काठमाडौँ । बिहीबार राजधानीमा भएको त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले जारी प्रतियोगितामा यो जितसँगै लगातार दोस्रो जित दर्ता गराएको छ ।
हिजो बुधबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन् । कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे ।
कुशल भुर्तेल ८ रनमा आउट भए । उनलाई हङ्कङका बलर एहसान खानले बोल्ड गरेका हुन् । हङकङका लागि एहशान खानले तीन विकेट लिए भने यासिम मुर्ताजाले एक विकेट झारे । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङलाई ९४ रनमा समेट्नेक्रममा नेपालका करण केसीले चार विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीले समान दुईरदुई विकेट लिए । त्यस्तै कुशल मल्ल र श्याम ढकाल ९मौसम०ले समान एकरएक विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया