इनड्राइभ र एनआरएस स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा काठमाडौं म्याराथन
काठमाडौं । राइडर एप इनड्राइभले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग १५ औँ काठमाडौं म्याराथन आयोजना गर्न सहकार्य गरेको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनले एक दशकभन्दा बढी समयदेखि काठमाडौं म्याराथन गर्दै आएको छ । यस वर्ष, इनड्राइभले यस कार्यक्रमको निरन्तरका लागि फाउन्डेसनसँग हातेमालो गरेको हो ।
म्याराथनका लागि समर्थनका अतिरिक्त, इनड्राइभले एथलिट र कोच दुवैको ट्रेनिङका लागि समर्थन गरेर स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राख्ने कम्पनीको दाबी छ । राइड–हेलिङ (एपीएसी) इनड्राइभका निर्देशक रोमन एर्मोसिनले नेपालमा दौड संस्कृतिको विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दूरीका धावकहरूको सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको दौड प्रतियोगिताका लागि एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको बताए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया