अस्ट्रेलियाले छैटौँ पटक जित्यो क्रिकेट विश्वकप, भारत छ विकेटले पराजित
काठमाडौं,घरेलु मैदानमा भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।
भारतको अहमदाबादमा भएको फाइनल खेलमा टस जितेर पहिले फील्डिङ रोजेको अस्ट्रेलियाले भारतलाई छ विकेटले पराजित गरेको हो।
अस्ट्रेलियाको जितमा ट्राभिस हेडले बनाएको १३७ रन उल्लेख्य रह्यो।
अस्ट्रेलियाले यसअघि पाँच पटक विश्वकप उपाधि हात पारिसकेको थियो।
यो विश्वकपमा अस्ट्रेलिया सुरुका दुई खेलमा पराजित भएको थियो।
यसअघि विराट कोहली र केएल राहुलको अर्धशतकको मद्दतले भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको थियो।
पाहुना टोलीका कप्तान प्याट कमिन्सले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएपछि रोहित शर्माले आफ्नो इच्छा पनि पहिले ब्याटिङ गर्ने नै रहेको बताएका थिए।
रोहितको नेतृत्वमा भारतीय टोलीले राम्रो थालनी गरे पनि ठूलो स्कोर बनाउन सकेन।
रोहित शर्मा र शुभमन गिलले भारतीय इनिङ्सको सुरुवात गरेका थिए। तर चार रन मात्रै जोडेका शुभमन गिल पाँचौँ ओभरको दोस्रो बलमा मिचेल स्टार्कको बल सामना गर्ने क्रममा एडम जाम्पाबाट क्याच आउट भए।
म्याचको १० औँ ओभरमा ग्लेन म्याक्सवेलको बलमा लगातार छक्का र चौका प्रहार गरेलगत्तै लङ अफमा प्रहार गर्ने प्रयास गर्दा रोहितलाई ट्राभिस हेडले क्याच आउट गराए।
रोहित शर्मा ३१ बलमा ४७ रन बनाएर आउट भए।
त्यसको अर्को ओभरमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले सेमिफाइनलमा शतक प्रहार गरेका श्रेयस अय्यरलाई पभिल्यन फर्काएर भारतीय टोलीलाई दबावमा राखे।
पहिलो १० ओभरमा नौ चौका र तीन छक्का प्रहार गरेको भारतीय टोलीले अर्को १० ओभरमा सुस्त गतिमा ३५ रन मात्र जोड्न सफल भयो।
त्यसपछि केएल राहुल र विराट कोहलीको जोडी पिचमा थियो। केएल राहुलले निकै लामो समयपछि खेलको २७औँ ओभरमा चौका प्रहार गरेर स्कोरलाई गति दिने प्रयास गरेका थिए।
तर २९औँ ओभरको तेस्रो बल विराट कोहलीको ब्याटको भित्री किनारमा लागेर स्टम्पमा ठोक्कियो। भारतका लागि ५६ बलमा चार चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका कोहलीलाई अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बोल्ड गरेपछि रङ्गशालामा सन्नाटा छायो।
कोहलीले ५४ रनको इनिङ्स खेले र चौथो विकेटका लागि केएल राहुलसँग ६७ रनको साझेदारी गरे।
त्यसपछि रवीन्द्र जडेजा पिचमा आए तर उनले २२ बलमा जम्मा नौ रन बनाए।
अर्को छेउमा बिस्तारै तर लगातार रन जोडिरहेका केएल राहुलले आफ्नो अर्धशतक पूरा गरे पनि ४२ औँ ओभरमा मिचेल स्टार्कको हातमा विकेटको पछाडि क्याच आउट भए। भारतका लागि केएल राहुलले १०७ बलमा ६६ रनको सबैभन्दा ठूलो इनिङ्स खेले।
भारतले अन्तिम बलमा २४० रन जोडेपछि अर्को एक रन लिने क्रममा १० औँ विकेट पनि गुमाएको थियो।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले दुई, प्याट कमिन्स र हेजलउडले दुई–दुई विकेट लिए भने ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए।
(बीबीसी)
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया