जिरी च्याम्पियनसिपको उपाधि चितवनको भरतपुर महानगरलाई
दोलखा,युवा संजाल जिरी र जिरी नगरपालिकाको समन्वयमा आयोजना गरिएको जिरी च्याम्पियनसिप २०८० अन्तर्गतको बागमती प्रदेश अंतरपालिका स्तरीय खुल्ला पुरुष भलिबल खेलमा भरतपुर महानगरपालिका जिरी च्याम्पियनसिप २०८०को पहिलो उपाधी हातपार्न सफल भएको छ ।
मकपानपुरको थाहा नगरपालिकालाई पराजित गर्दै भरतपुर महानगरपालिकाविजयी भएको हो । यो सँँगै थाहा नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । यसैगरी तृतीय रामेछापको गोकुलगंगा गाउँपालिका हुँदा सान्त्वना स्थान लिखु तामाकोशी गाउँपालिकाले लिन सफल भएको छ ।
विजेताहरुलाई आजै पुरस्कार वितरण गरिएको छ ।बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगितामा १७ वटा टिम सहभागीबनेका थिए भने।खेलमा आयोजक जिल्लाका सबै टिम क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।
खेलमा प्रथम पुरस्कार राशि नगद एक लाख ५१ हजार रुपैयाँ रहेको थियो भने,द्वितिय एक लाख १ हजार, तृतिय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ । विजयी खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य गंगा कार्कीले पुरस्कार वितरण गरेका थिए।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया