आरजी फुटसल प्रतियोगिताको उपाधि राजर्षि गुरुकुल र काठमाडौं वर्ल्डलाई
काठमाडौं । आयोजक राजर्षि गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तरस्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्षि गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।
सल्लाघारीस्थित राजर्षि गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षि गुरुकुलले नेइबरहुड स्कुललाई २–१ ले पराजित गरेको थियो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि पेनाल्टीमा राजर्षि गुरुकुलले खेल जितेको हो । राजर्षि गुरुकुलका दिग्गज श्रेष्ठ फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए । यस्तै, गर्ल्सतर्फ काठमाडौं वर्ल्ड स्कुलले फाइनलमा रातो बंगला स्कुललाई २–१ ले नै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा काठमाडौं वर्ल्ड स्कुलले बाजी मारेको हो । काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह फाइनल खेलको प्लेअर अफ दि म्याच बनिन् ।
प्रतियोगितामा ब्वाइजतर्फ नेइबरहुडका सुसन थापा मगर बेस्ट प्लेअर घोषित भए भने चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षि गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षि गुरुकुलकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पायो । यस्तै, गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना उत्कृष्ट खेलाडी घोषित भइन् भने रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भइन् । च्याम्पियन काठमाडौं वर्ल्ड स्कुलकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुललले फेयर प्ले अवार्ड पायो । राजर्षि गुरुकुलको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र ८ गर्ल्स गरी कुल २७ टोलीको सहभागिता थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया