आइसिसी विश्वकप क्रिकेट लिग-टु ,नेपालसँग युएइ ४२ रनले पराजित
काठमाडौं,आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएई नेपालसँग ४२ रनले पराजित भएको छ ।
नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दिएको थियो ।यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो । नेपालको बलिङमा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले समान ३/३ विकेट लिए भने,आरिफ,सन्दिप,र करण केसीले समान १/१ विकेट लिए ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २९ रनको योगफल बनायो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए ।
युएइका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । यो जितसँगै नेपाल लीग-२ को अङ्कतालिकामा यूएईलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ। बत्तीस खेलपछि नेपालको ३२ अङ्क पुगेको छ भने यूएईसँग ३१ मात्र छ। कुल ३६ खेलमध्ये २४ मा जित हात पारेको स्कटल्यान्ड ५० अङ्कसहित लीग विजेता बनिसकेको छ। त्यस्तै ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया