आइसिसी विश्वकप क्रिकेट लिग–२ नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित
काठमाडौं,आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो ।
स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य नामिबिया ३८ दशमलव चार ओभरमा १७८ रनमै समेटियो ।नामिबियाका लागि लो ह्यान्डर लरेन्सले सर्वाधिक ५२ रनको योगदान दिए भने कप्तान जेरार्ड इरस्मसले ४३ रन जोडे । त्यस्तै जेन ग्रिनले २५ तथा शउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १०र१० रन जोडे ।
स्कटल्यान्डका लागि मार्क वाटले चार, माइकल लिस्कले तीन, ब्रेन्डन म्याकमुलनले दुई तथा क्रिस ग्रेभेसले एक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको स्कटल्याण्डले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनाएको थियो ।
स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले पाँच विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले दुई विकेट लिए । तेस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक एक विकेट झारे ।
यस सिरिजमा नामिबिया चारै खेलमा पराजित भएको छ । यसअघि नामिबिया नेपालसँग दुई विकेट र तीन विकेट तथा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।
नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । लिग दुईको च्याम्पियन बनिसकेको स्कटल्यान्ड ३५ खेलबाट ५० अङ्कका साथ शीर्ष स्थानमा छ । यस शृङ्खलाको अन्तिम खेल भोलि नेपाल र स्कटल्यान्डबीच हुनेछ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया