Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदएसीसी यू–१९ प्रिमियर कपमा नेपालद्वारा इरान २ सय ७४ रनले पराजित

एसीसी यू–१९ प्रिमियर कपमा नेपालद्वारा इरान २ सय ७४ रनले पराजित


काठमाडौं । बिहीबार मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले शानदार सुरुआत गरेको छ । कप्तान देव खनालको शानदार शतकमा नेपालले प्रतियोगिताको पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय ५४ रनको बिशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो । इरानका लागि ब्याट्सम्यान अमिर खोरसन्डले बनाएको ३७ रन टोलीको सर्वाधिक स्कोर रह्यो । कृपाण इब्राहिमिपुर १० रनमा आउट भए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका दिपेश कँडेल र सुबास भण्डारीले समान ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले समान २ विकेट लिए । सुरुआती ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३ सय ५३ रन बनाएको थियो । कप्तान खनालले ६० बलमा शतक प्रहार गर्दै नेपाललाई शानदार सुरुआत दिलाएका थिए । दिपक प्रसाद डुम्रेले ६९ रन बनाएको इनिङ्समा ओपनर दिपक बोहराले ६५ रन बनाए । दिपेश कँडेलले २९, हेमन्त धामीले २३ तथा सुबास भण्डारीले १८ रन बनाएका थिए । इरानका सलमान नियाजमन्द र दादरहमान रायसीले समान ३ विकेट लिए । जैद रायसी र समान शेखीले समान दुई विकेट हात पारे । समूह एमा रहेको नेपालले अब बहराइन र साउदी अरबसँग खेल्नेछ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया