आइसिसी लिग–२ : नेपालद्वारा पपुवा न्यूगिनी पराजित
काठमाडौं,आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हराएको हो । लिग–२ मा नेपाल पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ ।
युनाइटेड अरब इमिरेट् ९युएई० को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यूगिनीले दिएको दुई सय चार रनको लक्ष्य नेपालले ४५ दशमलव दुई ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले ५६ रनको योगदान दिए । यस्तै आसिफ शेखले ४४, आरिफ शेखले ३३, कप्तान रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले २२ तथा कुशल मल्लले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ पपुवा न्यूगिनीका लागि कप्तान असद भालाले तीन तथा नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।
राससका अनुसार त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियोे । पपुवा न्यूगिनीकम लागि चाड सोपरले अविजित ३६, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किपीलंन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।
बलिङतर्फ नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक एक विकेट लिए । जितसँगै नेपाल २९ खेलमा २८ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया