मिलेर बिक्रि गरेका हुन् ।

सम्झौता रद्द भएपछि रोशनले के भनेर अपार्टमेन्ट बेचे त ?

उसले सम्झौता रद्द भएको पत्र नै च्यातिदिए, बुझ्दै बुझेनन् र अपार्टमेन्ट बिक्री गर्न थाले । तर त्यसरी बिक्री गर्न मिल्दैन, नारायणकाजीको आडले मात्रै गरेको हो । २०७४ सालको फूलपातिमा २१ वटा बोका पूजा गरेर खाए ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि असोज ३० गते प्रहरीले रोशन साहलाई पक्राउ गरेपछि जमानी बसेर छुटाउने महिला को हुन् ?

उनी सुसाना कर्माचार्य हुन् । सुसानाचाहिँ नारायणकाजीको स्वकीय सचिव अरे । रोशनलाई बोक्ने उनी नै हुन् । अस्ति प्रहरीमा लगेपछि पनि सुसाना कर्माचार्य जमानी बसेर ल्याएकी हुन् । अदालतको आदेशमा पक्राउ परेको ठगीको आरोपी रोशनलाई अदालतमै नबुझाई सुसानाले छुटाएर ल्याइन् । उनी बागमती अपार्टमेन्टको ८ तलाको ७ नम्बर अपार्टमेन्टको मालिक हुन् अरे । आयुसासगँ हाम्रो सम्झौता रद्द भएपछि उनले नक्कली मालिक रोशन साहसँग किनेका अरे । तर उनले पैसा तिरेर किनेको कोठा हामीलाई शंका छ । अधिकार नै नभएको व्यक्तिले अर्काको सम्पत्ति बेच्नु ठगी होइन र ?

तपाईंले घुस दिएको हो भन्न खोज्नुभएको हो ?

तेस्तै हो । पहिले नै रोशनले मलाई नारायणकाजी श्रेष्ठलाई दुईवटा फ्ल्याट दिऊँ, पुर्जा निकाल्ने काम पनि उहाँबाटै हुन्छ भनेका थिए । यसैमा मेरो कुरा नमिलेको हो । घर कुरुवाले घर बेचेर बेचिँदैन नि ! त्यसलाई इमान्दार भन्न मिल्छ र ? उसले दादागिरी देखाएको हो ।

के भनेर जिम्मा लिएर छुटाइन् त सुसानाले ?

प्रहरीले सुसाना कर्माचार्यको जिम्मामा पठाएको हो । सात करोडको चेक दिएको छ । प्रहरीले चेक बाउन्स नगराउनु भनेको छ रे, नसाट्नु भनेको छ रे ! त्यहाँ एसपी केदार ढकालले सुसानालाई तपाईं को हो ? किन जिम्मा लिएको ? भनेर सोधेका थिए, तर ठाडै खाने प्रयास गरिन् । एसपीसाव आफैँ अफ्ठ्यारो मानेर अर्कोतिर लाग्नुभयो ।

रोशनलाई छुटाउन किन गइन् त उनी ?

कागजपत्र देखाउँदैनन्, गोप्य राखेका छन् । सुन्नमा आएअनुसार आफ्नो मान्छेको नाममा सित्तैमा एउटा फ्ल्याट लिएकी छन् रे उनले ।

रोशनले के हैसियतमा फ्ल्याट बेचेका हुन् त ?

उनको हैसियत केही पनि हैन । उसको अपार्टमेन्ट होइन, उनी आधिकारिक व्यक्ति होइनन् । त्यही सुसाना कर्माचायसगँको मिलेमत्तोमा अर्काको सम्पत्ति कब्जा गरेर खान खोजेको हो । नौ करोड रूपैयाँ त उठाएर खाइसके । नेताको आडमा अर्काको सम्पत्ति कब्जा गरेर बसेका छन् । लुटेको छ, राज्यका निकायहरू उनीहरूका लगाडि निरीह बनेका छन् ।

नारायणकाजीको नाम जोडेर तपाईं चर्चामा आउन खोज्नुभएको हो ?

त्यसो होइन । नारायणकाजी श्रेष्ठजस्तो प्रतिष्ठित नेताको नाम रोशन साहले दुरूपयोग गरिरहेको छ । यर्थात् कुरो के हो ? उहाँहरूलाई नै थाहा होला । तर उहाँ सुसाना कर्माचार्यको अफिसमा आउने गर्नुहुन्छ, गाडी त्यहीँ देखिन्छ । यहाँले नै संरक्षण गरेको भन्न त मिल्दैन तर रोशनले चाहिँ उहाँको नाम जनाएको हो । उहाँलाई शून्य लागतमा दुईवटा फ्ल्याट दिने प्रस्ताव रोशनले मसँग राखेका थिए । मैले प्रस्ताव मानिन, उनीहरूसँग सहकार्य पनि टुट्यो । नेताजीको नाम लिएर रोशन साहले चाहिँ ठगी धन्दा चलाइरहन खोजेको हो ।

आफूलाई मन नपरेपछि तपाईंले रोशन साहलाई बदनाम गराउन खोजेको जस्तो देखियो नि ?

२०६९ मंसिर ११ गते आयुसा निर्माण सेवाबीच कार्यगत करारनामा काम पूरा भयो । एक वर्षसम्ममा बाँकी काम पूरा गर्ने सम्झौता भएको थियो र त्यसको अख्तियारी मलाई दिइएको थियो । तर सम्झौताअनुसार काम भएन, रोशनले प्रमोद यादवलाई हटाएर कल्याण निमार्ण सेवा कब्जा गरे । अनि फर्जी बिल बनाएर पेश गर्न थाले । चेकमा सही हाम्रो चल्थ्यो । हामी भन्नाले उपभोक्ता समितिका अध्यक्ष गोविन्दसिंह भण्डारी, म उपाध्यक्ष मोहन केसी र कोषाध्यक्ष फरिन्द्रराज पन्तले चेकमा हस्ताक्षर गर्थ्यौं, उनले जे–जे गर भन्यो हामीले त्यो–त्यो गर्न मानेनौँ अनि सम्झौताअनुसार काम पनि भएन ।

एक वर्षका लागि गरेको सम्झौता २०७३ साउन २० गतेसम्म चल्यो । अनि आयुसा डेभलायर्सले सम्झौता रद्द ग-यो, त्यो पनि सात दिनको म्याद दिएर । हामीले पत्र बुझ्यौँ तर रोसन साहले पत्र बुझेनन्, च्यातिदिए, अनि त्यसको एक महिनादेखि आफूखुसी आफैँ मालिक बनेर धमाधम फ्ल्याट बिक्री गर्न थाले । उनले सुसाना कर्मचार्यलयागत १६ जनालाई फ्ल्याट बिक्री गरेको छ । सुसाना कर्मचार्यको आफन्त उसना राजभण्डारीको नाममा ८ तल्लाको ७ नम्बर फ्ल्याट दिइएको छ । त्यसमा कतै उसनाको नाम छ, कतै सुसनाको नाम छ । रकम तिरेर किनेको हो कि गिफ्ट दिइएको हो, त्यो पनि थाहा छैन । सबै कागजपत्र लुकाएर राखिएको छ ।

रोशनले त्यो बाहेक सरोज खनाल, सारदा पाण्डे, दुर्गादेवी दुलाला, अनिश साह, रोजेश्वरी खनाल, कुरविन्दर कौर लम्साल, सुरेशजनम श्रेष्ठ, जुनकला श्रेष्ठ, श्रृजना काफ्ले, रञ्जन अधिकारी, मञ्जु ज्ञवाली, नविनराज भण्डारी, मञ्जु राजभण्डारी, उत्तम पराजुली, र पूजा शाहीलाई जनही २० लाख रूपैयाँ लिएर बागमती अपार्टमेन्टको फ्ल्याट बिक्री गरेको छ । यो उसको सम्पत्ति होइन, आयुसा डेभलपर्सको हो । उसँग भएको कार्यगत सम्झौता रद्द भइसकेपछि यसरी अर्काको सम्पत्ति कब्जा गरेर बेच्नु ठगी मात्रै होइन महाठगी हो । उसले यसरी ठग्न नेताजीको नामलाई आफ्नो रक्षाकवच बनाएको छ । यथार्थ यही हो । ऊ उसैको कर्मले बद्नाम भएको छ, म त करोडौँ रकम गुमाएर पनि चुपचाप बसेको छु ।

पक्राउ गरेको ठाँउबाट त उनले छुटाइन्, तर अब रोशन साह चोखिए त ?

रोशन साह चोखिएको छैनन् । प्रहरीबाट छुटाएको छ तर उनले जतिसुकै गरे पनि चोख्याउन सक्दैनन् । किनकि रोशनले आफ्नो सम्पत्ति बेचेको होइन, अर्काको सम्पति बेचेको हो । यो लुट मात्र होइन, ब्रम्हलुट हो, ठगी मात्र होइन, महाठगी हो । अब त्यसलाई कसरी चोख्याउनु ?

असोज ३० गते त जमानी बसेर ल्याए, उनीहरूको भित्री लेनदेन नभए किन त्यसरी काँध हाल्थे र ? तर भोलिपल्टैदेखि छटपटी सुरु भएको हो । शुक्रबार राति नै रोशनले आफैं सर्वैसर्वा बनेर शनिबार दिउँसो अपार्टमेन्टका उपभोक्ताहरूको भेला बोलाए । त्यसमा नै बबाल भयो । आइतबार बैंक अफ काठमाडूमा गएँ, त्यहाँ त कुरोले मात्रै हुँदैन । पैसा तिर्नुपर्छ ।

रोशनले अर्काको अपार्टमेन्ट बेचेर रकम आफ्नो खल्तीमा राखेको छ, बैंकको किस्ता तिरेको छैन् । बैंकमा डिपोजिट गर्ने हाम्रो सहमति थियो तर उनले हाम्रो खातामा रकम हालेनन् । साट्न नमिल्ने चेक दिएर बैंकले मान्ने कुरै भएन । त्यस कारण ऊ चोखिन सक्ने ठाँउ छैन । जसले चोख्याउन खोज्छ, उही बिटुलिन्छ । अदालतले पक्राउ पुर्जी जारी गरेको छ, उसलाई अदालतमा नबुझाइ सुखै छैन । जसलाई फ्ल्याट बिक्री गरेको छ, उसले उनीहरूलाई पुर्जा दिनै सक्दैन, अनि ऊ कसरी जोगिन्छ ?

प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्ने जो–कसैलाई पनि छाड्दिन, कारबाही गर्छु भन्नुभएको छ त !

प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो जनताको पक्षमा काम गर्ने आँटिलो नेता अर्को देखिएको छैन । उहाँले त भन्नुभएको छ । तर अदालतको आदेश एउटा प्रहरीले धोती लगाइदियो । यसैमा देखियो सभामुख कुष्णबहादुर महरालाई जमानत दिएर छुटाउन कोही अघि सरेनन् । तर रोशन शाहलाई जमानत लिएर छुटाउन त्यति ठूलो नेताको पिए हुँ भन्ने महिला अघि सरिन् । त्यसको कारण अर्काको सम्पत्तिबाहेक अर्को केही होइन, यहाँ नेतालाई पनि जसरी भए पनि पैसा मात्रै चाहिएको रहेछ । त्यसलाई छुटाउन प्रहरीलाई तारन्तर फोन आएको थियो । प्रहरीले पनि प्रधानमन्त्रीलाई सोध्ने होइन रहेछ, जहाँबाट फोन आयो, त्यसैको कुरा सुन्नुपर्ने रहेछ क्यारे ! होइन भने नियमविपरीत प्रहरीले पनि किन छाड्थ्यो र !

तर प्रहरीले त रोशन साहलाई जोगाउन खोजेको देखियो नि ?

जोगाउन खोजेको जस्तो त देखियो तर कसरी जोगाउला र ? रोशन साहको नाममा त्यो अपार्टमेन्ट हैन, उसको केही हुँदैहोइन । ठूलो नेताको नाँउ आएकाले प्रहरी अलि नरम भइदिएको होला, तर रोशन साहलाई बागमती अपार्टमेन्टको मालिक बनाउन सक्दैन । त्यस्तो कोशिस भयो भने जनता सडकमा आउँछन् ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com