काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनबाट चन्द दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, संघको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पद्म खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । खड्का कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष समेत हुन् । यस्तै, संघको सचिवमा भने नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । खड्काले संघका प्रशान्तविक्रम मल्ललाई ११ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । खड्का क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे भने मल्लले ३७ मत प्राप्त गरेका थिए । यस्तै, क्यानको महिला सदस्यमा जयन्ती भट्ट, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् । अरू पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि भने चुनाव भएको थियो ।
क्यानको सदस्यमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भएका छन् । मधेश प्रदेशबाट माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी भए भने गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए । बागमतीमा दिवाकर घले ४६ मत र सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए । खुला सदस्यहरूमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठले ५१ मत र वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी भए । यस्तै, करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गरेपछि गोलाप्रथा गर्दा महतरा विजयी भएका छन् । पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो ।
संघका नवनिर्वाचित अध्यक्ष चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पु¥याउने चुनौती रहेको बताएका छन् । यस्तै, उनले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताए । आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसिमले बदल्ने उनको भनाइ थियो । अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उनले बताए । यस्तै, निर्वाचित सचिव पारस खड्काले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने बताए । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहने उनको भनाइ थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया